काठमाडौं / पलेशा गोवर्धनलाई नगरपरिक्रमा गराइने भएको हुनाले
आज पारालिम्पिकमा काश्य पदक विजेता तेक्वान्दो खेलाडी नेपाल आउने भएको हुन ।
नेपाली खेलकुद इतिहासमा पहिलो पटक ओलम्पिकमा पदक जितेकी
पलेशा आज काठमाडौँ आउदै छन् । पलेशालाई आज बिहान ८ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गर्नका लागि राष्ट्रिय खेलकुद परिषदले जानकार गराएका छन् ।
उनलाई एयरपोर्ट, गौशाला, बागबजार, भद्रकाली, सहिदगेट, पुरानो बानेश्वर, मैतीदेवी, डिल्लीबजार, त्रिपुरेश्वर चोक हुँदै राष्ट्रिय खेलकुद परिषद्को प्राङ्गणमा स्वागत गरिने भएको छ भने उत्ता परिषदका अनुसार साढे ८ बजेदेखि नगरपरिक्रमा शुरु हुने भएको जानकार गराएका छन् ।























