Skip to content
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य

पञ्चकोटलाई अन्नदान क्षेत्र बनाइने

  • Picture of रबिबजार न्युज रबिबजार न्युज
  • भदौ १०, २०८१ मा प्रकाशित

बागलुङ / पञ्चकोटमा एक सय ३५ फिट अग्लो कलश निर्माणसँगै अन्नदान क्षेत्र पनि सञ्चालन गरिने भएको छ । शनिबार बसेको विश्वशान्ति गण्डकी महासभाले अन्नदान क्षेत्र बनाउने निर्णय गरेको हो ।

महासभा बैठकले अन्नदान क्षेत्र बनाउने तयारी गरेको पञ्चकोटधाम व्यवस्थापन समितिका महासचिव माधव उपाध्यायले जानकारी दिए । इन्द्रनाथ आचार्य संयोजक रहेको समितिमार्फत यो कामलाई थालनी गरेर सञ्चालनमा ल्याइनेछ । मुक्तिनाथ जाने भक्तजनलाई यहाँ आएर बस्ने र निःशुल्क भोजन गर्ने व्यवस्था हुनेछ पञ्चकोटधाम व्यवस्थापन समितिका अध्यक्ष जगन्नाथ आचार्यले भने पूर्वाधारलाई व्यवस्थित बनाउने आमनागरिकको भरोसाको केन्द्र पनि बनाइने छ ।

महासभा बैठकले अन्नदान क्षेत्र बनाउने तयारी गरेको पञ्चकोटधाम व्यवस्थापन समितिका महासचिव माधव उपाध्यायले जानकारी दिए । इन्द्रनाथ आचार्य संयोजक रहेको समितिमार्फत यो कामलाई थालनी गरेर सञ्चालनमा ल्याइनेछ । मुक्तिनाथ जाने भक्तजनलाई यहाँ आएर बस्ने र निःशुल्क भोजन गर्ने व्यवस्था हुनेछ पञ्चकोटधाम व्यवस्थापन समितिका अध्यक्ष जगन्नाथ आचार्यले भने पूर्वाधारलाई व्यवस्थित बनाउने आमनागरिकको भरोसाको केन्द्र पनि बनाइने छ ।

दश वर्षअघिदेखि कारिकोट रायरायकोट माझकोट, ताराजालकोट र संसारकोट मिलाएर पञ्चकोट नामकरण गरी पर्यटकीय र धार्मिक पूर्वाधार निर्माण भइरहेको छ । पञ्चकोटमा गत माघमा धान्याञ्चलमार्फत रु ११ करोड बढी रकम सङ्कलन गरिएको छ । यो रकमले पूर्वाधार निर्माणको काम सुरु हुने वडाध्यक्ष रुद्रबहादुर केसीले जानकारी दिए ।

यसबाहेक महासभाले पवित्र कालीगण्डकी नदी र नदीको सभ्यता जोगाउने अभियानलाई पनि देशव्यापी चलाउने निर्णय गरेको छ । मासिक रूपमा सञ्चालन भएको ३० औँ संस्करणमा विश्वशान्ति गण्डकी महासभाले नदी सभ्यताको अभियानलाई नागरिक तहमा लैजाने तयारी गरेको हो । कालीगण्डकीमा पाइने शालिग्राम संरक्षणसहित नदीलाई सरसफाइ गर्ने र दोहनबाट जोगाउन अभियान केन्द्रित हुनेछ ।

दामोदरकुण्डबाट त्रिवेणीसम्मका जिल्ला प्रदेश पालिकासम्म अभियान चलाएर नदी सभ्यता र जलाधार क्षेत्र संरक्षणको कार्यक्रम गरिने भएको हो । यसअघिका ३० वटा महासभा भने बागलुङ तनहुँ र पोखरामा मात्र भएका थिए । कानुनी रूपमा बन्देज गरिएको असार साउन र भदौमा पनि नदी दोहन भएको छ ।

पटकपटक दोहन भएकामा सभाले चिन्ता व्यक्त गरेको छ । पहिलाका बूढापाकाले जानेरै नदीको सामग्री दोहन गरेनन् बरु नदीको पूजा गरेर सभ्यता जोगाएका थिए महासभाका सदस्य तारानाथ शर्माले भने, नदी सभ्यता जलक्षेत्र जोगाउन सकिएन भने मानवजीवन पनि सङ्कटमा पर्छ । गण्डकीका दर्जनौँ क्षेत्रको पर्यटकीय विकास गरेर करोडौँ कमाउन सकिनेमा नदी दोहन रोक्नुपर्ने शर्माले बताए । रासस

ताजा समाचारहरु

oppo_16

शिवमाई माविमा विद्यार्थीका गुनासा सार्वजनिक : खानेपानी, खेलमैद...

  • जेष्ठ २२, २०८३ मा प्रकाशित
FB_IMG_1780569810975

रामकुमार थेगिमको शंकास्पद मृत्युबारे एमाले फाकफोकथुमको ध्यानाक...

  • जेष्ठ २१, २०८३ मा प्रकाशित
IMG-20260124-WA0000

आजको विदेशी मुद्रा विनिमय दर सार्वजनिक, डलरको बिक्रीदर १५३ रुप...

  • जेष्ठ २१, २०८३ मा प्रकाशित
IMG-20260202-WA0001

न्यून चापीय प्रणाली सक्रिय : देशभर वर्षा र मेघगर्जनको सम्भावना

  • जेष्ठ २१, २०८३ मा प्रकाशित
FB_IMG_1780538340936

इलाममा ‘सामी’ कार्यक्रमअन्तर्गत २१ हप्ते वित्तीय साक्षरता तथा ...

  • जेष्ठ २१, २०८३ मा प्रकाशित

प्रशंसा मिडिया प्रालिद्वारा संचालित रबिबजार न्युज डट कम कम्पनी दर्ता नं. ३३५६०७/८०/०८१ पान नं. : ६२११३०७८४ सूचना तथा प्रशारण विभाग दर्ता नं. : ४७७५-२०८१/२०८२ प्रेस काउन्सिल दर्ता नं. : ४७८२-२०८१/२०८२ बिज्ञापन बोर्ड सूचीकरण नं. ०५३२/२०८१/८२/०१ मुख्य कार्यालय: फाकफोकथुम गाउँपालिका- ४ जुरिथुम्की, इलाम सम्पर्क कार्यालय: इलाम बजार बिज्ञापनको लागि सम्पर्क : +९७७-९७६६५३२१२ इमेल: [email protected]

हाम्रो टिम

संचालक/प्रबन्धक: राजेन्द्र मगर सम्पादक: मोहनी काम्मु बजार प्रमुख : सूनिता मोक्तान

Rabibazarnews.com | 2024 All rights reserved.