Skip to content
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य

बाजुराका रैथाने बाली संरक्षण

  • Picture of रबिबजार न्युज रबिबजार न्युज
  • साउन २५, २०८१ मा प्रकाशित

बाजुरा रैथाने बाली लोप हुँदै गएपछि कृषि ज्ञान केन्द्र बाजुराले पछिल्लो समय बाली संरक्षणमा जोड दिएको छ । स्थानीय किसानलाई अर्गानिक खाद्यमा प्रोत्साहन गर्ने गरी रैथाने बाली संरक्षण गर्न लागेको कृषि ज्ञान केन्द्रले जनाएको छ ।

यहाँ उत्पादन हुने कोदो, फापर, सिमी, चिनो, कागुनो, उवा, झुमरो, स्थानीय जातको मकै, जौलगायतका अन्न बाली पछिल्लो समय हराउँदै गएका छन् । ती बालीको संरक्षण गर्न अनुदानका कार्यक्रम अघि सारेको कृषि ज्ञान केन्द्रका सुचना अधिकारी मीनप्रसाद जैसीले बताउनुभयो ।

रैथाने बाली स्थानीयका लागि खाद्य सुरक्षा, पोषणदेखि स्वास्थ्य जीवनयापनमा आवश्यक रहेको कार्बोहाइड्रेट, प्रोटिन, फाइबर, भिटामिन, क्याल्सियम, म्याग्नेसियम, आइरन जस्ता खनिजको प्रचुरता बढी भएकाले संरक्षणमा जोड दिएको भनाइ उहाँको छ ।

व्यावसायिक रूपमा खेती गर्ने किसानलाई प्रदर्शन कार्यक्रम अन्तर्गत ५०/६० हजार मूल्यको बिउबिजन, कृृषि औजार सहयोग गर्ने कार्यक्रम रहेको उहाँले बताउनुभयो । पछिल्लो समय रैथाने बालीको उत्पादन घटेको तर परिकारको माग बढेको बताइएको छ ।

स्थानीय बजारमा फापर, कोदो र मकैको पिठो, कागुनो, झुमरो र उवाको माग बढेको छ । रैथानले बालीलाई व्यावसायिक रूपमा खेती गर्न सकेमा स्थानीयले यसबाट नै जीविकोपार्जन गर्न सक्ने सम्भावना रहेको देखिन्छ ।

कृषि ज्ञान केन्द्रले रैथाने बालीको उत्पादन बढाउन स्थानीय उत्पादनको विभिन्न प्रकारका परिकार बनाई खुवाउने गरेको छ । अहिले स्थानीय होटलमा समेत रैथाने बालीको विभिन्न परिकार पाइने गरेको छ ।

हिमाली, स्वामिकार्तिक, जगनाथ, बुढीनन्दालगायतका पालिकाले समेत रैथाने बालीको संरक्षण र प्रवर्धन गर्नका लागि विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएका छन् । नयाँ र उन्नत जातको बाली भित्रिएसँगै रैथाने बाली हराउन थालेको स्थानीय किसान बताउँछन् ।

ताजा समाचारहरु

oppo_16

शिवमाई माविमा विद्यार्थीका गुनासा सार्वजनिक : खानेपानी, खेलमैद...

  • जेष्ठ २२, २०८३ मा प्रकाशित
FB_IMG_1780569810975

रामकुमार थेगिमको शंकास्पद मृत्युबारे एमाले फाकफोकथुमको ध्यानाक...

  • जेष्ठ २१, २०८३ मा प्रकाशित
IMG-20260124-WA0000

आजको विदेशी मुद्रा विनिमय दर सार्वजनिक, डलरको बिक्रीदर १५३ रुप...

  • जेष्ठ २१, २०८३ मा प्रकाशित
IMG-20260202-WA0001

न्यून चापीय प्रणाली सक्रिय : देशभर वर्षा र मेघगर्जनको सम्भावना

  • जेष्ठ २१, २०८३ मा प्रकाशित
FB_IMG_1780538340936

इलाममा ‘सामी’ कार्यक्रमअन्तर्गत २१ हप्ते वित्तीय साक्षरता तथा ...

  • जेष्ठ २१, २०८३ मा प्रकाशित

प्रशंसा मिडिया प्रालिद्वारा संचालित रबिबजार न्युज डट कम कम्पनी दर्ता नं. ३३५६०७/८०/०८१ पान नं. : ६२११३०७८४ सूचना तथा प्रशारण विभाग दर्ता नं. : ४७७५-२०८१/२०८२ प्रेस काउन्सिल दर्ता नं. : ४७८२-२०८१/२०८२ बिज्ञापन बोर्ड सूचीकरण नं. ०५३२/२०८१/८२/०१ मुख्य कार्यालय: फाकफोकथुम गाउँपालिका- ४ जुरिथुम्की, इलाम सम्पर्क कार्यालय: इलाम बजार बिज्ञापनको लागि सम्पर्क : +९७७-९७६६५३२१२ इमेल: [email protected]

हाम्रो टिम

संचालक/प्रबन्धक: राजेन्द्र मगर सम्पादक: मोहनी काम्मु बजार प्रमुख : सूनिता मोक्तान

Rabibazarnews.com | 2024 All rights reserved.