Skip to content
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य

जिरी महोत्सबको तयारी पूरा

  • Picture of रबिबजार न्युज रबिबजार न्युज
  • चैत्र १२, २०८० मा प्रकाशित

दोलखा, चैत १२ । दोलखाको जिरीमा हुन लागेको १० दिने जिरी महोत्सब २०८० को अन्तिम तयारी पूरा भएको आयोजकले जनाएको छ । सदरमुकाम चरीकोटमा सोमबार पत्रकार सम्मेलन गरी चैत २३ गतेदेखि २०८१ वैशाख २ गतेसम्म हुने महोत्सवको अन्तिम तयारी पूरा भएको जानकारी गराइएको हो ।

नेपालको स्विटजरल्यान्ड सगरमाथाको प्रवेशद्वार, समृद्ध जिरी निर्माणमा अर्गानिक, कृषि, पर्यटन, संस्कृति छन् आधार मूलनारासाथ हुने दोस्रो जिरी महोत्सवमा नौ स्थानीय तह र छिमेकी जिल्ला रामेछापको गोकुल गङ्गा र उमाकुण्ड गाउँपालिका साझेदार र नेपाल पर्यटन बोर्ड, नेपाल उद्योग वाणिज्य महासंघ कृषि उद्यम केन्द्र, उद्योग तथा वाणिज्य कार्यालय, प्राइम कमर्सियल बैंक, एकीकृत फ्रेन्डसिप सहकारी, नेपाल पत्रकार महासंघ र राष्ट्रिय तथा बहुराष्ट्रिय कम्पनी प्रबर्धक रहेका मुख्य आयोजक उद्योग वाणिज्य संघ जिरीका अध्यक्ष बाबुराजा श्रेष्ठले जानकारी दिनुभयो ।

जिरीभित्रका पर्यटकीयस्थललाई गन्तव्यको रुपमा विकास गर्न, स्थानीय मौलिक उत्पादनको प्रचारप्रसार, सहभागीलाई पेथक मनोरञ्जन प्रदान गर्नु, व्यावसायिक चेतना अभिवृद्धि गर्नुलगायत महोत्सवको उद्देश्य रहेका छन् ।

महोत्सवमा एकसय स्टल रहेका छन् । ५० हजारले अवलोकन गर्ने, एक करोड आम्दानी हुने र करिब ४५ लाख खर्च हुने अपेक्षा राखिएको आयोजकले जनाएको छ । विज्ञबाट जिरीको विकासलाई टेवा पुग्ने शैक्षिक, साँस्कृति, आर्थिक,  विकास लगायतका बहस चलाइने छ ।

मनोरन्जनका लागि प्रत्येक दिन राष्ट्रिय तथा स्थानीय कलारकारको प्रस्तुति रहने बताइएको छ । स्थानीय परिकार, भेषभूषा झल्कने वस्तुको स्टलमा राखिने, जिरीका खानाका परिकार र गीत तथा नृत्य मुख्य बजारमा राखिनेछ । जिरीबजार मात्र होइन फैलिएको जिरी क्षेत्रको भ्रमण गराउन प्याकेजसहित यातायातको व्यवस्था गरिने कार्यतालिका रहेको श्रेष्ठले बताउनुभयो ।

ताजा समाचारहरु

oppo_16

शिवमाई माविमा विद्यार्थीका गुनासा सार्वजनिक : खानेपानी, खेलमैद...

  • जेष्ठ २२, २०८३ मा प्रकाशित
FB_IMG_1780569810975

रामकुमार थेगिमको शंकास्पद मृत्युबारे एमाले फाकफोकथुमको ध्यानाक...

  • जेष्ठ २१, २०८३ मा प्रकाशित
IMG-20260124-WA0000

आजको विदेशी मुद्रा विनिमय दर सार्वजनिक, डलरको बिक्रीदर १५३ रुप...

  • जेष्ठ २१, २०८३ मा प्रकाशित
IMG-20260202-WA0001

न्यून चापीय प्रणाली सक्रिय : देशभर वर्षा र मेघगर्जनको सम्भावना

  • जेष्ठ २१, २०८३ मा प्रकाशित
FB_IMG_1780538340936

इलाममा ‘सामी’ कार्यक्रमअन्तर्गत २१ हप्ते वित्तीय साक्षरता तथा ...

  • जेष्ठ २१, २०८३ मा प्रकाशित

प्रशंसा मिडिया प्रालिद्वारा संचालित रबिबजार न्युज डट कम कम्पनी दर्ता नं. ३३५६०७/८०/०८१ पान नं. : ६२११३०७८४ सूचना तथा प्रशारण विभाग दर्ता नं. : ४७७५-२०८१/२०८२ प्रेस काउन्सिल दर्ता नं. : ४७८२-२०८१/२०८२ बिज्ञापन बोर्ड सूचीकरण नं. ०५३२/२०८१/८२/०१ मुख्य कार्यालय: फाकफोकथुम गाउँपालिका- ४ जुरिथुम्की, इलाम सम्पर्क कार्यालय: इलाम बजार बिज्ञापनको लागि सम्पर्क : +९७७-९७६६५३२१२ इमेल: [email protected]

हाम्रो टिम

संचालक/प्रबन्धक: राजेन्द्र मगर सम्पादक: मोहनी काम्मु बजार प्रमुख : सूनिता मोक्तान

Rabibazarnews.com | 2024 All rights reserved.