Skip to content
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य

युवा कवि सिजन श्रेष्ठकाे कवितासङ्ग्रह “हावामा अल्झिएकाे स्वर” लाेकार्पण

  • Picture of रबिबजार न्युज रबिबजार न्युज
  • साउन २६, २०८१ मा प्रकाशित

मोरङ : युवा कवि सिजन श्रेष्ठको कवितासङ्ग्रह “हावामा अल्झिएको स्वर” को लोकार्पण गरिएको छ। मोरङको सुन्दरहरैँचास्थित सुकुना बहुमुखी क्याम्पसको सभाहलमा शुक्रबार आयोजित कार्यक्रममा सुन्दरहरैँचाका नगरप्रमुख केदारप्रसाद गुरागाईंले उक्त कृतिको लोकार्पण गर्नुभयो।

५३ वटा कविता समावेश गरिएको यस सङ्ग्रहका बारेमा डा. दीपकप्रसाद न्यौपाने र डा. अस्मिता विष्टले समीक्षा गर्नुभयो। समीक्षकहरूले यस कृतिमा समावेश कविताहरू उत्कृष्ट रहेको र प्रकृति प्रेम तथा माया पिरतीका विषयमा रचिएका कविताहरूले दिन खोजेको भाव अर्थपूर्ण र वैज्ञानिक समेत रहेको टिप्पणी गर्नुभयो।

कवि श्रेष्ठलाई अत्यन्त सिल्प र विशिष्ट प्रेमका कविता लेख्ने कविका रूपमा चिनिन्छ। उनका कवितामा झट्ट पढ्दा बुझ्न नसकिए पनि गहिरिएर अध्ययन गर्दा अत्यन्तै सुन्दर शब्द संयोजन र अर्थ पाइन्छ। उनको लेखनशैलीमा प्रकृतिसँगको गहिरो सम्बन्ध र मानवीय संवेदनाको सूक्ष्म चित्रण पाइन्छ। श्रेष्ठ अध्ययनशील र परिश्रमी कवि हुन् जसले निरन्तर आफ्नो सिर्जनशीलतालाई नयाँ उचाइमा पुर्‍याउने प्रयास गर्दछन्।

आफ्नो पहिलो कृति प्रकाशित हुँदा हर्षित भएको कुरा कवि श्रेष्ठले बताउनुभयो। उहाँले “हावामा उबेला अभिव्यक्त गर्न नसकिएको स्वर नै यो कृतिमा राखिएको” बताउनुभयो। पारिवारिक परिवेश र बुवाआमाको प्रेरणाले सानै उमेरदेखि लेखनमा लागेको उल्लेख गर्दै, प्रकृतिसँग नजिक हुन रुचाउने र प्रकृतिसँग बोल्ने आफ्नो स्वभावले गर्दा कृतिमा प्रकृतिप्रतिको माया उजागर भएको श्रेष्ठले बताउनुभयो। यसका अलावा गरिबी र परदेशिनुको पीडालाई पनि यहाँ समावेश गरिएको छ।

लाेकार्पण कार्यक्रममा क्याम्पस सञ्चालक समितिका अध्यक्ष केशव अधिकारी, क्याम्पस प्रमुख अर्जुनराज अधिकारी, सञ्चालक समितिका सदस्य सुरेन्द्रबहादुर थापा लगायत प्राध्यापक, समाजसेवी, विद्यार्थी र साहित्यकारहरूको उपस्थिति थियो। कार्यक्रमको आयोजना सुकुना बहुमुखी क्याम्पस अतिरिक्त क्रियाकलाप समितिले गरेको थियो भने समितिका संयोजक विदुर सुवेदीले अध्यक्षता गर्नुभएको थियो।

कार्यक्रम सञ्चालन भने अनिल पोखरेलले गर्नुभएको थियो।
कवितासङ्ग्रहको प्रकाशनले नेपाली साहित्य जगतमा एक नवीन र प्रतिभाशाली कविको उदय भएको सहभागीले बताएका थिए । श्रेष्ठको यो कृतिले पाठकहरूलाई नयाँ दृष्टिकोण र गहन अनुभूतिको यात्रामा लैजाने अपेक्षा गरिएको साहित्यकारहरू बताउछन् ।

ताजा समाचारहरु

received_2055516395078926

दोलखाको कापाराङ्ग बस्ती पहिरोको उच्च जोखिममा, स्थानीयले तत्काल...

  • साउन ५, २०८३ मा प्रकाशित
IMG-20260715-WA0000

आजको विदेशी मुद्रा विनिमय दर सार्वजनिक, अमेरिकी डलरको मूल्य १५...

  • साउन ५, २०८३ मा प्रकाशित
IMG-20260513-WA0000

ललितपुरमा झण्डै २.८ किलो लागुऔषधसहित एक व्यक्ति पक्राउ

  • साउन ५, २०८३ मा प्रकाशित
FB_IMG_1784597102093

आज ६ प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्क रहन मौसम विभागको आग्रह

  • साउन ५, २०८३ मा प्रकाशित
IMG-20260720-WA0002

चार महिनामा ३,४३५ विपद् घटना, १६६ जनाको मृत्यु

  • साउन ४, २०८३ मा प्रकाशित

प्रशंसा मिडिया प्रालिद्वारा संचालित रबिबजार न्युज डट कम कम्पनी दर्ता नं. ३३५६०७/८०/०८१ पान नं. : ६२११३०७८४ सूचना तथा प्रशारण विभाग दर्ता नं. : ४७७५-२०८१/२०८२ प्रेस काउन्सिल दर्ता नं. : ४७८२-२०८१/२०८२ बिज्ञापन बोर्ड सूचीकरण नं. ०५३२/२०८१/८२/०१ मुख्य कार्यालय: फाकफोकथुम गाउँपालिका- ४ जुरिथुम्की, इलाम सम्पर्क कार्यालय: इलाम बजार बिज्ञापनको लागि सम्पर्क : +९७७-९७६६५३२१२ इमेल: [email protected]

हाम्रो टिम

संचालक/प्रबन्धक: राजेन्द्र मगर सम्पादक: मोहनी काम्मु बजार प्रमुख : सूनिता मोक्तान

Rabibazarnews.com | 2024 All rights reserved.