Skip to content
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य

नेपाल प्रहरी श्रीमती संघको ४० औं वार्षिक साधारणसभा सम्पन्न

  • Picture of रबिबजार न्युज रबिबजार न्युज
  • साउन १६, २०८१ मा प्रकाशित

काठमाडौं / नेपाल प्रहरी श्रीमती संघकी अध्यक्ष श्रीमती लक्ष्मी कुँवरको प्रमुख आतिथ्यमा सोही संघको ४० औं वार्षिक साधारणसभा नेपाल पुलिस हेल्थ क्लब भृकुटीमण्डपमा मंगलबार आयोजित एक कार्यक्रम बीच सम्पन्न भएको छ ।

सो अवसरमा संघकी अध्यक्ष श्रीमती कुँवरले संघलाई आउँदा दिनहरूमा अझ प्रभावकारी र गुणस्तरीय बनाई उत्कृष्ट संस्थाको रूपमा विकास गर्न सबै सदस्यहरूले मन, वचन र कर्मले काम गर्नुपर्ने बताउनुभयो । सम्पूर्ण प्रहरी कर्मचारीका परिवारहरूको साझा चौतारीको रूपमा रहेको संघलाई आगामी दिनमा समयसापेक्ष, अझ सबल र सुदृढ बनाउँदै लैजानुपर्ने उहाँले उल्लेख गर्नुभयो ।

कार्यक्रममा सोही संघकी महासचिव श्रीमती अनुश्री पाख्रीनले संघबाट आर्थिक वर्ष २०८०।०८१ मा भएका कार्य प्रगति तथा वार्षिक गतिविधि विवरण तथा संघकी कोषाध्यक्ष श्रीमती कल्पना गिरीले आर्थिक वर्ष २०८०/०८१ को वार्षिक आय-व्यय र आर्थिक वर्ष २०८१/०८२ को अनुमानित आय-व्ययको विवरण प्रस्तुत गर्नुभएको थियो ।

कार्यक्रममा उपस्थित संघका पदाधिकारीहरू तथा सदस्यहरू बीच संघको काम कारवाही, आगामी योजना तर्जुमा लगायत विविध विषयमा छलफल समेत भएको थियो ।

ताजा समाचारहरु

oppo_16

शिवमाई माविमा विद्यार्थीका गुनासा सार्वजनिक : खानेपानी, खेलमैद...

  • जेष्ठ २२, २०८३ मा प्रकाशित
FB_IMG_1780569810975

रामकुमार थेगिमको शंकास्पद मृत्युबारे एमाले फाकफोकथुमको ध्यानाक...

  • जेष्ठ २१, २०८३ मा प्रकाशित
IMG-20260124-WA0000

आजको विदेशी मुद्रा विनिमय दर सार्वजनिक, डलरको बिक्रीदर १५३ रुप...

  • जेष्ठ २१, २०८३ मा प्रकाशित
IMG-20260202-WA0001

न्यून चापीय प्रणाली सक्रिय : देशभर वर्षा र मेघगर्जनको सम्भावना

  • जेष्ठ २१, २०८३ मा प्रकाशित
FB_IMG_1780538340936

इलाममा ‘सामी’ कार्यक्रमअन्तर्गत २१ हप्ते वित्तीय साक्षरता तथा ...

  • जेष्ठ २१, २०८३ मा प्रकाशित

प्रशंसा मिडिया प्रालिद्वारा संचालित रबिबजार न्युज डट कम कम्पनी दर्ता नं. ३३५६०७/८०/०८१ पान नं. : ६२११३०७८४ सूचना तथा प्रशारण विभाग दर्ता नं. : ४७७५-२०८१/२०८२ प्रेस काउन्सिल दर्ता नं. : ४७८२-२०८१/२०८२ बिज्ञापन बोर्ड सूचीकरण नं. ०५३२/२०८१/८२/०१ मुख्य कार्यालय: फाकफोकथुम गाउँपालिका- ४ जुरिथुम्की, इलाम सम्पर्क कार्यालय: इलाम बजार बिज्ञापनको लागि सम्पर्क : +९७७-९७६६५३२१२ इमेल: [email protected]

हाम्रो टिम

संचालक/प्रबन्धक: राजेन्द्र मगर सम्पादक: मोहनी काम्मु बजार प्रमुख : सूनिता मोक्तान

Rabibazarnews.com | 2024 All rights reserved.