Skip to content
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य

धान खेतमा हाँस पालन यसरी गर्नुहोस

  • Picture of रबिबजार न्युज रबिबजार न्युज
  • साउन २५, २०८१ मा प्रकाशित

धान खेतमा हाँस पालन एक एकिकृत खेती प्रविधि हो । साना कृषकहरुले कम लागतमा प्रांगारिक धान उत्पादन गर्न यो उपयुक्त प्रविधि हो । विश्वका विभिन्न मुलुकहरु जस्तै जापान, बंगलादेश, फिलिपिन्स, भियतनाममा धान खेतमा हाँस पालन एक सफल खेती प्रविधिको रुपमा लिइन्छ । नेपालमा हालसम्म यस बिषयमा कुनै पनि अनुसन्धान र परिक्षणहरु भएको पाइदैन । तर नेपालका केहि स्थान र समुदायमा घर वरपर सानो संख्यामा हाँस पालन गर्ने परम्परा रहेको पाईन्छ ।

नेपालको तराईका जिल्लाहरुमा यस किसिमको खेती प्रविधिको राम्रो सम्भावना रहको छ । हाँस पालन गर्ने समुदायको लागि यस किसिमको एकिकृत खेती प्रविधि अझ उपयुक्त हुन्छ । साना किसानहरुको लागि यो प्रविधि उपयुक्त हुने हुनाले प्हिला एक कठ्ठा जग्गामा खेती सुरु गरि त्यसपछि व्यवसायिक रुपमा बढि जग्गामा गर्न सकिन्छ ।

प्राक्टिकल एक्शनद्वारा चितवन जिल्लामा पहिलो पटक गरिएको धान खेतमा हाँस पालन सम्बन्धि परियोजनाले नेपालमा पनि यस किसिमको खेती प्रविधि सामाजिक, आर्थिक र वातावरणीय हिसाबले सफल हुने पुष्टि गरेको छ ।

धान खेतमा हाँस पालन कसरी गर्ने ?

धान खेती सँगै हाँस पालन गर्न विभिन्न कुराहरुमा ध्यान दिनुपर्छ र सोहि अनुसार पूर्व तयारीहरु पनि गर्नुपर्छ । यस किसिमको खेती प्रविधिमा अलिकति बढि मेहेनत लागेपनि धेरै फाइदा हुन्छ । विशेषगरि धान खेतको व्यवस्थापन, हाँसको व्यवस्थापन र धानबालीमा हाँस छोड्दा रेखदेख र निरिक्षण कार्यमा ध्यान पुर्याउनुपर्छ ।

धान खेतको व्यवस्थापनः

यस खेती प्रविधिको लागि सबै भन्दा पहिला उपयुक्त जग्गा र धानको जात छनौट गनुपर्छ । धान खेतको व्यवस्थापन महत्वपूर्ण हुने भएकोले त्यसको व्यवस्थापनको लागि निम्न कुराहरुमा ध्यान पुर्याउनु पर्दछ ।

रासायनिक मल तथा विषादिका प्रयोग नगर्नेः

धान खेतमा कुनै पनि रासायनिक मल तथा विषादिको प्रयोग गर्नु हुँदैन । गोठे अथवा कम्पोष्ट मल हाल्न सकिन्छ ।
रासायनिक मल तथा विषादिको प्रयोगले हाँसलाई नोक्सान पुर्याउँछ र हाँसलाई चाहिने खानेकुरा पनि प्राप्त हुँदैन ।
धानमा कुनै रोगकीरा लागेमा प्राविधिकको सल्लाह अनुसार उपचार गराउनु पर्दछ ।

धानको जात छनौटः

यस खेती प्रविधिको लागि धानको जात छनौट गर्दा अग्लो, मोटो, गहिरो पानी सहन सक्ने र मिलेसम्म ढिलो पाक्ने जातहरु छनौट गर्नुपर्दछ । स्वर्णा सब–१, साँवामसुली, मकवानपुर–१, साबित्री, मन्सुली आदि धानका जात उपयुक्त हुन्छ ।

जग्गा छनौटः

धान खेतमा हाँस पालन गर्नको लागि सबैभन्दा पहिला उपयुक्त खेतको छनौट गर्नुपर्छ । यसको लागि दोमट चिम्ट्याइलो खालको अथवा पानी धारण गर्ने शक्ति भएको माटो बढि उपयुक्त हुन्छ । हाँस दिनभर धान खेतमा चर्ने भएकोले निरन्तर पानी लागिरहने खेत हुनुपर्छ । सकेसम्म घर वरपर रहेको खेत छनौट गर्नुपर्दछ ।

हाँसलाई खेतबाट बाहिर जान रोक्न तथा न्याउरी मुसा, वन बिरालो आदिबाट जोगाउन खेतको घेराबन्दी गर्नुपर्दछ । घेराबन्दी गर्नको लागि खेतको डिल चौडा र अग्लो बनाउनुको साथै डिलको चारैतिर ३–४ फिट अग्लो जाली लगाउन वा बारबन्देज गर्नुपर्दछ । बारबन्देजको लागि स्थानीय स्तरमा उपलव्ध हुने बाँस, पटुवा, नरकट, प्लाष्टिक, असुरोको डाँठ, खडाई, मकैको ढोड, काँस आदिको प्रयोग गर्दा सस्तो पर्न जान्छ ।

आफ्नो तरिका र सुविधा अनुसार खेतलाई राम्रोसँग हिल्याइ सम्याउनु पर्दछ । खेतमा रासायनिक मल तथा विषादिको प्रयोग नगरी तर सिफारिस गरिएको मात्रा अनुसार (१८ डोको प्रति कठ्ठा) गोठे अथवा कम्पोष्ट मल हाल्न सकिन्छ । तयारी खेतमा धान लाइनमा मिलाएर रोप्नु पर्दछ जसले गर्दा हाँसलाई खेतमा चर्न सजिलो हुन्छ र धानलाई पनि नोक्सान पुग्दैन । धान रोप्दा एक लाइन देखि अर्को लाइनको दुरी कम्तीमा ४० सेन्टिमिटर हुनुपर्दछ ।
बोट देखि बोटको दुरी कम्तीमा २५ सेन्टिमिटर फरक गर्नुपर्दछ ।

पानीको व्यवस्थापनः

हाँस दिनभर धान खेतमा चर्ने भएकोले पानीको निरन्तर व्यवस्थापन गरिरहन अत्यन्त आवश्यक छ । घमाइलो, सिंचाई तथा निकासको राम्रो व्यवस्था हुन सक्ने खालको खेत राम्रो हुन्छ ।
बाहिरबाट आउन सक्ने बाढी रोक्ने व्यवस्था मिलाउनु पर्दछ ।

धानको बाली कटानीः

धानको बाली पाकिसकेपछि कटानी गर्ने बेलामा अरु धान बाली जस्तै प्रकृयाबाट काट्न सकिन्छ ।

ताजा समाचारहरु

oppo_16

शिवमाई माविमा विद्यार्थीका गुनासा सार्वजनिक : खानेपानी, खेलमैद...

  • जेष्ठ २२, २०८३ मा प्रकाशित
FB_IMG_1780569810975

रामकुमार थेगिमको शंकास्पद मृत्युबारे एमाले फाकफोकथुमको ध्यानाक...

  • जेष्ठ २१, २०८३ मा प्रकाशित
IMG-20260124-WA0000

आजको विदेशी मुद्रा विनिमय दर सार्वजनिक, डलरको बिक्रीदर १५३ रुप...

  • जेष्ठ २१, २०८३ मा प्रकाशित
IMG-20260202-WA0001

न्यून चापीय प्रणाली सक्रिय : देशभर वर्षा र मेघगर्जनको सम्भावना

  • जेष्ठ २१, २०८३ मा प्रकाशित
FB_IMG_1780538340936

इलाममा ‘सामी’ कार्यक्रमअन्तर्गत २१ हप्ते वित्तीय साक्षरता तथा ...

  • जेष्ठ २१, २०८३ मा प्रकाशित

प्रशंसा मिडिया प्रालिद्वारा संचालित रबिबजार न्युज डट कम कम्पनी दर्ता नं. ३३५६०७/८०/०८१ पान नं. : ६२११३०७८४ सूचना तथा प्रशारण विभाग दर्ता नं. : ४७७५-२०८१/२०८२ प्रेस काउन्सिल दर्ता नं. : ४७८२-२०८१/२०८२ बिज्ञापन बोर्ड सूचीकरण नं. ०५३२/२०८१/८२/०१ मुख्य कार्यालय: फाकफोकथुम गाउँपालिका- ४ जुरिथुम्की, इलाम सम्पर्क कार्यालय: इलाम बजार बिज्ञापनको लागि सम्पर्क : +९७७-९७६६५३२१२ इमेल: [email protected]

हाम्रो टिम

संचालक/प्रबन्धक: राजेन्द्र मगर सम्पादक: मोहनी काम्मु बजार प्रमुख : सूनिता मोक्तान

Rabibazarnews.com | 2024 All rights reserved.