Skip to content
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य

हिमालय इङ्गलिस स्कुलद्वारा तीज बिषेश कार्यक्रम सम्पन्न

  • Picture of रबिबजार न्युज रबिबजार न्युज
  • भदौ १५, २०८१ मा प्रकाशित

बिराटनगर : मोरङको सुन्दरहरैचा १० मा रहेको हिमालय इङ्गलिस स्कुल हरितालिका तीज पर्वको अवसरमा शुक्रबार बिभिन्न कार्यक्रम गरेको छ ।
स्कुलको प्रांगणमा आयोजित कार्यक्रमा अभिभावक र विद्यार्थीहरुलाई तीजको दर ख्वाउदै मनोरंजनसहित बिबिध सास्कृतिक कार्यक्रमको आयोजना गरिएको स्कुलका प्रिन्सिपल कमल खनालले जानकारी दिए।
विद्यार्थीलाई संकार र संकृतिको बिषयमा जानकारी गराउने र अतिरिक्त कृयाकलापमा सहभागि गराउने उद्देश्यले तीज बिशेष कार्यक्रम आयोजना गरिएको प्रिन्सिपल खनालले बताए ।

‘विद्यार्थी हरेक क्षेत्रमा ज्ञान आर्जन गर्न सक्छन्, रुची अनुसारको सिकाईका लागि हामिले वातावरण बनाईदिनु पर्छ’ प्रिन्सिपल खनालले भने ‘ नेपाली समाजमा यो पर्वको मौलिक स्वरूप विकास भएको हुनाले तीज विशुद्ध नेपाली पर्व भएकाले अभिभावक सहित कार्यक्रम गरेका हौ।’

तीज के हो हाम्रा चाडपर्वहरुलाई कसरी संरक्षण गर्न सकिन्छ भन्ने उदेस्यले कार्यक्रमको आयोजना गरिएको उनले बताए। चेली–माइती बीचको सम्बन्धलाई प्रगाढ बनाउँनका लागि यो पर्वले महत्वपूर्ण भूमिका निर्वाह गर्ने भएकाले पनि स्कुल अभिभावक र विद्यार्थीको उपस्थितमा सामुहिक तीज बिशेष कार्यक्रमको आयोजना गरिएको स्कुलले जनाएको छ।

कार्यक्रमका प्रमुख अथिति सुन्दरहरैचा नगरपालिकाका १२ का वडा अध्यक्ष तथा नगर प्रवक्ता रोशन प्रसाद ढकालले तीज बिषेश कार्यक्रमको आयोजना गरेर हिमालय इङ्लिस स्कुलले तीजलाई प्रभावकारी बनाउने, समाजलाई एउटै मालामा उन्ने र धर्म सस्कृतिको संरक्षण गर्ने कार्य गरेको भन्दै प्रसंशा गरेका थिए।

कार्यक्रमको विशिस्ट अथितिको स्थानीय समाजसेवी कमला देबि अधिकारी ,अथिति एन प्याप्सन सुन्दरहरैचा नगर अध्यक्ष खगेन्द्र धिमाल,बेलबारी एन प्याप्सन अध्यक्ष पर्वत राई लगायतको उपस्थिति रहेको थियो। सुन्दरहरैचामा अन्यको प्राईभेट स्कुलको तुलनामा हिमालय स्कुल एस्ट्रा एक्टिभिटी गर्नमा सबै भन्दा अगाडी रहेको छ।

ताजा समाचारहरु

oppo_16

शिवमाई माविमा विद्यार्थीका गुनासा सार्वजनिक : खानेपानी, खेलमैद...

  • जेष्ठ २२, २०८३ मा प्रकाशित
FB_IMG_1780569810975

रामकुमार थेगिमको शंकास्पद मृत्युबारे एमाले फाकफोकथुमको ध्यानाक...

  • जेष्ठ २१, २०८३ मा प्रकाशित
IMG-20260124-WA0000

आजको विदेशी मुद्रा विनिमय दर सार्वजनिक, डलरको बिक्रीदर १५३ रुप...

  • जेष्ठ २१, २०८३ मा प्रकाशित
IMG-20260202-WA0001

न्यून चापीय प्रणाली सक्रिय : देशभर वर्षा र मेघगर्जनको सम्भावना

  • जेष्ठ २१, २०८३ मा प्रकाशित
FB_IMG_1780538340936

इलाममा ‘सामी’ कार्यक्रमअन्तर्गत २१ हप्ते वित्तीय साक्षरता तथा ...

  • जेष्ठ २१, २०८३ मा प्रकाशित

प्रशंसा मिडिया प्रालिद्वारा संचालित रबिबजार न्युज डट कम कम्पनी दर्ता नं. ३३५६०७/८०/०८१ पान नं. : ६२११३०७८४ सूचना तथा प्रशारण विभाग दर्ता नं. : ४७७५-२०८१/२०८२ प्रेस काउन्सिल दर्ता नं. : ४७८२-२०८१/२०८२ बिज्ञापन बोर्ड सूचीकरण नं. ०५३२/२०८१/८२/०१ मुख्य कार्यालय: फाकफोकथुम गाउँपालिका- ४ जुरिथुम्की, इलाम सम्पर्क कार्यालय: इलाम बजार बिज्ञापनको लागि सम्पर्क : +९७७-९७६६५३२१२ इमेल: [email protected]

हाम्रो टिम

संचालक/प्रबन्धक: राजेन्द्र मगर सम्पादक: मोहनी काम्मु बजार प्रमुख : सूनिता मोक्तान

Rabibazarnews.com | 2024 All rights reserved.