Skip to content
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य

मध्यपूर्वकै पहिलो महिला डबल डेकर बस चलाउने शान्तिलाई दक्षिण कोरियामा सम्मान

  • Picture of रबिबजार न्युज रबिबजार न्युज
  • साउन २३, २०८१ मा प्रकाशित

मोरङ : विश्व तेक्वान्दो हान्मादाङ प्रतियोगिता २०२४ को सिलसिलामा दक्षिण कोरियामा रहेकी शान्ति भण्डारीलाई नुवाकोट समाज दक्षिण कोरियाले सम्मान गरेको छ।

बिगत लामो समय देखी युएईमा रहेर मध्यपूर्वकै पर्यटन क्षेत्रको पहिलो महिला डबल डेकर बस चालकका रूपमा आफूलाई स्थापित गरेकी शान्तिलाई नुवाकोट समाज दक्षिण कोरियाको बार्षिक उत्सवको अवसरमा आयोजना गरिएको बृहत बनभोज तथा भेटघाट कार्यक्रमको अवसर पारेर सम्मान गरिएको हो।

उक्त कार्यक्रममा नुवाकोट समाज दक्षिण कोरियाका अध्यक्ष बुद्धि बहादुर तामाङ र एनआरएनए एनसिसीका निवर्तमान सदस्य सोम वाइवा तामाङले सम्मानपत्र हस्तान्तरण गरेका थिए। त्यसैगरी, नुवाकोट समाज दक्षिण कोरियाका निवर्तमान अध्यक्ष तथा प्रमुख सल्लाहकार राम कुमार गौतम, तामाङ घेदुङ दक्षिण कोरियाका अध्यक्ष राजकुमार स्यान्ताङ, जनप्रगतिसिल मंच दक्षिण कोरियाका बरिष्ठ उपाध्यक्ष जिवन खतिवडा लगायतले दोसल्ला ओढाएका थिए।

कार्यक्रममा बोल्दै नुवाकोट समाज अध्यक्ष बुद्धि बहादुर तामाङले यूएईमा रहेर साहसिक काम गर्दै आफूलाई अग्रस्थानमा ल्याउन सफल हुनुका साथै खेलकुद क्षेत्रमा समेत आफुलाई अभ्यस्थ राख्दै कोरियामा आयोजना भएको २०२४ मुयोङ हान्मादाङ तेक्वान्दो प्रतियोगितामा सहभागी भएर निरन्तर कोसिस गर्दा एकदिन अवश्य सफल होइन्छ भन्ने कुरा स्थापित गर्न सफल नेपाली साहसिक चेलीलाई सम्मान गर्न पाउँदा खुसी लागेको बताए।

त्यस्तै नुवाकोट समाजका पुर्व अध्यक्ष तथा एनआरएनए एनसिसीका निवर्तमान सदस्य सोम वाइवा तामाङले विदेशी भूमिमा रहेर अनेकौं बाधा अड्चनलाई पार गर्दै चाहना भएके सम्भव हुँदैन भन्ने कुराको ज्वलन्त उदाहरण बन्दै हजारौं नेपाली महिलाको प्रेरणाको स्रोत बन्नु उदाहरणीय रहेको उल्लेख गर्दै उनलाई सम्मान गर्न पाउँदा गर्व महसुस गरेको बताए।

ओखलढुंगा जिल्लामा जन्मिएकी शान्तिले सन् २०१५ देखि य्एईमा रहेर आफ्नो रोजगारीको सिलसिलामा ब्युटीसियनदेखि मध्यपूर्वमा हेभी बस चालक अनुमति प्राप्त गर्ने पहिलो नेपाली महिला बन्दै मध्यपूर्वकै पर्यटन क्षेत्रको पहिलो महिला डबल डेकर बस चालकका रूपमा आफूलाई स्थापित गरेकी छन।

ताजा समाचारहरु

oppo_16

शिवमाई माविमा विद्यार्थीका गुनासा सार्वजनिक : खानेपानी, खेलमैद...

  • जेष्ठ २२, २०८३ मा प्रकाशित
FB_IMG_1780569810975

रामकुमार थेगिमको शंकास्पद मृत्युबारे एमाले फाकफोकथुमको ध्यानाक...

  • जेष्ठ २१, २०८३ मा प्रकाशित
IMG-20260124-WA0000

आजको विदेशी मुद्रा विनिमय दर सार्वजनिक, डलरको बिक्रीदर १५३ रुप...

  • जेष्ठ २१, २०८३ मा प्रकाशित
IMG-20260202-WA0001

न्यून चापीय प्रणाली सक्रिय : देशभर वर्षा र मेघगर्जनको सम्भावना

  • जेष्ठ २१, २०८३ मा प्रकाशित
FB_IMG_1780538340936

इलाममा ‘सामी’ कार्यक्रमअन्तर्गत २१ हप्ते वित्तीय साक्षरता तथा ...

  • जेष्ठ २१, २०८३ मा प्रकाशित

प्रशंसा मिडिया प्रालिद्वारा संचालित रबिबजार न्युज डट कम कम्पनी दर्ता नं. ३३५६०७/८०/०८१ पान नं. : ६२११३०७८४ सूचना तथा प्रशारण विभाग दर्ता नं. : ४७७५-२०८१/२०८२ प्रेस काउन्सिल दर्ता नं. : ४७८२-२०८१/२०८२ बिज्ञापन बोर्ड सूचीकरण नं. ०५३२/२०८१/८२/०१ मुख्य कार्यालय: फाकफोकथुम गाउँपालिका- ४ जुरिथुम्की, इलाम सम्पर्क कार्यालय: इलाम बजार बिज्ञापनको लागि सम्पर्क : +९७७-९७६६५३२१२ इमेल: [email protected]

हाम्रो टिम

संचालक/प्रबन्धक: राजेन्द्र मगर सम्पादक: मोहनी काम्मु बजार प्रमुख : सूनिता मोक्तान

Rabibazarnews.com | 2024 All rights reserved.