Skip to content
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य

चिन्न सके अवसरै अवसर छ-एक सफल युवा व्यवसायीको उद्यम

  • Picture of रबिबजार न्युज रबिबजार न्युज
  • चैत्र १२, २०८० मा प्रकाशित

लगानी गरेको सबै व्यवसाय र लगानी गर्ने सबै व्यवसायी सफल हुन्छन् भन्ने छैन । समयको माग र बजारको संभाव्यता अध्ययन गरी सोही अनुसारको व्यवसाय रोज्न सके सफल हुन सकिन्छ भने यसको निरन्तरता र लगनशीलता उत्तिकै आवश्यक हुन्छ ।

यसकै पर्याय बनेका छन् सूर्योदय नगरपालिका वडा नं. १२ का युवा व्यवसायी प्रमोद सापकोटा । उनलेे इलेक्टि्रकल इन्जिनियरिङ को डिप्लोमा सम्मको पढाइ सकाएर आफ्नै घरगाउँ फर्किए र शुरु गरे इट्टा उत्पादन ।
आधुनिक जमाना र बजारको आधुनिक माग लाई मजाले बुझेका उनले आफ्नै गाउँ मा २०७६ सालबाट सिमेन्टको इट्टा उत्पादन गर्ने आधुनिक उद्योग स्थापना गरे । अनि नाम दिए विन्ध्यावासिनी इको ब्रिक इण्डस्ट्री ।
स्थापना कालको शुरुआत मा निकै संघर्ष खेप्नुपरेको र यो इट्टाको बारेमा ग्राहकलाई बुझाउन निकै कठिनाइ भोग्नुपरेको बताउँछन् उद्योग का संचालक सापकोटा ।

यति राम्रो विषय पढेको मान्छेलाई विदेश मा झन् राम्रो हुनेथियो नि ? भन्ने जिज्ञासामा उनी भन्छन् – “हुन त हो तर म यही माटोमा र यहीँ गाउँघरमा केही गरौं र राष्ट्र लाई थोरै भए पनि योगदान गरौं भन्ने लागेर आफ्नो सीप बाँड्न भनेर उद्योग शुरु गरेको हुँ ।”

उनका अनुसार वातावरण मैत्री पनि रहेकोले परम्परागत रुपमा चलिआएको रातो इट्टा को उत्तम विकल्प हो इन्टरलक इट्टा । प्रयोग र मूल्यको हिसाबले पनि सरल पर्न जाने उनको दावी छ।

पढेको मान्छेले जागिर नै खानुपर्छ या अवसरको खोजीमा अन्य देश नै जानुपर्छ भन्ने कुरा गलत रहेको बताउदै उनी भन्छन् “अलिकति मेहनत गर्न सके अवसरै अवसर छ हाम्रो देशमा , राज्यले दिएन , यो वा त्यो पार्टीले दिएन होइन पहिलो प्रयास आफूले गर्नुपर्छ ।”

१५ लाख पूँजी लगानी गरेर शुरुआत गरिएको सो उद्योगको लागत अहिले लगभग ४५ लाख पुगेको छ । सो उद्योगमा हाल ७ जना ले प्रत्यक्ष रोजगारी पाएका छन् भने अप्रत्यक्ष र परोक्ष रुपमा धेरै जनाले फाइदा लिएको बताउँछन् उद्यमी सापकोटा । उद्योग को स्थापना गर्दा म्यानुअल सिस्टम मा थियोे भने अहिले सेमी अटोमेटिक सिस्टममा संचालनमा रहेको छ ।

२०७८ सालमा युवा उद्यमीका रुपमा सूर्योदय नगरपालिका बाट सम्मानित भइसकेका उद्योगी युवापुस्ता का लागि एक उदाहरण र उत्प्रेरणा बनेका छन् । आफ्नो व्यवसाय प्रति एकदमै सन्तुष्ट रहेको र सोही उद्योगको आम्दानीले राम्रोसँग व्यवहार चलिरहेको जनाउँदै युवाहरु लाई कुनै न कुनै व्यवसाय ,उद्यम वा कर्म मा लाग्न सुझाव दिन्छन् उनी ।

ताजा समाचारहरु

oppo_16

शिवमाई माविमा विद्यार्थीका गुनासा सार्वजनिक : खानेपानी, खेलमैद...

  • जेष्ठ २२, २०८३ मा प्रकाशित
FB_IMG_1780569810975

रामकुमार थेगिमको शंकास्पद मृत्युबारे एमाले फाकफोकथुमको ध्यानाक...

  • जेष्ठ २१, २०८३ मा प्रकाशित
IMG-20260124-WA0000

आजको विदेशी मुद्रा विनिमय दर सार्वजनिक, डलरको बिक्रीदर १५३ रुप...

  • जेष्ठ २१, २०८३ मा प्रकाशित
IMG-20260202-WA0001

न्यून चापीय प्रणाली सक्रिय : देशभर वर्षा र मेघगर्जनको सम्भावना

  • जेष्ठ २१, २०८३ मा प्रकाशित
FB_IMG_1780538340936

इलाममा ‘सामी’ कार्यक्रमअन्तर्गत २१ हप्ते वित्तीय साक्षरता तथा ...

  • जेष्ठ २१, २०८३ मा प्रकाशित

प्रशंसा मिडिया प्रालिद्वारा संचालित रबिबजार न्युज डट कम कम्पनी दर्ता नं. ३३५६०७/८०/०८१ पान नं. : ६२११३०७८४ सूचना तथा प्रशारण विभाग दर्ता नं. : ४७७५-२०८१/२०८२ प्रेस काउन्सिल दर्ता नं. : ४७८२-२०८१/२०८२ बिज्ञापन बोर्ड सूचीकरण नं. ०५३२/२०८१/८२/०१ मुख्य कार्यालय: फाकफोकथुम गाउँपालिका- ४ जुरिथुम्की, इलाम सम्पर्क कार्यालय: इलाम बजार बिज्ञापनको लागि सम्पर्क : +९७७-९७६६५३२१२ इमेल: [email protected]

हाम्रो टिम

संचालक/प्रबन्धक: राजेन्द्र मगर सम्पादक: मोहनी काम्मु बजार प्रमुख : सूनिता मोक्तान

Rabibazarnews.com | 2024 All rights reserved.