काठमाडौं / काठमाडौको एयरपोर्टमा द/हिडन ट्रेजरको निम्तोमा मिस माल्टाको टोली सोमबार बिहान आइपुगेका छन । मिस माल्टा चेरिस स्पिटेरीसहितको पाँच सदस्यीय टोली एक साता भ्रमणका लागि जानकारी दिएका छन ।
काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा टर्किस एयरलाइन्सको विमानबाट अवतरण रहेका टोलीलाई पर्यटन बोर्डका सदस्य तथा कर्मचारीहरुले उनीहरुलाई ढाकाटोपी तथा पञ्चैबाजा सहिद स्वागत गरिएको थियो ।
उत्ता शनिबार आयोजना हुने मिस नेपालको ग्रान्ड फिनालेमा सहभागी हुने र द हिडन ट्रेजरका निर्देशक प्रमोद कंसाकारले फिनालेको छेको पारेर नेपाल आउन संस्थाले निम्तो दिएको बताएका छन ।
मिस माल्टाको टोली काठमाडौं र चितवनका पर्यटकीय क्षेत्रहरु भ्रमण गर्ने कार्यक्रम पनि जारी रहेको बताएका छन । पछिल्लो समय युरोपको टापु मुलुक माल्टामा नेपाली कामदारका संख्या बढेसंगै यस मिस माल्टाको भ्रमणले दुई मुलुकको द्विपक्षीय हितमा फाइदाहरु पुग्ने अपेक्षा राखेका
छन भने मिस माल्टाको टोली साउन २२ सम्ममा स्वदेश फर्किने कार्यक्रम राखेको जानकारी गरेका छन ।























