Skip to content
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य

हरैंचा मोडेल इङ्गलिस स्कुलद्वारा सिङ्गिङ्ग,डान्सीङ्ग आइडल २०८१ सम्पन्न

  • Picture of रबिबजार न्युज रबिबजार न्युज
  • भदौ २१, २०८१ मा प्रकाशित

एलएन गच्छदार / योगेन्द्र योगी
बिराटनगर : मोरङको सुन्दरहरैंचा – १ मा रहेको हरैंचा मोडेल इङ्गलिस स्कुलले सिङ्गिङ्ग,डान्सीङ्ग आइडल २०१८१ र वक्तृत्व कला प्रतियोगिता तथा कक्षा ११ आउने नव आगन्तुक विधार्थीलाई स्वागत कार्यक्रम सम्पन्न गरेको छ।

बिहिबार कार्यक्रमको उद्घाटन गर्दै निजी तथा आवसीय विद्यालय अर्गनाइजेशन नेपाल प्याब्सन मोरङको अध्यक्षमा प्रेमलालसिंह सुवालले हरैंचा मोडेल इङ्गलिस स्कुलले सिङ्गिङ्ग,डान्सीङ्ग आइडल र वक्तृत्व कला प्रतियोगिता आयोजना गरेर बिधार्थीहरु भित्र लुकेर रहेको कलालाई बाहिर प्रस्फुटन गर्ने काम गरेको भन्दै खुशी व्यक्त गरेका थिए।

उनले निजि बिद्यालयले कडा मेनेहत र परिश्रम गरेर उत्कृस्ट बिधार्थीहरु उत्पादन गर्ने गरेको बताएका थिए। उनले नयाँ आउने विद्यार्थीहरूलाई पनि हरैंचा मोडेलमा भविष्य उज्ज्वल रहेको बताउदै शिक्षाको महत्व बुझ्न,आफ्नो सपना र उदेश्य पुरा गर्न मिहिनेत गरेर अध्यान गर्न आग्रह गरेका थिए।

आइडलको डान्सीङ्ग,सिङ्गिङ्ग र वक्तृत्व कला तर्फ क्रमश कक्षा ८ की खुशी शाह, कक्षा ११ की रन्जु दाहाल र कक्षा ८ का सिद्धार्थ चौधरी बिजेता बनेका थिए। बिजेताहरुलाई नगद,मेडल र प्रमाणपत्र वितरण थियो भने सहभागी सबैलाई प्रमाणपत्र दिईको थियो। बिजेताहरुलाई कार्यक्रमका बिशिष्ठ अथिति उद्योग वाणिज्य संघ सुन्दरहरैचाका अध्यक्ष नारायण कार्की लगायतले पुरस्कार वितरण गरेका थिए।

कार्यक्रमामा बिद्यालयका प्रिन्सिपल रुद्र थापाले नयाँ आउने विद्यार्थीहरूलाई स्वागत गर्दै शिक्षा क्षेत्रको सुधारका प्रतिबद्ध रहेको बताउदै विद्यार्थीहरूलाई गुणस्तरीय शिक्षा प्रदान गर्न विद्यालयले अझ कटिबद्ध रूपमा लाग्ने बताएका थिए। शिक्षण पेशा एउटा यस्तो हो कहिल्यै अविभावकहरुको चित्त बुझाउन सकिदैन् तर पनि बिद्यालयले सबैलाई समेटेर अघि बढ्नु पर्ने बाध्यता रहेको बताएका थिए। विद्यार्थीहरुको आवश्यकता पुरा गर्ने गरी अध्ययन अध्यापनमा सरिक भइ अहिलेको बजारमा प्रतिस्पर्धा गर्न सक्ने जनशक्ति उत्पादन गरिरहेको र अब पनि गर्ने प्रिन्सिपल थापाले बताए।

कार्यक्रमलाई समापन गर्दै बिद्यालयका प्रवन्ध निर्देशक घनश्याम रिमालले २०५९ सालमा स्थापना भएको बिद्यालयले अहिलेसम्म आइपुग्दा धेरै फड्को मारेको र यस बिद्यालयमा अध्यायन गरेका धेरै बिद्यार्थीहरुलाई जापान,अमेरिका,कोहि विशेषज्ञ डाक्टर कोहि इन्जिनियर तथा धेरै सरकारी सेवामा कार्यरत रहेको बताउदै संस्कार र प्रबिधियुक्त शिक्षा जोड्दै मोरङकै अब्बल बिद्यालयको पहिचान बनाउन लागिरहेको बताएका थिए।

बिद्यालयले सामाजिक उतरदायित्व पुरा गर्दै पढाई संगै बिभिन्न अतिरिक्त क्रियाकलाप साथै उत्कृष्ट नतिजा ल्याउन सफल हुँदै आएको छ। सानो काठको घरबाट सुरु भएको बिद्यालय अहिले आफ्नै सुविधा सम्पन्न भवनमा संचालन भइरहेको छ। शैक्षिक गुणस्तरमा अब्ब्ल मानिएको सुन्दरहरैंचाकै नमुना बिद्यालयाको रुपमा रहेको हरैंचा मोडेलमा प्लेग्रुप देखी कक्षा १२ सम्म पठनपाठन हुँदै आएको छ ।

त्यसैगरी कक्षा ११ र १२ मा होटेल म्यानेजेमेन्ट र कम्प्युटर साइन्स संकायमा संचालित रहेको छ । पछिलो समय हरैंचा मोडेल स्कुल बिधार्थीहरुको रोजाईको केन्द्र बनेको छ। कार्यक्रम जेसिस बर्ष २०२४ का अध्यक्ष उत्सव थापा,इलाका प्रहरी कार्यालय हरैचाका प्रमुख अशोक कार्की लगायतको उपस्थित रहेको थियो।

ताजा समाचारहरु

oppo_16

शिवमाई माविमा विद्यार्थीका गुनासा सार्वजनिक : खानेपानी, खेलमैद...

  • जेष्ठ २२, २०८३ मा प्रकाशित
FB_IMG_1780569810975

रामकुमार थेगिमको शंकास्पद मृत्युबारे एमाले फाकफोकथुमको ध्यानाक...

  • जेष्ठ २१, २०८३ मा प्रकाशित
IMG-20260124-WA0000

आजको विदेशी मुद्रा विनिमय दर सार्वजनिक, डलरको बिक्रीदर १५३ रुप...

  • जेष्ठ २१, २०८३ मा प्रकाशित
IMG-20260202-WA0001

न्यून चापीय प्रणाली सक्रिय : देशभर वर्षा र मेघगर्जनको सम्भावना

  • जेष्ठ २१, २०८३ मा प्रकाशित
FB_IMG_1780538340936

इलाममा ‘सामी’ कार्यक्रमअन्तर्गत २१ हप्ते वित्तीय साक्षरता तथा ...

  • जेष्ठ २१, २०८३ मा प्रकाशित

प्रशंसा मिडिया प्रालिद्वारा संचालित रबिबजार न्युज डट कम कम्पनी दर्ता नं. ३३५६०७/८०/०८१ पान नं. : ६२११३०७८४ सूचना तथा प्रशारण विभाग दर्ता नं. : ४७७५-२०८१/२०८२ प्रेस काउन्सिल दर्ता नं. : ४७८२-२०८१/२०८२ बिज्ञापन बोर्ड सूचीकरण नं. ०५३२/२०८१/८२/०१ मुख्य कार्यालय: फाकफोकथुम गाउँपालिका- ४ जुरिथुम्की, इलाम सम्पर्क कार्यालय: इलाम बजार बिज्ञापनको लागि सम्पर्क : +९७७-९७६६५३२१२ इमेल: [email protected]

हाम्रो टिम

संचालक/प्रबन्धक: राजेन्द्र मगर सम्पादक: मोहनी काम्मु बजार प्रमुख : सूनिता मोक्तान

Rabibazarnews.com | 2024 All rights reserved.