Skip to content
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य

हाम्रै देशमा अथाह संभावना छ प्लस टु सक्ने बित्तकै विदेश जाने सपना नदेख्नहोस् : पूर्व नगर प्रमुख ढकाल

  • Picture of रबिबजार न्युज रबिबजार न्युज
  • भदौ १, २०८१ मा प्रकाशित

बिराटनगर : मोरङको सुन्दरहरैचा ८ मा अवस्थित ब्राइट फ्युचर सेकेण्डरी स्कुलले कक्षा ११ का विद्यार्थीलाई नयाँ शैक्षिक सत्रको लागि स्वागतम कार्यक्रम गरेको छ । विराटचोकमा रहेको नेपालिरिका होटलमा भएको स्वागत कार्यक्रममा प्रमुख अतिथि सुन्दरहरैचाका पूर्व नगर प्रमुख शिव प्रसाद ढकालले उद्घाटन गरेका थिए ।

कार्यक्रम उद्घाटन गर्दै पूर्व नगर प्रमुख ढकालले हाम्रै देशमा अथाह संभावनाहरु रहेकोले प्लस टु सक्ने बित्तकै विदेश जाने सपना नदेख्न आग्रह गरेका थिए। देशमा आजका युवाले परिवर्तनमा हरतरहले सहपाठी बन्न सक्नुपर्ने बताएका थिए ।

संभावनाको ढोका खोल्ने युवाले नै भएकोले यसको समुचित प्रयोगमा टेक्सास ब्राइट फ्युचर स्थल भएको बताए । स्थलको भरपुर प्रयोग गर्नुपर्ने बताउँदै उनले नयाँ विद्यार्थीहरुलाई उज्वल भविश्यको शुभकामना दिएका थिए ।

उनले आफ्नो छोराको उदारहरण दिंदै भने,’मेरो छोरा पनि प्लस टु सकिने बित्तकै विदेश जान्छु भनेको थियो मैले कन्सभिन्स गाराए अहिले यहिँ एउटा कन्सलटेन्सी खोलेर केहि न केहि ब्यबसाय गरिरहेको छ।’ त्यसैले तपाईहरु पनि विदेश जाने मनस्थिति नबनाएर देशमै केहि गर्नुहोस हामी अविभावकत्वको भूमिका निर्वाह गर्छौ।’

‘प्रविधिको उच्चतम प्रयोग गर्दै भरपुर फाइदा उठाउँदै युवा पुस्तालाई अब्बल बनाउनको लागि म आग्रह गर्न चाहन्छु । ११ कक्षा रमाइलो गर्ने समय भएपनि गलत शैली नसमाई उत्तरदायी बन्नु जरुरी छ,उनले थपे। नेपालिरिका होटलका मेनेजर आकाश दुलाल पनि ब्राइट फ्युचर सेकेण्डरी स्कुलकै पूर्व विद्यार्थी भएकाले उनी बाट पनि केहि सिक्न अनुरोध गरेका थिए।

कार्यक्रममा स्कुलका प्रिन्सिपल टिकाराम ढकालले ब्राइट फ्युचरको आँगनमा आउने विद्यार्थीहरु अब्बल भएर निकाल्ने प्रयास जारी रहने बताउदै स्कुलले नेपालिरिका होटलसँग सहकार्य गरेर होटल मेनेजमेन्टको कक्षा पनि संचालन गरिएको बताए।

दक्ष, लगनशील, अनुभवी तथा विद्वान व्यक्तिहरुको संलग्नतामा शिक्षण प्रशिक्षण गराउँदै आएको स्कुलले पारिवारीक वातावरणमा दक्ष विद्यार्थी उत्पादनमा अहम भूमिका निर्वाह गरिरहेको प्रिन्सिपल ढकालले बताए। उक्त स्कुलमा करिव १ हजार दुई सय विद्यार्थी अध्यनरत रहेका छन्।

ताजा समाचारहरु

oppo_16

शिवमाई माविमा विद्यार्थीका गुनासा सार्वजनिक : खानेपानी, खेलमैद...

  • जेष्ठ २२, २०८३ मा प्रकाशित
FB_IMG_1780569810975

रामकुमार थेगिमको शंकास्पद मृत्युबारे एमाले फाकफोकथुमको ध्यानाक...

  • जेष्ठ २१, २०८३ मा प्रकाशित
IMG-20260124-WA0000

आजको विदेशी मुद्रा विनिमय दर सार्वजनिक, डलरको बिक्रीदर १५३ रुप...

  • जेष्ठ २१, २०८३ मा प्रकाशित
IMG-20260202-WA0001

न्यून चापीय प्रणाली सक्रिय : देशभर वर्षा र मेघगर्जनको सम्भावना

  • जेष्ठ २१, २०८३ मा प्रकाशित
FB_IMG_1780538340936

इलाममा ‘सामी’ कार्यक्रमअन्तर्गत २१ हप्ते वित्तीय साक्षरता तथा ...

  • जेष्ठ २१, २०८३ मा प्रकाशित

प्रशंसा मिडिया प्रालिद्वारा संचालित रबिबजार न्युज डट कम कम्पनी दर्ता नं. ३३५६०७/८०/०८१ पान नं. : ६२११३०७८४ सूचना तथा प्रशारण विभाग दर्ता नं. : ४७७५-२०८१/२०८२ प्रेस काउन्सिल दर्ता नं. : ४७८२-२०८१/२०८२ बिज्ञापन बोर्ड सूचीकरण नं. ०५३२/२०८१/८२/०१ मुख्य कार्यालय: फाकफोकथुम गाउँपालिका- ४ जुरिथुम्की, इलाम सम्पर्क कार्यालय: इलाम बजार बिज्ञापनको लागि सम्पर्क : +९७७-९७६६५३२१२ इमेल: [email protected]

हाम्रो टिम

संचालक/प्रबन्धक: राजेन्द्र मगर सम्पादक: मोहनी काम्मु बजार प्रमुख : सूनिता मोक्तान

Rabibazarnews.com | 2024 All rights reserved.