Skip to content
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य

जिल्ला स्तरीय हाजिरीजवाफ प्रतियोगिता: सिनियर तर्फ पिनाकल ज्ञान मन्दिर र जुनियर तर्फ मोरङ ज्ञानोदय प्रथम

  • Picture of रबिबजार न्युज रबिबजार न्युज
  • साउन २७, २०८१ मा प्रकाशित

मोरङ : राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल (एनप्याब्सन) ले जिल्ला स्तरीय हाजिरीजवाफ प्रतियोगिता सम्पन्न गरेको छ। शनिबार मोरङको सुन्दरहरैँचा नगरपालिकास्थित उद्योग वाणिज्य संघको सभाहलमा कार्यक्रम आयोजना भएको हो।

हाजिरीजवाफ प्रतियोगितामा सिनियर तर्फ पिनाकल ज्ञान मन्दिर प्रथम भएको छ। यस्तै, दोस्रो स्थानमा ब्राइट सनराइज, तेस्रोमा मोरङ ज्ञानोदयले हासिल गरेको छ। जुनियर तर्फ मोरङ ज्ञानोदय प्रथम भएको छ। दोस्रो स्थानमा डेल्टा इङ्गलिस स्कुल र तेस्रोमा चिनारी इङ्गलिस स्कुल रहेको एनप्याब्सन जिल्ला अध्यक्ष नारायण ढकालले जानकारी दिए । कार्यक्रममा विजेतालाई ट्रफी, मेडल र प्रमाणपत्र वितरण गरिएको छ।

कार्यक्रमका प्रमुख अतिथि सुन्दरहरैँचा नगरप्रमुख केदारप्रसाद गुरागाईंले अहिलेका बालबालिका भोलिका भविष्य हुन् भन्दै उनीहरूको क्षमता अभिवृद्धिमा यो कार्यक्रमले योगदान पुर्‍याउने बताउनुभयो। उहाँले व्यवहारिक ज्ञान र क्षमताको महत्त्व बुझ्न यस्ता कार्यक्रम आवश्यक रहेको बताए ।

विद्यालय भित्र र बाहिर हुने क्रियाकलापमा पनि बढवा दिनुपर्ने बताउँदै प्रतिस्पर्धाको जमानामा आफ्नो रुचि अनुसार प्रतियोगितामा भाग लिनुपर्ने समेत टिप्पणी गरे। बेलबारी नगरपालिका एनप्याब्सन अध्यक्ष पर्वत राईले पालिकाबाट सबै खाले सहयोग गर्ने प्रतिबद्धता जनाउँदै जिल्ला मात्र नभई प्रदेश र केन्द्रसम्म पनि प्रतिभा लैजानुपर्ने बताए।

कार्यक्रमका विशिष्ट अतिथि प्याब्सन मोरङ अध्यक्ष प्रेमलाल सिंह सुवालले निजी क्षेत्रबाट सञ्चालित विद्यालयहरूले दुरदराजका बालबालिकालाई शिक्षा दिने काम गरिरहेको बताउँदै नियमनको नाममा सारोगारो पार्ने काम नगर्न सरकारलाई आग्रह गरे । उहाँले हाजिरीजवाफ प्रतियोगिताले विद्यार्थीको ज्ञान र दायरा बढाउने र सिकेको, देखेको तथा अनुसन्धानका कुराको मापन गर्ने काम गर्ने बताए।

कार्यक्रममा प्राथमिक तहबाट १४ र माध्यमिक तहबाट ११ गरी जम्मा २५ वटा विद्यालयको सहभागिता रहेको थियो। कार्यक्रममा नगर प्रवक्ता रोशनप्रसाद ढकाल, एनप्याब्सन कोशी प्रदेश सहसचिव कमल खनाल लगायतको उपस्थिति रहेको थियो।

ताजा समाचारहरु

oppo_16

शिवमाई माविमा विद्यार्थीका गुनासा सार्वजनिक : खानेपानी, खेलमैद...

  • जेष्ठ २२, २०८३ मा प्रकाशित
FB_IMG_1780569810975

रामकुमार थेगिमको शंकास्पद मृत्युबारे एमाले फाकफोकथुमको ध्यानाक...

  • जेष्ठ २१, २०८३ मा प्रकाशित
IMG-20260124-WA0000

आजको विदेशी मुद्रा विनिमय दर सार्वजनिक, डलरको बिक्रीदर १५३ रुप...

  • जेष्ठ २१, २०८३ मा प्रकाशित
IMG-20260202-WA0001

न्यून चापीय प्रणाली सक्रिय : देशभर वर्षा र मेघगर्जनको सम्भावना

  • जेष्ठ २१, २०८३ मा प्रकाशित
FB_IMG_1780538340936

इलाममा ‘सामी’ कार्यक्रमअन्तर्गत २१ हप्ते वित्तीय साक्षरता तथा ...

  • जेष्ठ २१, २०८३ मा प्रकाशित

प्रशंसा मिडिया प्रालिद्वारा संचालित रबिबजार न्युज डट कम कम्पनी दर्ता नं. ३३५६०७/८०/०८१ पान नं. : ६२११३०७८४ सूचना तथा प्रशारण विभाग दर्ता नं. : ४७७५-२०८१/२०८२ प्रेस काउन्सिल दर्ता नं. : ४७८२-२०८१/२०८२ बिज्ञापन बोर्ड सूचीकरण नं. ०५३२/२०८१/८२/०१ मुख्य कार्यालय: फाकफोकथुम गाउँपालिका- ४ जुरिथुम्की, इलाम सम्पर्क कार्यालय: इलाम बजार बिज्ञापनको लागि सम्पर्क : +९७७-९७६६५३२१२ इमेल: [email protected]

हाम्रो टिम

संचालक/प्रबन्धक: राजेन्द्र मगर सम्पादक: मोहनी काम्मु बजार प्रमुख : सूनिता मोक्तान

Rabibazarnews.com | 2024 All rights reserved.