Skip to content
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य

इलामको पाथीभरामा आठ महिनामा एक करोड बढी भेटी संकलन

  • Picture of रबिबजार न्युज रबिबजार न्युज
  • चैत्र ६, २०८० मा प्रकाशित

फिक्कल । इलामको रोङ गाउँपालिका- ३ कुटीडाँडास्थित पाथीभरा मन्दिरमा आठ महिनामा रु एक करोड चार लाख ५९ हजार एक सय ६४ भेटी संकलन भएको छ।

चालु आर्थिक वर्षको साउन १ देखि गत फागुन ३० गतेसम्म सो भेटी संकलन भएको पाथीभरा संरक्षण तथा व्यवस्थापन समितिका अध्यक्ष दिलीपकुमार राईले जानकारी दिए।

समितिले सार्वजनिक गरेको विवरणअनुसार सो अवधिमा रु ९९ लाख ६४ हजार ५६ नगद र चार लाख ९५ हजार एक सय आठ बराबरको जिन्सी संकलन भएको समितिका अध्यक्ष राईले जानकारी दिए।

जिन्सीअन्तर्गत सुन, चाँदीलगायत विधिन्न धातु संकलन हुने गरेको छ। समितिका अनुसार साउनमा रु चार लाख ४२ हजार पाँच सय ८८ नगद र २१ हजार बराबरको जिन्सी, भदौमा रु सात लाख ५६ हजार एक सय ७४ नगद र ६९ हजार चार सय बराबरको जिन्सी, असोजमा रु पाँच लाख ७० हजार तीन सय ८७ नगद र ६७ हजार नौ सय बराबरको जिन्सी तथा कात्तिकमा रु २१ लाख १० हजार चार सय ७५ नगद र ५९ हजार नौ सय बराबरको जिन्सी संकलन भएको छ।

त्यसैगरी, मङ्सिरमा रु १८ लाख ३२ हजार पाँच सय ५७ नगद र ६८ हजार आठ सय बराबरको जिन्सी, पुसमा रु १५ लाख ४२ हजार ९७ नगद र ४० हजार नौ सय बराबरको जिन्सी, माघमा रु १२ लाख ५४ हजार पाँच सय ३५ नगद र २८ हजार दुईसय बराबरको जिन्सी तथा फागुनमा रु १४ लाख ५५ हजार दुई सय ४३ नगद र एक लाख २१ हजार नौ सय आठ बराबरको जिन्सी संकलन भएको छ।

पाथीभरा मन्दिरमा संकलन भएको रकम त्यही ठाउँको विकासमा खर्च भइरहेको रोङ गाउँपालिकाका अध्यक्ष मणिकुमार स्याङ्बोले बताए। ‘भक्तजनको सहयोग सही ढंगले सदुपयोग हुनुपर्छ भन्नेमा पालिका सधैं दृढ छ,’ अध्यक्ष स्याङ्बोले भने, ‘हामी सधैं पारदर्शिता र सुशासनको पक्षमा छौं, मन्दिरबाट संकलन भएको रकम मन्दिरकै विकासमा खर्च गर्छौं।’

पाथीभरा मन्दिर गाउँपालिकाले स्वामित्वमा लिएपछि नियमित रुपमा आम्दानी सार्वजनिक गर्न थालेको छ। गाउँपालिकाले ऐन बनाएर मन्दिरको सञ्चालन तथा व्यवस्थापनको जिम्मेवारीसहित गत १ फागुनदेखि गाउँपालिकाको स्वामित्वमा ल्याइएको थियो।

गाउँपालिकाले पाथीभरा संरक्षण तथा व्यवस्थापन ऐन, २०७९ तयार गरी मन्दिरलाई गाउँपालिकाको स्वामित्वमा ल्याइएको हो।

गत वर्ष फागुनदेखि असारसम्म रु ९२ लाख ९५ हजार तीन सय ६२ भेटी संकलन भएको थियो। सो अवधिमा रु ८५ लाख ३१ हजार दुई नगद र सात लाख ६४ हजार तीन सय ६० बराबरको जिन्सी संकलन भएको थियो।

ताजा समाचारहरु

oppo_16

शिवमाई माविमा विद्यार्थीका गुनासा सार्वजनिक : खानेपानी, खेलमैद...

  • जेष्ठ २२, २०८३ मा प्रकाशित
FB_IMG_1780569810975

रामकुमार थेगिमको शंकास्पद मृत्युबारे एमाले फाकफोकथुमको ध्यानाक...

  • जेष्ठ २१, २०८३ मा प्रकाशित
IMG-20260124-WA0000

आजको विदेशी मुद्रा विनिमय दर सार्वजनिक, डलरको बिक्रीदर १५३ रुप...

  • जेष्ठ २१, २०८३ मा प्रकाशित
IMG-20260202-WA0001

न्यून चापीय प्रणाली सक्रिय : देशभर वर्षा र मेघगर्जनको सम्भावना

  • जेष्ठ २१, २०८३ मा प्रकाशित
FB_IMG_1780538340936

इलाममा ‘सामी’ कार्यक्रमअन्तर्गत २१ हप्ते वित्तीय साक्षरता तथा ...

  • जेष्ठ २१, २०८३ मा प्रकाशित

प्रशंसा मिडिया प्रालिद्वारा संचालित रबिबजार न्युज डट कम कम्पनी दर्ता नं. ३३५६०७/८०/०८१ पान नं. : ६२११३०७८४ सूचना तथा प्रशारण विभाग दर्ता नं. : ४७७५-२०८१/२०८२ प्रेस काउन्सिल दर्ता नं. : ४७८२-२०८१/२०८२ बिज्ञापन बोर्ड सूचीकरण नं. ०५३२/२०८१/८२/०१ मुख्य कार्यालय: फाकफोकथुम गाउँपालिका- ४ जुरिथुम्की, इलाम सम्पर्क कार्यालय: इलाम बजार बिज्ञापनको लागि सम्पर्क : +९७७-९७६६५३२१२ इमेल: [email protected]

हाम्रो टिम

संचालक/प्रबन्धक: राजेन्द्र मगर सम्पादक: मोहनी काम्मु बजार प्रमुख : सूनिता मोक्तान

Rabibazarnews.com | 2024 All rights reserved.