Skip to content
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य

नेपाली विद्यार्थी बंगलादेशबाट फर्केर काँकडभिट्टामा तीन दिनमा ३४० जना

  • Picture of रबिबजार न्युज रबिबजार न्युज
  • साउन ६, २०८१ मा प्रकाशित

झापा / पूर्वी नाका झापाको काँकडभिट्टा हुँदै तीन दिनमा ३४० जना नेपाली विद्यार्थी बंगलादेशबाट आफ्नो फर्किएका छन् । बंगलादेशबाट आरक्षणविरोधी आन्दोलन हिंस्रक बन्न थालेपछि नेपाली विद्यार्थीहरु धमाधम स्वदेश फर्किन थालेका छन । बंगलादेशमा जागिरमा आरक्षणको विरोधमा आन्दोलन हिंसात्मक बनेर ज्यान जाने क्रम बढेपछि नेपालीसहित विदेशी विद्यार्थी धमाधम स्वदेश फर्किन थालेका छन् ।

अध्यागमन कार्यालय काँकडभिट्टाका प्रमुख मोहन पनेरुले बिहीबार ८५, शुक्रबार एक सय १४ र शनिबार एक सय ४१ जना आफ्नो स्वदेश फर्किएका जानकारी दिएका छ ।

नेपाली विद्यार्थीसंगै बंगलादेशबाट अध्ययनरत माल्दिभ्सकी एक छात्रासमेत काँकडभिट्टाका नाका भएर नेपाल आएकी उनिले बताएकी छिन् ।

‘माल्दिभ्सकी एक छात्रा नेपालीसँगै त्यहाँ अध्ययन गर्छन रहेछन् । अध्यागमन प्रमुख पनेरुले भने ‘आन्दोलनका कारण हिंसा बढेपछि उनी नेपालीसंगै यहाँ आइन् । भारतीय अध्यागमन अधिकारीले पनि उनीलाई नेपाल जान अनुमति दिएका उनीले हामीलाई जानकारी दिएकी छन् ।

चिकित्सा ´´ शिक्षा अध्ययनका लागि हजारौँ नेपाली विद्यार्थी बंगलादेशमा
रहँदै आएकि र केही समययता बंगलादेशबाट सरकारी जागिरमा आरक्षण धेरै भएको भन्दै चलेको विद्यार्थी आन्दोलनले उग्ररुप लिएको छ । त्यहाँ रहेका सम्पूर्ण शिक्षण संस्थाहरू बन्द गरिएको छ ।

उत्ता ढाकास्थित नेपाली राजदूतावासले सूचना जारी गर्दै । नेपाली विद्यार्थीलाई अत्यावश्यक काम नपरी होस्टलबाट बाहिर ननिस्कन आग्रह गरेको अध्यागमन कार्यालय काँकडभिट्टाका प्रमुख पनेरुले जानकारी दिएका छन् । कुनै कारणवश होस्टेलबाट बाहिरिनु पर्ने भएमा दूतावासमा जानकारी गराउन समेत भनिएको उनि बताउछिन् ।

उत्ता राजधानी ढाकाबाट २० किलोमिटर टाढा इनाम मेडिकल कलेजमा एमबिबिएस अध्ययन गरिरहेका भुषण पोखरेल ‘कफ्र्यू’ का कारण स्वदेश फर्किन नसकिरहेको उनका बुबा जयधर्म पोखरेलले बताएको छन् । धेरै नेपाली विद्यार्थी कफ्र्यूका कारण होस्टेलबाट सडकमा निस्कने छैन । उनले भने ढाकास्थित नेपाली दूतावासले सुरक्षा र प्रहरीको निगरानीमा एयरपोर्टसम्म पुर्‍याउने व्यवस्था भएको र धेरै विद्यार्थी घर फर्किने भएको उनी बताउछन् ।

बंगलादेशमा इन्टरनेट सेवा बन्द भएको छ । वाट्स,‘मेसेन्जर,इमो लगायत सामाजिक सञ्जालका साथै मोबाइल एप्लिकेसनबाट सम्पर्क स्थापित गर्न नसकिएको अभिभावक पोखरेलले भन्छन् । टेलिफोन सम्पर्क समेत नेटवर्कको समस्या रहेको उनिले जानकारी गराएकी छन । बंगलादेशमा
रहेका सम्पुर्ण नेपाली विद्यार्थीलाई ढाकाबाट हवाईमार्ग हुँदै सिधै काठमाडौँ अवतरण गर्दै सो पूर्वी नाका काँकडभिट्टा हुँदै स्थलमार्गबाट नेपाल आउने दुई विकल्प मात्र छ

ताजा समाचारहरु

oppo_16

शिवमाई माविमा विद्यार्थीका गुनासा सार्वजनिक : खानेपानी, खेलमैद...

  • जेष्ठ २२, २०८३ मा प्रकाशित
FB_IMG_1780569810975

रामकुमार थेगिमको शंकास्पद मृत्युबारे एमाले फाकफोकथुमको ध्यानाक...

  • जेष्ठ २१, २०८३ मा प्रकाशित
IMG-20260124-WA0000

आजको विदेशी मुद्रा विनिमय दर सार्वजनिक, डलरको बिक्रीदर १५३ रुप...

  • जेष्ठ २१, २०८३ मा प्रकाशित
IMG-20260202-WA0001

न्यून चापीय प्रणाली सक्रिय : देशभर वर्षा र मेघगर्जनको सम्भावना

  • जेष्ठ २१, २०८३ मा प्रकाशित
FB_IMG_1780538340936

इलाममा ‘सामी’ कार्यक्रमअन्तर्गत २१ हप्ते वित्तीय साक्षरता तथा ...

  • जेष्ठ २१, २०८३ मा प्रकाशित

प्रशंसा मिडिया प्रालिद्वारा संचालित रबिबजार न्युज डट कम कम्पनी दर्ता नं. ३३५६०७/८०/०८१ पान नं. : ६२११३०७८४ सूचना तथा प्रशारण विभाग दर्ता नं. : ४७७५-२०८१/२०८२ प्रेस काउन्सिल दर्ता नं. : ४७८२-२०८१/२०८२ बिज्ञापन बोर्ड सूचीकरण नं. ०५३२/२०८१/८२/०१ मुख्य कार्यालय: फाकफोकथुम गाउँपालिका- ४ जुरिथुम्की, इलाम सम्पर्क कार्यालय: इलाम बजार बिज्ञापनको लागि सम्पर्क : +९७७-९७६६५३२१२ इमेल: [email protected]

हाम्रो टिम

संचालक/प्रबन्धक: राजेन्द्र मगर सम्पादक: मोहनी काम्मु बजार प्रमुख : सूनिता मोक्तान

Rabibazarnews.com | 2024 All rights reserved.