Skip to content
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य

प्रथम हरैचा नकआउट फुटबल प्रतियोगिताको उपाधि सोनापुरलाई

  • Picture of रबिबजार न्युज रबिबजार न्युज
  • भदौ २९, २०८१ मा प्रकाशित

योगेन्द्र योगी
बिराटनगर : मोरङमा सञ्चालन गरिएको प्रथम हरैचा नकआउट फुटबल प्रतियोगिताको उपाधि सोनापुर क्लव सुनसरीले जितेको छ । सुन्दरहरैचा नगरपालिका वडा नं. १ स्थित हात्तिसार खेल मैदानमा हरैचा स्पोर्ट्स क्लबको आयोजनामा प्रथम संस्करणको फुटबल प्रतियोगिता सञ्चालन गरिएको हो ।

आयोजक हरैचा स्पोर्ट्स क्लब र सोनापुर क्लव बीच भएको खेलमा निर्धारित समयमा गोल हुन नसकेपछि टाईब्रेकर मार्फद हरैचा स्पोर्ट्स क्लबलाई ३-१ ले हराउदै सोनापुर क्लवले प्रतियोगिताको उपाधि जित्न सफल भएको हो । विजेता सोनापुरले ३० हजार रुपैयाँ नगदसहित शिल्ड मेडल र प्रमाणपत्र प्राप्त गरेको छ ।

त्यस्तै, उपविजेता हरैचा स्पोर्ट्स क्लबले दोस्रो पुरस्कार स्वरुप २० हजार रुपैया, मेडल र प्रमाणपत्र पाएको छ । प्रतियोगितामा उत्कृष्ट खेलाडी अनिस पोमा,बढी गोल गर्ने निकेश दास र म्यान अफ द सिरिज आयुस चौधरीलाई पनि नगद,मेडल प्रमाणपत्र वितरण गरिएको हरैचा स्पोर्ट्स क्लबका सचिव घनश्याम रिमालले जानकारी दिए। भदौ २१ गतेदेखि सुरु भएको भएको प्रतियोगितामा ८ टिमले भाग लिएका थिए ।

दोश्रो पुरस्कारको प्रायोजक हरैंचा मोडेल इङ्गलिस स्कुलले गरेको थियो। प्रतियोगिताको समापन तथा पुरस्कार वितरण कार्यक्रममा विजयी टिम, खलाडीहरूलाई सुन्दरहरैचा -१ का अध्यक्ष राम बिश्वास खवास,हरैंचा मोडेल इङ्गलिस स्कुलका प्रिन्सिपल रुद्र थापा र आयोजक हरैचा स्पोर्ट्स क्लबका अध्यक्ष ओम प्रकाश मास्केले पुरस्कार वितरण गरेका थिए ।

आगामी दिनहरुमा पनि यस्ता खालका प्रतियोगताहरुलाई निरन्तरता दिने क्लबका अध्यक्ष मास्केले बताए।

ताजा समाचारहरु

oppo_16

शिवमाई माविमा विद्यार्थीका गुनासा सार्वजनिक : खानेपानी, खेलमैद...

  • जेष्ठ २२, २०८३ मा प्रकाशित
FB_IMG_1780569810975

रामकुमार थेगिमको शंकास्पद मृत्युबारे एमाले फाकफोकथुमको ध्यानाक...

  • जेष्ठ २१, २०८३ मा प्रकाशित
IMG-20260124-WA0000

आजको विदेशी मुद्रा विनिमय दर सार्वजनिक, डलरको बिक्रीदर १५३ रुप...

  • जेष्ठ २१, २०८३ मा प्रकाशित
IMG-20260202-WA0001

न्यून चापीय प्रणाली सक्रिय : देशभर वर्षा र मेघगर्जनको सम्भावना

  • जेष्ठ २१, २०८३ मा प्रकाशित
FB_IMG_1780538340936

इलाममा ‘सामी’ कार्यक्रमअन्तर्गत २१ हप्ते वित्तीय साक्षरता तथा ...

  • जेष्ठ २१, २०८३ मा प्रकाशित

प्रशंसा मिडिया प्रालिद्वारा संचालित रबिबजार न्युज डट कम कम्पनी दर्ता नं. ३३५६०७/८०/०८१ पान नं. : ६२११३०७८४ सूचना तथा प्रशारण विभाग दर्ता नं. : ४७७५-२०८१/२०८२ प्रेस काउन्सिल दर्ता नं. : ४७८२-२०८१/२०८२ बिज्ञापन बोर्ड सूचीकरण नं. ०५३२/२०८१/८२/०१ मुख्य कार्यालय: फाकफोकथुम गाउँपालिका- ४ जुरिथुम्की, इलाम सम्पर्क कार्यालय: इलाम बजार बिज्ञापनको लागि सम्पर्क : +९७७-९७६६५३२१२ इमेल: [email protected]

हाम्रो टिम

संचालक/प्रबन्धक: राजेन्द्र मगर सम्पादक: मोहनी काम्मु बजार प्रमुख : सूनिता मोक्तान

Rabibazarnews.com | 2024 All rights reserved.