Skip to content
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य

संविधान दिवसका अवसरमा ‘नेसनल डे कन्सर्ट’ हुने

  • Picture of रबिबजार न्युज रबिबजार न्युज
  • भदौ ३१, २०८१ मा प्रकाशित

काठमाडौँ/ संविधान दिवस तथा राष्ट्रिय दिवसका अवसरमा आगामी असोज ३ गते काठमाडौँको दरबारमार्गमा नेसनल डे कन्सर्ट आयोजना गरिने भएको छ । नेपालको लोकतान्त्रिक यात्रा, संविधान निर्माणमा भएको ऐतिहासिक बलिदानलाई सम्झँदै राष्ट्रिय एकता तथा सांस्कृतिक विविधतालाई प्रवद्र्धन गर्ने उद्देश्यका साथ नागरिकस्तरबाट कन्सर्ट आयोजना गर्न लागिएको हो ।

कन्सर्टका बारेमा जानकारी दिन आज यहाँ आयोजित पत्रकार सम्मेलनमा प्रधानमन्त्री कार्यालयका सचिव कृष्णहरि पुस्करले यस महत्वपूर्ण कन्सर्टको आयोजना नेपालको लोकतान्त्रिक यात्रा र संविधान निर्माणको ऐतिहासिक बलिदानलाई सम्झाउने अवसर भएको बताए ।

“यो कन्सर्टले देशभक्तिपूर्ण भावना जगाउनाका साथै हाम्रो सांस्कृतिक सम्पदा र राष्ट्रिय पहिचानलाई अन्तर्राष्ट्रियस्तरमा प्रवद्र्धन गर्नेछ । नागरिक सहभागिता बढाउँदै, सबैलाई राष्ट्रप्रति गर्व गर्ने अवसर प्रदान गर्न यसले सहयोग गर्नेछ,” सचिव पुस्करले भने ।

त्यस्तै, बृहत् नागरिक आयोजक समितिका संयोजक वृतान्त खनालले पत्रकार सम्मेलनमा कन्सर्टको उद्देश्य देशभक्ति भावना जगाउने बताउँदै यस अवसरमा सङ्घ, प्रदेश र स्थानीय सरकार, निजी क्षेत्र, सामुदायिक सङ्गठन, नागरिक समाज, कलाकार र सर्वसाधारणको सहयोगले कन्सर्टलाई सफल हुने धारणा व्यक्त गरे ।

सम्मेलनमा गायिका कुन्ती मोक्तानले कन्सर्टमा राष्ट्रिय भावनाले ओतप्रोत हुने गीतसङ्गीत प्रस्तुत हुने जानकारी गराउँदै यो कार्यक्रम कला, साहित्य र राष्ट्रियता उत्सवका साथ मनाउन महत्वपूर्ण अवसर भएको बताइन् ।

कार्यक्रममा कवि विपना अधिकारीले सङ्घर्षबाट प्राप्त संविधान दिवसलाई कला र साहित्यले झल्काउने प्रयास यो कन्सर्टले गर्ने धारणा राखिन् । त्यस्तै, नेपाल चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसीले राष्ट्रिय पहिचान र एकतालाई सुदृढ बनाउने उद्देश्यले कन्सर्ट आयोजना गरिएकामा खुसी व्यक्त गर्दै सबको सहभागिताका लागि आह्वान गरे । कन्सर्टमा कुटुम्ब, इलिमेन्ट्सलगायतका चर्चित ब्यान्डको साङ्गीतिक प्रस्तुति रहनेछ । रासस

ताजा समाचारहरु

oppo_16

शिवमाई माविमा विद्यार्थीका गुनासा सार्वजनिक : खानेपानी, खेलमैद...

  • जेष्ठ २२, २०८३ मा प्रकाशित
FB_IMG_1780569810975

रामकुमार थेगिमको शंकास्पद मृत्युबारे एमाले फाकफोकथुमको ध्यानाक...

  • जेष्ठ २१, २०८३ मा प्रकाशित
IMG-20260124-WA0000

आजको विदेशी मुद्रा विनिमय दर सार्वजनिक, डलरको बिक्रीदर १५३ रुप...

  • जेष्ठ २१, २०८३ मा प्रकाशित
IMG-20260202-WA0001

न्यून चापीय प्रणाली सक्रिय : देशभर वर्षा र मेघगर्जनको सम्भावना

  • जेष्ठ २१, २०८३ मा प्रकाशित
FB_IMG_1780538340936

इलाममा ‘सामी’ कार्यक्रमअन्तर्गत २१ हप्ते वित्तीय साक्षरता तथा ...

  • जेष्ठ २१, २०८३ मा प्रकाशित

प्रशंसा मिडिया प्रालिद्वारा संचालित रबिबजार न्युज डट कम कम्पनी दर्ता नं. ३३५६०७/८०/०८१ पान नं. : ६२११३०७८४ सूचना तथा प्रशारण विभाग दर्ता नं. : ४७७५-२०८१/२०८२ प्रेस काउन्सिल दर्ता नं. : ४७८२-२०८१/२०८२ बिज्ञापन बोर्ड सूचीकरण नं. ०५३२/२०८१/८२/०१ मुख्य कार्यालय: फाकफोकथुम गाउँपालिका- ४ जुरिथुम्की, इलाम सम्पर्क कार्यालय: इलाम बजार बिज्ञापनको लागि सम्पर्क : +९७७-९७६६५३२१२ इमेल: [email protected]

हाम्रो टिम

संचालक/प्रबन्धक: राजेन्द्र मगर सम्पादक: मोहनी काम्मु बजार प्रमुख : सूनिता मोक्तान

Rabibazarnews.com | 2024 All rights reserved.