Skip to content
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य

बारामा प्रहरीको वार्षिक प्रगति: ५७ करोडबढीको सामान बरामद

  • Picture of रबिबजार न्युज रबिबजार न्युज
  • साउन ३, २०८१ मा प्रकाशित

बारा, ´´बारा जिल्ला प्रहरी कार्यालयले आर्थिक वर्ष २०८०/०८१ को कार्य प्रगति विवरण सार्वजनिक भएको हो ।

जिल्ला प्रहरी कार्यालयका प्रमुख एसपी महेन्द्र खड्का र जिल्ला प्रहरी प्रवक्ता डिएसपी दधिराम न्यौपानेको संयुक्त रुपमा वार्षिक प्रगति विवरण सार्वजनिक गरेका छ ।

अवैध सामान बरामद, राजश्व संकलन

गत आर्थिक वर्षको साउन १ देखि २०८१ असार मसान्तसम्ममा जिल्ला प्रहरी तथा मातहतका युनिटहरूबाट विभिन्न किसिमका भन्सार छलीका सामानहरू बरामद गरी कुल ५७ करोड ४० लाख ३५ हजार छ सय ५१ रुपैयाँ राजस्व संकलन गरेको एसपी खड्काले बताएका छन्।

उक्त भन्सार छलीका समान ओसार-पसार गर्न प्रयोग गरिएको ट्रक लगायतका सवारीसाधनहरू भन्सार कार्यालय वीरगन्ज र आन्तरिक राजश्व कार्यालय पथलैयामा दाखिला गरिएको उनले बताए।

हुण्डी कारोबार

उक्त आर्थिक वर्षमा हुण्डी कारोबारका चार वटा मुद्दा दर्ता भएका छन्। यसमा ८ जनालाई पक्राउ गरिएको र ३८ लाख ९ हजार रुपैयाँ बरामद भएको खड्काले बताए।

मुद्दा दर्ता मानिस पक्राउ

त्यस्तै, गत आर्थिक वर्षमा एक हजार तीन सय २२ वटा विभिन्न किसिमका मुद्दा दर्ता भएको छ भने एक हजार ३१ जना आरोपी पक्राउ परेका थिए।

त्यस्तै, एक हजार ९ सय ३६ उजुरीमा एक हजार ७ सय ५० मिलापत्र भएको र दुई हजार आठ सय ५९ ठाडो उजुरीमा दुई हजार पाँच सय ८४ वटा उजुरीको मिलापत्र भएको जानकारी खड्काले दिए।

लागुऔषध बरामद र कारबाही

सोही अवधिमा ९२ वटा लागुऔषधका मुद्दा दर्ता भएका थिए। त्यसमध्ये एक सय ३७ जना पक्राउ परेका थिए।

त्यस्तै, प्रहरी गस्ती टोलीले दुई हजार ५४ किलो लागुऔषध गाँजा, ४५ किलो २३ ग्राम चरेस र ५७० ग्राम ब्राउन सुगर बरामद गरेको प्रवक्ता डिएसपी दधिराम न्यौपानेले बताए।

फरार प्रतिवादी पक्राउ

त्यस्तै, जिल्ला अदालत बाराबाट विभिन्न मुद्दामा कैद जरिवाना तोकिएर फरार रहेका तीन सय १९ जना प्रतिवादी पक्राउ परेका छन्। फरार प्रतिवादीबाट ७९ वर्ष तीन महिना तीन दिन कैद र एक करोड ५४ लाख ५६ हजार दुई सय ८८ रुपैयाँ जरिवाना असुल भएको छ।

अबैध हातहतियार बरामद

एक वर्षको अवधिमा बारा प्रहरीले अबैध हातहतियारतर्फ एक थान भरुवा बन्दुक, एक थान स्वचालित रिभल्वर, पाँच थान कटुवा पेस्तोल २० राउण्ड गोली प्रहरीले बरामद गरेको छ।

मोबाइल बरामद

विभिन्न स्थानबाट नागरिकका हराएका तथा चोरिएका ९६ थान मोबाईल बरामद गरी सम्बन्धित धनीलाई बुझाइएको छ।

ट्राफिक कारबाहीमा दुई करोड ९७ लाख असुल

वर्षभरिमा सवारी नियम विपरीत चलेका ३४ हजार २ सय ८५ सवारीलाई ट्राफिक कारबाही गरिएको छ। कारबाहीबाट दुई करोड ९७ लाख ३१ हजार पाँच सय रुपैयाँ राजश्व संकलन भएको न्यौपानेले बताए।

अबैध मदिरा र भट्टी नष्ट

जिल्लाभरिमा अबैध रुपमा सञ्चालित एक सय ५२ रक्सी भट्टी नष्ट गरिएको छ। यस्तै, तयारी मदिरा ४९ हजार १४५ लिटर, कच्चापदार्थ ३ लाख २३ हजार ९५ लिटर नष्ट गरिएको छ।

रक्सी उत्पादनमा संलग्न १० जना मानिस पक्राउ परेका छन्। रक्सी उत्पादन गर्ने मेसिन ७४ थान, भाडावर्तन ४३४ र सात वटा सवारी साधन बरामद भएको छ।

मिटरब्याजमा कारबाही

बारामा गत आवमा अनुचित लेनदेन मिटरब्याजमा एक हजार ४३ मेलमिलापबाट २१ करोड ५६ लाख २७ हजार ६ सय ६ रुपैयाँ नगद र ३० बिगाहा १७ कठा १७ धुर जग्गा फिर्ता गराइएको प्रवक्ता तथा डिएसपी न्यौपानेले जानकारी दिए।

सोही अवधिमा प्रहरीले तीन हजार ८८ वटा सामुदायिक कार्यक्रम सञ्चालन गरेकोमा एक लाख २२ हजार १५७ जना मानिस लभान्वित भएको प्रहरीले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख गरेको छ ।

ताजा समाचारहरु

oppo_16

शिवमाई माविमा विद्यार्थीका गुनासा सार्वजनिक : खानेपानी, खेलमैद...

  • जेष्ठ २२, २०८३ मा प्रकाशित
FB_IMG_1780569810975

रामकुमार थेगिमको शंकास्पद मृत्युबारे एमाले फाकफोकथुमको ध्यानाक...

  • जेष्ठ २१, २०८३ मा प्रकाशित
IMG-20260124-WA0000

आजको विदेशी मुद्रा विनिमय दर सार्वजनिक, डलरको बिक्रीदर १५३ रुप...

  • जेष्ठ २१, २०८३ मा प्रकाशित
IMG-20260202-WA0001

न्यून चापीय प्रणाली सक्रिय : देशभर वर्षा र मेघगर्जनको सम्भावना

  • जेष्ठ २१, २०८३ मा प्रकाशित
FB_IMG_1780538340936

इलाममा ‘सामी’ कार्यक्रमअन्तर्गत २१ हप्ते वित्तीय साक्षरता तथा ...

  • जेष्ठ २१, २०८३ मा प्रकाशित

प्रशंसा मिडिया प्रालिद्वारा संचालित रबिबजार न्युज डट कम कम्पनी दर्ता नं. ३३५६०७/८०/०८१ पान नं. : ६२११३०७८४ सूचना तथा प्रशारण विभाग दर्ता नं. : ४७७५-२०८१/२०८२ प्रेस काउन्सिल दर्ता नं. : ४७८२-२०८१/२०८२ बिज्ञापन बोर्ड सूचीकरण नं. ०५३२/२०८१/८२/०१ मुख्य कार्यालय: फाकफोकथुम गाउँपालिका- ४ जुरिथुम्की, इलाम सम्पर्क कार्यालय: इलाम बजार बिज्ञापनको लागि सम्पर्क : +९७७-९७६६५३२१२ इमेल: [email protected]

हाम्रो टिम

संचालक/प्रबन्धक: राजेन्द्र मगर सम्पादक: मोहनी काम्मु बजार प्रमुख : सूनिता मोक्तान

Rabibazarnews.com | 2024 All rights reserved.