Skip to content
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य

संखुवासभाको आँखिभूई बिहिवारे बजारमा बैंकिङ् सेवा सुरु

  • Picture of रबिबजार न्युज रबिबजार न्युज
  • साउन २३, २०८१ मा प्रकाशित

मोरङ : संखुवासभाको आँखिभूई बिहिवारे बजारमा बैंकिङ् सेवा सुरु भएको छ। धर्मदेवी नगरपालिकाका नगरप्रमुख उदयचन्द्र पौडेलको विषेश पहलमा सर्वसाधारण त्यसमा पनि सामाजिक सुरक्षा भत्ता लाभग्राहीहरुलाई सहज रुपमा सेवा दिने उदेश्य सहित आँखिभूईमा बैंकिङ् सेवा शुरु भएपछि स्थानीयवासी खुसी भएका छन् ।

धर्मदेवी नगरपालिका वडा नम्बर ९ स्थित आँखिभूई बिहीबारे बजारमा नेपाल एसबिआई बैकको शाखा सहित बैकिङ् सेवा सञ्चालनमा आएको हो । यस अघि नगरपालिकाको केन्द्र मुढेशनिश्चरे शाखा कार्यालयबाट नागरिकहरुलाई वित्तीय सेवा प्रदान गर्दै आइरहेको छ । बिहिबारे बजारमा बैकको काउन्टर सञ्चालनमा आएसंगै स्थानीयबासीहरुमा खुसी छाएको छ । यस अघि सामाजिक सुरक्षा भत्ताका लागि बैक खाता खोल्न र भुक्तानीका लागि अनिवार्य आफैं पालिकाको केन्द्र मुढेशनिश्चरे धाउनुपर्ने बाध्यता रहेको थियो।

विषेश गरी जेष्ठ नागरिक, एकल महिला र अपांगता भएका व्यक्तिहरुले केवा बगरको छेउबाट मुढेससम्म धाउनु पर्दाको दुःख र सास्ती त छँदैछ उनीहरुले पाउने भत्ताको रकम आउजाउ र गाडी भाडामै सकिन्थ्यो । आउन जान सास्ती मात्र भोग्नु बाहेक गर्दा उनीहरुले थापेको रकमको कुनै अर्थ थिएन । तर नगरप्रमुख पौडेलको विषेश पहल, वडाअध्यक्षहरुको सहयोग, स्थानीयहरुको चासो र बैकको अतिनै समन्वयकारी भूमिकामा सेवा सञ्चालनमा ल्याउन सफल भएको नगरप्रमुख उदयचन्द्र पौडेलको भनाई छ ।

नगरपालिकाको वडा नं. ९ बिहीवारे बजारमा शाखा रहित बैकिङ् सेवा केन्द्र स्थापना भएपिछ वडाबासी नागरिकहरुलाई सहज भएको वडा नं. ९ का वडाध्यक्ष चीत्रकुमार कार्कीले बताए । त्यस्तै बैंकको सेवा बिस्तार नहुँदा दिनै माया मारेर केन्द्र धाउनुपर्ने, अपाङ्गता, बुढाबुढी, असाहय र व्यापारीलाई अत्यन्त कष्टकर रहेको धर्मदेवी ९ बिहिबारेका डम्बर बिष्टले बताए।

यस सेवाले विषेश गरि नगरपालिकाको वडा नं. ६, ७, ८, ९ र ५ नं. वडाका नागरिकहरुलाई समेत सामाजिक सुरक्षा भत्ताका लागि मुढे धाउनुपर्ने बाध्यताको हटेको बिष्टको भनाई छ । नगरपालिकामा यस अघि वाणिज्य, विकास बैंकको कुनै पनि शाखा सञ्चालनमा आएको थिएन । तर विगत स्थानीय तह आएसंगै क वर्गको एउटा बैंकले मात्र सेवा दिइरहेको छ । लघुवित्त, सहकारी संस्था र अन्य वित्तीय संस्थाहरु रहेपनि सरकारी स्तरको कुनै एउटा पनि बैंक रहेका छैनन् ।

ताजा समाचारहरु

oppo_16

शिवमाई माविमा विद्यार्थीका गुनासा सार्वजनिक : खानेपानी, खेलमैद...

  • जेष्ठ २२, २०८३ मा प्रकाशित
FB_IMG_1780569810975

रामकुमार थेगिमको शंकास्पद मृत्युबारे एमाले फाकफोकथुमको ध्यानाक...

  • जेष्ठ २१, २०८३ मा प्रकाशित
IMG-20260124-WA0000

आजको विदेशी मुद्रा विनिमय दर सार्वजनिक, डलरको बिक्रीदर १५३ रुप...

  • जेष्ठ २१, २०८३ मा प्रकाशित
IMG-20260202-WA0001

न्यून चापीय प्रणाली सक्रिय : देशभर वर्षा र मेघगर्जनको सम्भावना

  • जेष्ठ २१, २०८३ मा प्रकाशित
FB_IMG_1780538340936

इलाममा ‘सामी’ कार्यक्रमअन्तर्गत २१ हप्ते वित्तीय साक्षरता तथा ...

  • जेष्ठ २१, २०८३ मा प्रकाशित

प्रशंसा मिडिया प्रालिद्वारा संचालित रबिबजार न्युज डट कम कम्पनी दर्ता नं. ३३५६०७/८०/०८१ पान नं. : ६२११३०७८४ सूचना तथा प्रशारण विभाग दर्ता नं. : ४७७५-२०८१/२०८२ प्रेस काउन्सिल दर्ता नं. : ४७८२-२०८१/२०८२ बिज्ञापन बोर्ड सूचीकरण नं. ०५३२/२०८१/८२/०१ मुख्य कार्यालय: फाकफोकथुम गाउँपालिका- ४ जुरिथुम्की, इलाम सम्पर्क कार्यालय: इलाम बजार बिज्ञापनको लागि सम्पर्क : +९७७-९७६६५३२१२ इमेल: [email protected]

हाम्रो टिम

संचालक/प्रबन्धक: राजेन्द्र मगर सम्पादक: मोहनी काम्मु बजार प्रमुख : सूनिता मोक्तान

Rabibazarnews.com | 2024 All rights reserved.