Skip to content
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य

प्रथम हरैचा नकआउट फुटबल प्रतियोगिता सुरु

  • Picture of रबिबजार न्युज रबिबजार न्युज
  • भदौ २२, २०८१ मा प्रकाशित

योगेन्द्र योगी
बिराटनगर : मोरङको सुन्दरहरैचा नगरपालिका – १ मा नकआउट फुटबल प्रतियोगिता सुरु भएको छ। हरैचा स्पोर्ट्स क्लबको आयोजनामा शुक्रबारदेखि प्रथम संस्करणको फुटबल प्रतियोगिता सञ्चालन गरिएको हो । प्रतियोगितामा ८ टिमको सहभागिता रहेको छ।

प्रतियोगितामा प्रथम हुने टिमलाई नगद ३० हजार रुपैयाँ सहित ट्रफी र प्रमाणपत्र तथा द्वितीय हुने टिमलाई नगद २० हजार रुपैयाँ पुरस्कार प्रदान गरिने क्लबका सचिव घनश्याम रिमालले जानकारी दिए ।

यस्तै अन्य विद्याका उत्कृष्ट खेलाडीहरूलाई समेत पुरस्कार प्रदान गरिने बताइएको छ । सुन्दरहरैचा नगरपालिका वडा नं. १ स्थित हात्तिसार खेल मैदानमा सञ्चालित प्रतियोगिताको शुक्रबार अपराह्न उद्घाटन गरिएको छ ।

हरैचा स्पोर्ट्स क्लबका अध्यक्ष ओम प्रकाश मास्केको अध्यक्ष तथा वडा नम्बर १ का वडा अध्यक्ष राम बिश्वास खवासको प्रमुख आतिथ्यतामा सञ्चालन गरिएको उद्घाटन समारोहमा हरैचा मोडेल स्कुलका प्रिन्सिपल रुद्र थापा,इलाका प्रहरी कार्यालय हरैचाका प्रमुख अशोक कार्की सहित वर्तमान तथा निवर्तमान स्थानीय जनप्रतिनिधि, राजनीतिक दलका प्रतिनिधि, पत्रकार, समाजसेवी, खेलाडी र खेलकुद प्रेमीहरूको उपस्थिति रहेको थियोे ।

उद्घाटन समारोहको सहजीकरण क्लवका सचिव घनश्याम रिमालले गरेका थिए । वक्ताहरूले खेलकुद क्षेत्रको विकासका लागि आआफ्ना धारणा व्यक्त गरेका थिए। कार्यक्रमा पेपे पिजाका संचालक किशोर तिम्सिनाले क्लबलाई २० हजार बराबरको जर्सी उपलब्ध गराउने घोषणा गरेका थिए।

उद्धघाटन खेलमा कुसुमे शाइनिङ क्लब र पुर्वान्चल उनाइटेड क्लव बीच भएको रोमाञ्चक खेलमामा कुसुमे टाईब्रेकरमा ८ – ७ गोलको अन्तरले पुर्वान्चल उनाइटेडलाई हराउदै आफ्नो पहिलो जित दर्ता गरेको छ। भोलि प्रतियोगितामा बेलबारी र सोनापुर फुटबल क्लव बीच खेल हुने क्लवका अध्यक्ष ओम प्रकाश मास्केले जानकारी दिए ।

ताजा समाचारहरु

oppo_16

शिवमाई माविमा विद्यार्थीका गुनासा सार्वजनिक : खानेपानी, खेलमैद...

  • जेष्ठ २२, २०८३ मा प्रकाशित
FB_IMG_1780569810975

रामकुमार थेगिमको शंकास्पद मृत्युबारे एमाले फाकफोकथुमको ध्यानाक...

  • जेष्ठ २१, २०८३ मा प्रकाशित
IMG-20260124-WA0000

आजको विदेशी मुद्रा विनिमय दर सार्वजनिक, डलरको बिक्रीदर १५३ रुप...

  • जेष्ठ २१, २०८३ मा प्रकाशित
IMG-20260202-WA0001

न्यून चापीय प्रणाली सक्रिय : देशभर वर्षा र मेघगर्जनको सम्भावना

  • जेष्ठ २१, २०८३ मा प्रकाशित
FB_IMG_1780538340936

इलाममा ‘सामी’ कार्यक्रमअन्तर्गत २१ हप्ते वित्तीय साक्षरता तथा ...

  • जेष्ठ २१, २०८३ मा प्रकाशित

प्रशंसा मिडिया प्रालिद्वारा संचालित रबिबजार न्युज डट कम कम्पनी दर्ता नं. ३३५६०७/८०/०८१ पान नं. : ६२११३०७८४ सूचना तथा प्रशारण विभाग दर्ता नं. : ४७७५-२०८१/२०८२ प्रेस काउन्सिल दर्ता नं. : ४७८२-२०८१/२०८२ बिज्ञापन बोर्ड सूचीकरण नं. ०५३२/२०८१/८२/०१ मुख्य कार्यालय: फाकफोकथुम गाउँपालिका- ४ जुरिथुम्की, इलाम सम्पर्क कार्यालय: इलाम बजार बिज्ञापनको लागि सम्पर्क : +९७७-९७६६५३२१२ इमेल: [email protected]

हाम्रो टिम

संचालक/प्रबन्धक: राजेन्द्र मगर सम्पादक: मोहनी काम्मु बजार प्रमुख : सूनिता मोक्तान

Rabibazarnews.com | 2024 All rights reserved.