Skip to content
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य

जलविद्युत् आयोजना निर्माण ४० मेगावाट क्षमताको राहुघाट

  • Picture of रबिबजार न्युज रबिबजार न्युज
  • भदौ २२, २०८१ मा प्रकाशित

 

म्याग्दी / नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी रघुगङ्गा हाइड्रोपावरद्वारा म्याग्दीमा निर्माणाधीन ४० मेगावाट क्षमताको राहुघाट जलविद्युत् आयोजनाको निर्माण कार्य सुस्ताएको छ ।

भारतीय सिभिल ठेकेदार जयप्रकाश एसोसियट्सका मजदुरहरुले समयमा पारिश्रमिक नपाउँदा म्याग्दीको बहुप्रतिक्षित राहुघाट जलविद्युत्को बाँध, सुरुङ र विद्युत्गृह निर्माण कार्य सुस्ताएको हो । आयोजना प्रमुख राजबहादुर बिष्टले सिभिल ठेकेदारका मजदुरहरुको आन्दोलनका कारण निर्माण कार्य प्रभावित बनेको बताउनुभयो ।

“केही महिनायता सिभिल ठेकेदार जेपीका मजदुरहरुले काम छोडेर जाने र भएकाले पनि कार्यस्थलमा ताला लगाएर आन्दोलन गरेका छन्,” उहाँले भन्नुभयो, “आयोजनाका तर्फबाट भुक्तिनामा समस्या छैन ।” निर्माण कम्पनीको आन्तरिक समस्याका कारण मजदुर तथा कर्मचारीहरुले समयमा ज्याला पाउन नसकेको आयोजना प्रमुख बिष्टले बताउनुभयो ।

जेपीका करिब सात सयजना मजदुरहरु राहुघाटमा कार्यरत छन् । सुरुङ निर्माण रोकेर आन्दोलनमा उत्रिएका मजदुर र निर्माण कम्पनीका प्रतिनिधिहरूबीच शुक्रबार भएको छलफलमा समयमै पारिश्रमिक दिने प्रतिबद्धता भएपछि शनिबारदेखि निर्माण कार्य सञ्चालन भएको जेपीका वरिष्ठ व्यवस्थापक राम सिंहले बताउनुभयो ।

हरेक महिनाको तलब अर्को महिनाको १५ तरिकमा दिने गरेको थियो । यस पटक एक महिनाको तलब भुक्तानी गर्न ढिलाइ भएकाले मजदुरहरू समस्यामा परेका छन् । शुक्रबार जुलाई महिनाको तलब भुक्तानी गरिएको र अगस्त महिनाको आगामी २० तारिकभित्र पारिश्रमिक भुक्तानी गर्ने सहमति भएपछि आन्दोलन फिर्ता गरेर मजदुरहरु काममा फर्किएको व्यवस्थापक सिंहले बताउनुभयो ।

भारतीय आयात–निर्यात ९एक्जिम० बैङ्कको ६७ मिलियन अमेरिकी डलर सहुलियतपूर्ण ऋण तथा प्राधिकरण र नेपाल सरकारको संयुक्त लगानीमा निर्माण भइरहेको आयोजनाको सिभिल ठेकेदार जयप्रकाश एसोसिएट्ससँग २०७४ मङ्सिरमा सम्झौता भएको थियो ।

गत साउन १५ गते जोडिएको छ हजार दुई सय ७० मिटर लामो सुरुङलाई कङ्क्रिट र विद्युत् गृहको पूर्वाधार निर्माणको काम भइरहेको छ । बाँध निर्माण स्थलमा बाढी आएर थुप्रिएकाले असारयता निर्माण भएको छैन । ठेक्काको ४५ महिनाको अवधिमा कोरोना महामारी, बाढी र पहिरोका कारण काम सम्पन्न हुन नसकेपछि ३० महिना म्याद थपिएको छ ।

सिभिलतर्फको समग्रमा भौतिक प्रगति करिब ६० प्रतिशत रहेको आयोजना प्रमुख विष्टले बताउनुभयो । विसं २०७६ कात्तिकमा ठेक्का सम्झौता गरेको इलेक्ट्रिकल ठेकेदार भारत हेभी इलेक्ट्रिकल्स लिमिटेड (भेल)ले भारतमा निर्माण गरेका उपकरणको परीक्षण गरी आयातको प्रक्रिया अघि बढाएको छ । इलेक्ट्रोमेकानिकलतर्फको २५ प्रतिशत भौतिक प्रगति भएको छ ।

कमजोर आर्थिक अवस्थाका कारण २०७२ मा पुरानो ठेकेदार आइभिआरसिएलसँगको ठेक्का तोडेर कम्पनीको अवधारणा र इन्जिनियरिङ प्रक्युमेन्ट एन्ड कन्ट्रयाक्ट ९इपिसी० प्रारुपमा राहुघाट जलबिद्युत आयोजना निर्माण अघि बढाइएको थियो । पहिलो कार्यतालिका र सम्झौताअनुसार आयोजना विसं २०७० मा सकिनुपर्ने थियो । पहिले ३२ मेगावाटमा डिजाइन गरिएकामा पछि आठ मेगावाट बढाएर ४० मेगावाट पुर्‍याइएको हो ।

रघुगङ्गा गाउँपालिका–४ दग्नाम र ५ नं वडा झिँको सिमानामा १७ मिटर अग्लो र ३१ मिटर लामो अर्धजलाशययुक्त (पिआरओआर) प्रविधिको बाँध र तिल्केनीचौरमा विद्युत्गृहको संरचना निर्माण भइरहेको छ । बेनी–जोमसोम–कोरला सडकको घुमाउनेतालदेखि ११किलोमिटर पहुँचमार्ग र एकवटा ट्रस प्रविधिको मोटर चल्ने पुल निर्माण गरी विद्युत्गृह र बाँधलाई सिधा सडकले जोडिएको छ । आगामी साउनभित्र राहुघाटको परीक्षण उत्पादन गर्ने लक्ष्य राखिए पनि सिभिल ठेकेदार कम्पनीमा देखिएको आर्थिक सङ्कट चुनौती बनेको छ । रासस

ताजा समाचारहरु

oppo_16

शिवमाई माविमा विद्यार्थीका गुनासा सार्वजनिक : खानेपानी, खेलमैद...

  • जेष्ठ २२, २०८३ मा प्रकाशित
FB_IMG_1780569810975

रामकुमार थेगिमको शंकास्पद मृत्युबारे एमाले फाकफोकथुमको ध्यानाक...

  • जेष्ठ २१, २०८३ मा प्रकाशित
IMG-20260124-WA0000

आजको विदेशी मुद्रा विनिमय दर सार्वजनिक, डलरको बिक्रीदर १५३ रुप...

  • जेष्ठ २१, २०८३ मा प्रकाशित
IMG-20260202-WA0001

न्यून चापीय प्रणाली सक्रिय : देशभर वर्षा र मेघगर्जनको सम्भावना

  • जेष्ठ २१, २०८३ मा प्रकाशित
FB_IMG_1780538340936

इलाममा ‘सामी’ कार्यक्रमअन्तर्गत २१ हप्ते वित्तीय साक्षरता तथा ...

  • जेष्ठ २१, २०८३ मा प्रकाशित

प्रशंसा मिडिया प्रालिद्वारा संचालित रबिबजार न्युज डट कम कम्पनी दर्ता नं. ३३५६०७/८०/०८१ पान नं. : ६२११३०७८४ सूचना तथा प्रशारण विभाग दर्ता नं. : ४७७५-२०८१/२०८२ प्रेस काउन्सिल दर्ता नं. : ४७८२-२०८१/२०८२ बिज्ञापन बोर्ड सूचीकरण नं. ०५३२/२०८१/८२/०१ मुख्य कार्यालय: फाकफोकथुम गाउँपालिका- ४ जुरिथुम्की, इलाम सम्पर्क कार्यालय: इलाम बजार बिज्ञापनको लागि सम्पर्क : +९७७-९७६६५३२१२ इमेल: [email protected]

हाम्रो टिम

संचालक/प्रबन्धक: राजेन्द्र मगर सम्पादक: मोहनी काम्मु बजार प्रमुख : सूनिता मोक्तान

Rabibazarnews.com | 2024 All rights reserved.