Skip to content
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य

संखुवासभामै पहिलो धर्मदेवीमा सामुदायिक पुस्ताकालय स्थापना हुने

  • Picture of रबिबजार न्युज रबिबजार न्युज
  • साउन २४, २०८१ मा प्रकाशित

मोरङ : संखुवासभाको धर्मदेवी नगरपालिकामा सामुदायिक पुस्ताकालय स्थापना हुने भएको छ । दश स्थानीय तह रहेको क्षेत्रमा जिल्लाकै पहिलो सामुदायिक पुस्ताकालय तथा श्रोत केन्द्रको निर्माणको काम अघि बढेको हो ।हाल भवन निर्माणको कार्य धमाधम भइरहेको छ । पुस्ताकालय भवन साँढे ३ तलाको निर्माण हुनेछ । अहिले पहिलो तला ढलाई सकेर दोश्रो तलामा इट्टा जोड्ने काम भइरहेको छ ।

धर्मदेवी नगरपालिका ३ मुढेशनिश्चरेमा शान्ति भोलेन्टियर एशोसिएसन नेपाल, रिड नेपाल, धर्मदेवी नगरपालिका र द पिपुल अफ जापानको आर्थिक सहयोगमा २ करोड ४७ लाख ७ हजार ७ सय ७८ मा ठेक्का सम्झौता भई तीन तले धर्मदेवी सामुदायिक पुस्ताकालय तथा स्रोत केन्द्र बन्न लागेको भवन निर्माण उप-समितिका संयोजक सुरेन बस्नेतले जानकारी दिए ।

सामुदायिक पुस्ताकालय तथा स्रोत केन्द्र मार्फत समुदायमा आधारित व्यवसायिक तथा प्राविधिक सीप विकास गर्न पुस्तकालयमा पुस्तक मात्र नभई विभिन्न सीपमूलक तालिम तथा कार्यक्रम गर्न सकिने निर्माण समितिका अध्यक्ष भीम लिंखाले बताए।

समुदायका नागरिकहरुलालाई पठन संस्कृतिको विकास गर्ने लक्ष्य सहित पुस्ताकालयको स्थापना गर्न लागिएको धर्मदेवी नगरपालिका वडा नं-३ का वडाध्यक्ष श्यामबहादुर पौडेलले बताए । पुस्ताकालयको लागि भवन निर्माणको काम सम्पन्न भइसकेपछि धार्मिक, साहित्यिक, राजनितिक, आर्थिक, सामाजिक तथा समय सान्दर्भिक विभिन्न खाले पुस्तक पढ्न पाइनेछ।

सामुदायिक पुस्ताकालय तथा श्रोत केन्द्र मार्फत समुदायमा आधारित व्यवसायिक तथा प्राविधिक सीप विकास प्रदान गर्ने उद्देश्यले स्थापना गर्न लागिएको धर्मदेवी नगरपालिकाका नगरप्रमुख उदयचन्द्र पौडेलले बताए । नगरप्रमुख पौडेलका अनुसार लाइब्रेरी बहुआयमिक खालको निर्माण गर्न लागिएको बताउँदै सम्पन्न भए पश्चाल उक्त लाइब्रेरी युवामैत्री, महिलामैत्री, बालबालिकामैत्री, जेष्ठ नागरिक मैत्री हुनेछ ।

सामुदायिक पुस्ताकालय भनेको मानवीय जीवनपर्यन्त सिक्ने वातावरण तयार गरिएको एक शैक्षिक संस्था भएकाले समाजमा रहेको विभिन्न व्यक्तिहरुलाई केही समय जम्मा भएर पुस्तक अध्ययन गर्ने, भलाकुसारी गर्ने तथा स्थानीय स्तरका विभिन्न सूचनाहरुको जानकारी प्राप्त गर्ने साझा स्थान उक्त पुस्ताकालय हुने नगरप्रमुख पौडेलको भनाई छ । अब केही समयभित्र निर्माण सम्पन्न भएर पुस्ताकालय सञ्चालनमा आउने बताईएको छ ।

ताजा समाचारहरु

oppo_16

शिवमाई माविमा विद्यार्थीका गुनासा सार्वजनिक : खानेपानी, खेलमैद...

  • जेष्ठ २२, २०८३ मा प्रकाशित
FB_IMG_1780569810975

रामकुमार थेगिमको शंकास्पद मृत्युबारे एमाले फाकफोकथुमको ध्यानाक...

  • जेष्ठ २१, २०८३ मा प्रकाशित
IMG-20260124-WA0000

आजको विदेशी मुद्रा विनिमय दर सार्वजनिक, डलरको बिक्रीदर १५३ रुप...

  • जेष्ठ २१, २०८३ मा प्रकाशित
IMG-20260202-WA0001

न्यून चापीय प्रणाली सक्रिय : देशभर वर्षा र मेघगर्जनको सम्भावना

  • जेष्ठ २१, २०८३ मा प्रकाशित
FB_IMG_1780538340936

इलाममा ‘सामी’ कार्यक्रमअन्तर्गत २१ हप्ते वित्तीय साक्षरता तथा ...

  • जेष्ठ २१, २०८३ मा प्रकाशित

प्रशंसा मिडिया प्रालिद्वारा संचालित रबिबजार न्युज डट कम कम्पनी दर्ता नं. ३३५६०७/८०/०८१ पान नं. : ६२११३०७८४ सूचना तथा प्रशारण विभाग दर्ता नं. : ४७७५-२०८१/२०८२ प्रेस काउन्सिल दर्ता नं. : ४७८२-२०८१/२०८२ बिज्ञापन बोर्ड सूचीकरण नं. ०५३२/२०८१/८२/०१ मुख्य कार्यालय: फाकफोकथुम गाउँपालिका- ४ जुरिथुम्की, इलाम सम्पर्क कार्यालय: इलाम बजार बिज्ञापनको लागि सम्पर्क : +९७७-९७६६५३२१२ इमेल: [email protected]

हाम्रो टिम

संचालक/प्रबन्धक: राजेन्द्र मगर सम्पादक: मोहनी काम्मु बजार प्रमुख : सूनिता मोक्तान

Rabibazarnews.com | 2024 All rights reserved.