Skip to content
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य

जनताको पैसामा जनप्रतिनिधि र कर्मचारीको रजाईं : जम्बो टोली लिएर नगर प्रमुख गुरागाई पुगे रारा ताल

  • Picture of रबिबजार न्युज रबिबजार न्युज
  • भदौ १५, २०८१ मा प्रकाशित

बिराटनगर : बिहिबार करिव १ बजे तीर मोरङको सुन्दरहरैचा नगरपालिकाको कार्यालय विराटचोकको गेटमा केहि मानिसहरु बसिरहेका थिए । गेटको बाहिर पट्टी केहि मानिसहरु गफ गर्दै भन्दै थिए नगर प्रमुख केदार प्रसाद गुरागाई,उप प्रमुख अंकली चौधरी र प्रमुख प्रशासकीय अधिकृत विनोद कुमार न्यौपानेसहित वडा अध्यक्षहरु श्रीमान श्रीमती लिएर अवलोकन भ्रमणको नाममा राज्यको ढुकुटीको दुरुपयोग गरेर मुगुको रारा ताल घुम्न गए भनेर।

नगर प्रमुखसहित जनप्रतिनिधि र कर्मचारी गरी करिव तीन दर्जन मानिस रारा ताल घुम्न निस्किएका हुन्। नगरपालिकामा खासै चहल पहल न देखिएपछि अकस्मात एक कर्मचारीसँग भेट भयो। ती कर्मचारी भन्दै थिए सडक खाल्डखुल्डी छ बरु त्यो पुरेको भए हुन्थ्यो।

जनता सिटामोल नपाएर मर्नु पर्ने बाध्यता छ जनप्रतिनिधि र कर्मचारीहरु यति बेला अवलोकन भ्रमणको नाममा राज्यको सम्पति दुरुपयोग गरेर घुम निस्किनु गलत भएको ती कर्मचारीले बताए। जनता सिटामोल नपाएर छट्पटाई रहेका बेला जम्बो टोली लिएर हिड्न पटकै सुहाएन,ती कर्मचारीले भने,’मलाई लाग्छ १५ लाख भन्दा माथि खर्च हुन्छ त्यो पैसाले त गरिव जनतालाई औसधी उपचार र रोजगारी सिर्जना गरेको भए हुने थियो घुमेर के नै पाईन्छ र ?’

एक जना सेवाग्राही भन्दै थिए सबैले जोडी-जोडी लिएर गएको भन्ने सुन्नमा आएको छ के जनताबाट उठाएको करले मोजमस्ती गर्ने मिल्छ ? अर्का सवाग्राही समेत रहेका सुन्दरहरैचाका शिक्षा प्रेमी तथा राजनीतिक व्यक्तित्व महेश आचार्यले सामाजिक संजाल फेसबुक स्टाटस लेख्दै भनेका छन्.’ बाटोका खाल्डा पुर्नु पैसा छैन । बिद्यालय अनुमानि दिनु धरौटी चाहिन्छ । नगर पालिकालाई डोनेसन् चाहिन्छ । आखिर किन ?

जनप्रतिनिधि राजा जस्ता जनता रैति त्यो किन ? घर नक्सा पास नौटंकी नै बढी राजश्वको कुरै नगरौ । कर्मचारी कोहि ब्रदान पाए जस्ता कोहि खानु नपाए जस्ता । बाटोमा जोडिएको सि सि मर्मत गर्नु बजेट छैन । बजेट छैन,बजेट छैन,बजेट छैन । देखो तमासा कंग्रेस/एमालेको । काकाले रिसाउदिन भन्नू भएको छ । साञ्चै नरिसाउनु होला । अनि बाऊको वारेमा पनि लेख्नु भन्नू भएको छ । लेख्छु बाऊका बारेमा पनि ..!

धेरै जनप्रतिनिधिहरुले रारा ताल पुगेर टिकटक बनाएको भिडियो पनि अहिले सामाजिक संजालमा भारल भनिरहेको छ। यस बिषयमा एक वडा सदस्यसँग बुज्न खोज्दा को -को गए किन गए र कहिले आउने भन्ने बारे आफूलाई जानकारी नभएको बताएका छन्। यता वडा नम्बर १२ का अध्यक्ष तथा नगर प्रवक्ता समेत रहेका रोशनप्रसाद ढकालले भने अवलोकन भ्रमणमा जाने कुरा ठिक भएको भएता पनि समय उहित नभएको बताए।

यस बिषयमा मलाई धेरै नसोध्नुहोस् कहिले फर्किने भन्ने मलाई पनि थाहा छैन। यो बारे अहिले म यति मात्र भन्छु बाँकीकुरा पछि गरौला भन्दै पन्छिए। वडा नम्बर ११ र १२ का अध्यक्ष भने भ्रमणमा गएका छैनन्। वडा नम्बर ११ वाड अध्यक्ष विशनलाल चौधरी कार्यबाहक नगर प्रमुखको जिम्मेवारी दिईएको छ।

ताजा समाचारहरु

oppo_16

शिवमाई माविमा विद्यार्थीका गुनासा सार्वजनिक : खानेपानी, खेलमैद...

  • जेष्ठ २२, २०८३ मा प्रकाशित
FB_IMG_1780569810975

रामकुमार थेगिमको शंकास्पद मृत्युबारे एमाले फाकफोकथुमको ध्यानाक...

  • जेष्ठ २१, २०८३ मा प्रकाशित
IMG-20260124-WA0000

आजको विदेशी मुद्रा विनिमय दर सार्वजनिक, डलरको बिक्रीदर १५३ रुप...

  • जेष्ठ २१, २०८३ मा प्रकाशित
IMG-20260202-WA0001

न्यून चापीय प्रणाली सक्रिय : देशभर वर्षा र मेघगर्जनको सम्भावना

  • जेष्ठ २१, २०८३ मा प्रकाशित
FB_IMG_1780538340936

इलाममा ‘सामी’ कार्यक्रमअन्तर्गत २१ हप्ते वित्तीय साक्षरता तथा ...

  • जेष्ठ २१, २०८३ मा प्रकाशित

प्रशंसा मिडिया प्रालिद्वारा संचालित रबिबजार न्युज डट कम कम्पनी दर्ता नं. ३३५६०७/८०/०८१ पान नं. : ६२११३०७८४ सूचना तथा प्रशारण विभाग दर्ता नं. : ४७७५-२०८१/२०८२ प्रेस काउन्सिल दर्ता नं. : ४७८२-२०८१/२०८२ बिज्ञापन बोर्ड सूचीकरण नं. ०५३२/२०८१/८२/०१ मुख्य कार्यालय: फाकफोकथुम गाउँपालिका- ४ जुरिथुम्की, इलाम सम्पर्क कार्यालय: इलाम बजार बिज्ञापनको लागि सम्पर्क : +९७७-९७६६५३२१२ इमेल: [email protected]

हाम्रो टिम

संचालक/प्रबन्धक: राजेन्द्र मगर सम्पादक: मोहनी काम्मु बजार प्रमुख : सूनिता मोक्तान

Rabibazarnews.com | 2024 All rights reserved.