Skip to content
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य

आकर्षण बढ्दो स्केट जोनतर्फ

  • Picture of रबिबजार न्युज रबिबजार न्युज
  • भदौ २२, २०८१ मा प्रकाशित

रामपुर (पाल्पा) / ‘स्केट जोन’ बालबालिका खेल्ने र रमाउने थलो बनेको छ । पाल्पाको रामपुर नगरपालिका–५ बेझाड बजारमा सञ्चालनमा आएको रामपुर स्केट जोनमा बालबालिका मात्र नभई यतिबेला युवा तथा ज्येष्ठ नागरिकको पनि आकर्षण बढ्दो छ । यहाँ दैनिक खेल्नेको उत्साहजनक रुपमा सहभागिता बढेको छ ।

फुर्सदको समय निकालेर स्केट जोनमा आएर खेल खेल्ने गरेको रामतलुसी नमुना माविमा कक्षा ९ मा पढ्ने छात्रा साकिया बानु बताउनुहुन्छ । उहाँ विद्यालय खुलेका बेला साँझ बिहान तथा बिदाका दिन दिउँसोमा यहाँ आएर खेल्ने गर्नुहुन्छ । “खेल खेल्दा शारीरिक तथा मानसिक रुपमा नै आनन्द महसुस हुन्छ, यहाँ खेल खेलेर घर गएपछि लेखपढ गर्न उत्साह थपिएको अनुभूति गरेको छु, समय मिलाएर आइराख्ने गरेको छु”, बानुले भन्नुभयो ।

मदरसा नुरुल आधारभूत विद्यालयमा कक्षा ८ मा पढ्ने छात्रा अदिबा अन्जुम पनि घरमा गृहकार्य सकिएपछि पढाइ नबिग्रने गरी एक घण्टाको समय यहाँ आएर खेल्ने गर्नुहुन्छ । अनावश्यक समय गाउँघरमा खेलेर, डुलेर, मोबाइल, टिभी हेरेर समय बिताउनभन्दा केही समय यहाँ आएर खेलेपछि आनन्द आउँछ ।

तीन महिनादेखि स्केट जोन सञ्चालनमा आएको छ । रामपुरका ६ युवाले आफ्नै गाउँठाउँमा नयाँ व्यवसाय गर्ने सोचका साथ दुई रोपनी जग्गा १० वर्षसम्मका लागि भाडामा लिएर व्यवसाय सुरु गरेका हुन् । करिब रु एक करोडको लगानीमा उक्त व्यवसाय सुरु गरिएको हो । यहाँ दैनिक ७० देखि ८० जनासम्म खेल्न आउने गर्दछन् । बिदाको दिनमा दुई सयभन्दा व्यक्ति बढी आउने गरेको सञ्चालक अशोक श्रेष्ठ बताउनुहुन्छ ।उहाँका अनुसार पाल्पाको रामपुर नगरपालिकासहित निस्दी गाउँपालिका, छिमेकी जिल्ला स्याङ्जाको चापाकोट, तनहुँको घिरिङ गाउँपालिकाबाट खेल्न आउने गरेका छन् । रामपुर सहरीकरणतर्फ उन्मुख हुँदै गएकाले नयाँ व्यवसायका रुपमा स्केट जोन सुरुआत गरेको सञ्चालक श्रेष्ठ बताउनुहुन्छ ।

“व्यवसाय सुरु भएको करिब तीन महिना भएको छ, रामै्र चलेको छ, बालबालिका, युवा, ज्येष्ठ नागरिक सबै उमेर समूहको आकर्षण बढ्दो छ”, उहाँले भन्नुभयो, “जनघनत्व बढ्दै गएको रामपुरमा स्केट जोन सुरुआत गरेपछि मोबाइल, टिभी हेरेर समय बिताउने बालबालिका समय मिलाएर फुर्सदको समय यहाँ खेल्न व्यस्त बनेका छन् ।” रामपुरमा पहिलो र नौलो व्यवसाय भएकाले यहाँ खेल्न मात्रै नभई हेर्न पनि आउने गरेका छन् ।बालबालिका, युवा, ज्येष्ठ नागरिक सबै उमेर समूहका नागरिक उत्साहका साथ खेल अवलोकन गर्न र खेल्न आउने गरेका छन् ।

टिकटको मूल्य एक घण्टाका लागि रु एक सय ५० कायम गरिएको छ । ग्राहकलाई ध्यानमा राख्दै आगामी दिनमा प्याकेजको कार्यक्रम ल्याउने तयारी रहेको सञ्चालक श्रेष्ठ बताउनुहुन्छ । व्यवसाय सञ्चालन गर्न आठ कर्मचारीको व्यवस्था गरिएको छ । यहाँ बिहान ७ देखि साँझ ९ बजेसम्म खेल्ने व्यवस्था छ । खेल खेल्दा सुरक्षाका लागि हेल्मेट, जुत्ता, हातखुट्टामा लगाउने सेफ्टी गार्डको व्यवस्था गरिएको छ । खेल्ने क्रममा चोटपटक लागेमा रु एक लाखसम्मको दुर्घटना बीमा समेत सञ्चालक श्रेष्ठ बताउनुहुन्छ ।

स्केट जोनमा आएर खेल्दा मन भित्रैदेखि आनन्दित हुने गरेको प्रवीण सेन बताउनुहुन्छ । उहाँ बेलाबेलामा यहाँ आएर खेल खेलेर आनन्द लिने गर्नुहुन्छ । यो खेल स्वास्थ्यका लागि फाइदाजनक रहेको उहाँको भनाइ छ । “स्केट जोन रामपुरमा खुल्नु नै हाम्रो लागि खुसीको कुरा हो, खेल सकिएपछि शरीर फुर्तिलो र मन प्रफुल्ल हुन्छ”, उहाँले भन्नुभयो ।

बालबालिका विद्यालय छुट्टी भएपछि घरमा मोबाइल र टेलिभिजनमा व्यस्त हुन्थे । केही बालबालिका कुलतमा फस्ने स्थितिलाई यहाँ स्केट जोन सुरुआत गरिएपछि खेल्नतर्फ उनीहरुको ध्यान तानिएको छ । अहिले बालबालिकाको ध्यान बढी मोबाइलमा, टेलिभिजनमा केन्द्रित भएकाले त्यो बानी हटाउन स्केट जोन थालनी गरिको सञ्चालक सन्तोष पोखरेल बताउनुहुन्छ ।उहाँ भन्नुहुन्छ, “विद्यालय बिदाको दिन, साँझ सबहान समय मिलाएर बालबालिका आउने गर्छन्, शान्त वातावरण आनन्दले खेल खेलेर फर्कने गरेका छन्, फुर्सदको समय खेलमा बितेको छ ।” साथै सोही ठाउँमा रामपुर भिआर जोन सञ्चालन गर्ने उहाँके तयारी छ । रु २५ लाखको लगानीमा दसँैभन्दा अघि सञ्चालनमा ल्याउने गरी काम भइरहेको सञ्चालक पोखरेल बताउनुहुन्छ । रासस

ताजा समाचारहरु

IMG_0349

श्री भगवती माध्यमिक विद्यालय, जमुना : सीमित स्रोतसाधनका बीच गु...

  • जेष्ठ ३०, २०८३ मा प्रकाशित
719350988_1508152324124413_3415231723710013359_n

नवलपरासीमा सशस्त्रका सई माधव घिमिरेको असुली आतंक, सहायक हवल्दा...

  • जेष्ठ २९, २०८३ मा प्रकाशित
IMG_0174

श्याम्बल माध्यमिक विद्यालयमा बिषयगत शिक्षकको अभाव

  • जेष्ठ २९, २०८३ मा प्रकाशित
IMG_0085

शैक्षिक अवस्था गुज्रिदै प्रबोध माध्यमिक बिद्यालय

  • जेष्ठ २९, २०८३ मा प्रकाशित
FB_IMG_1781188198970

सूर्योदयमा पत्रकारिता सीप अभिवृद्धि तालिम सम्पन्न, दक्ष सञ्चार...

  • जेष्ठ २८, २०८३ मा प्रकाशित

प्रशंसा मिडिया प्रालिद्वारा संचालित रबिबजार न्युज डट कम कम्पनी दर्ता नं. ३३५६०७/८०/०८१ पान नं. : ६२११३०७८४ सूचना तथा प्रशारण विभाग दर्ता नं. : ४७७५-२०८१/२०८२ प्रेस काउन्सिल दर्ता नं. : ४७८२-२०८१/२०८२ बिज्ञापन बोर्ड सूचीकरण नं. ०५३२/२०८१/८२/०१ मुख्य कार्यालय: फाकफोकथुम गाउँपालिका- ४ जुरिथुम्की, इलाम सम्पर्क कार्यालय: इलाम बजार बिज्ञापनको लागि सम्पर्क : +९७७-९७६६५३२१२ इमेल: [email protected]

हाम्रो टिम

संचालक/प्रबन्धक: राजेन्द्र मगर सम्पादक: मोहनी काम्मु बजार प्रमुख : सूनिता मोक्तान

Rabibazarnews.com | 2024 All rights reserved.