Skip to content
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य

नियमविपरीत गरि औषधि पसल सञ्चालन भएको कारबाह

  • Picture of रबिबजार न्युज रबिबजार न्युज
  • भदौ १६, २०८१ मा प्रकाशित

नवलपरासी / पश्चिम नवलपरासीमा नियमविपरीत सञ्चालन भएका औषधि पसललाई कारबाही गर्न थालिएको छ । जिल्लामा औषधि पसल बिनादर्ता सञ्चालन भएको गुनासो बढेपछि स्वास्थ्य कार्यालय, स्थानीय तह, जिल्ला प्रशासन, करदाता सेवा कार्यालयसहितको संयुक्त टोलीले अनुगमन गर्न थालेको हो ।

अनुगमनका क्रममा सदरमुकामका दुई औषधि पसललाई जरिवाना गरिएको हो । जिल्लामा ६० भन्दा बढी औषधि पसल बिनादर्ता सञ्चालनमा रहेको बताइएको छ । दर्ता भएर सञ्चालन भएका आधिकांश पसलहरूले पनि अनुमति लिएको भन्दा फरक कारोबार गर्ने गरेका पाइएको अनुगमन टोलीले जनाएको छ ।

अनुगमनमा क्रममा बुद्धचोकमा सञ्चालनमा रहेको समिता मेडिकल र सन मेडिकल हल नियमविपरीत सञ्चालन भएको पाइएको स्वास्थ्य कार्यालयका प्रमुख ओमप्रकाश पन्थीले जानकारी दिनुभयो । फार्मेसी सञ्चालक उपस्थित नभई औषधि बिक्री गर्ने गरेको र बिलबिजक नराखेको समिता मेडिकललाई रु १० हजार जरिवाना गरिएको छ ।

त्यस्तै पसलमा फार्मेसीसँग सम्बन्धित व्यक्ति रहे पनि एक वर्षदेखि विदेशमा रहेका व्यक्तिको फार्मेसी सञ्चालन अनुमतिपत्र राखेर औषधि बिक्री गर्नुका साथै पान नम्बर नराखी पसल सञ्चालन गरेको भन्दै सन मेडिकल हललाई रु दुई हजार जरिवाना गरिएको छ ।

यसअघि दर्ताबिना सञ्चालन गरिएको उक्त पसललाई अनुगमन टोलीले सिल गरेको थियो । ती दुवै पसललाई सात दिनभित्र आवश्यक कागजपत्र लिएर जिल्ला प्रशासनमा जान निर्देशन दिइएको र कागजपत्र बुझाउन नसके पसल सिल गरी आवश्यक कारबाही प्रक्रिया अघि बढाइने स्वास्थ्य प्रमुख पन्थीले जानकारी दिनुभयो । अनुगमनका क्रममा केही पसलले खरिद बिक्री खाता र बिल काट्ने गरेको नपाइएकाले त्यसलाई नियमित गर्न चेतावनी दिइएको स्वास्थ्य कार्यालय प्रमुख पन्थीले बताउनुभयो ।

जिल्ला औषधि व्यवसायी सङ्घका अनुसार जिल्लामा दुई सय १० औषधि पसल रहेकामा ६० विनादर्ता सञ्चालनमा रहेको जानकारी आएकाले क्रमशः अनुगमन गरेर कानुनी दायरामा ल्याइने स्वास्थ्य कार्यालयले जनाएको छ । जिल्लामा एक सय ५० औषधि पसल औषधि विभागमा दर्ता भएर सञ्चालनमा छन् ।रासस

ताजा समाचारहरु

oppo_16

शिवमाई माविमा विद्यार्थीका गुनासा सार्वजनिक : खानेपानी, खेलमैद...

  • जेष्ठ २२, २०८३ मा प्रकाशित
FB_IMG_1780569810975

रामकुमार थेगिमको शंकास्पद मृत्युबारे एमाले फाकफोकथुमको ध्यानाक...

  • जेष्ठ २१, २०८३ मा प्रकाशित
IMG-20260124-WA0000

आजको विदेशी मुद्रा विनिमय दर सार्वजनिक, डलरको बिक्रीदर १५३ रुप...

  • जेष्ठ २१, २०८३ मा प्रकाशित
IMG-20260202-WA0001

न्यून चापीय प्रणाली सक्रिय : देशभर वर्षा र मेघगर्जनको सम्भावना

  • जेष्ठ २१, २०८३ मा प्रकाशित
FB_IMG_1780538340936

इलाममा ‘सामी’ कार्यक्रमअन्तर्गत २१ हप्ते वित्तीय साक्षरता तथा ...

  • जेष्ठ २१, २०८३ मा प्रकाशित

प्रशंसा मिडिया प्रालिद्वारा संचालित रबिबजार न्युज डट कम कम्पनी दर्ता नं. ३३५६०७/८०/०८१ पान नं. : ६२११३०७८४ सूचना तथा प्रशारण विभाग दर्ता नं. : ४७७५-२०८१/२०८२ प्रेस काउन्सिल दर्ता नं. : ४७८२-२०८१/२०८२ बिज्ञापन बोर्ड सूचीकरण नं. ०५३२/२०८१/८२/०१ मुख्य कार्यालय: फाकफोकथुम गाउँपालिका- ४ जुरिथुम्की, इलाम सम्पर्क कार्यालय: इलाम बजार बिज्ञापनको लागि सम्पर्क : +९७७-९७६६५३२१२ इमेल: [email protected]

हाम्रो टिम

संचालक/प्रबन्धक: राजेन्द्र मगर सम्पादक: मोहनी काम्मु बजार प्रमुख : सूनिता मोक्तान

Rabibazarnews.com | 2024 All rights reserved.