Skip to content
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य

३ अर्ब लगानीमा नोवेलले गर्‍यो क्यान्सर सेवा विस्तार, रेडियोथेरापीको उपकरण भेरियन कम्पनीको ‘एज’ नेपालमै पहिलो

  • Picture of रबिबजार न्युज रबिबजार न्युज
  • अशोज ३, २०८१ मा प्रकाशित

विराटनगर : नोवेल मेडिकल कलेज शिक्षण अस्पतालले क्यान्सर रोगको उपचार सेवा विस्तार गरेको छ । मंगलबार एक कार्यक्रमकाबीच नवनिर्मित भवनमा नोवेलले रेडिएसन थेरापी सेवा सुरु गरेको हो ।

तीन अर्ब लगानीमा रेडिएसन थेरापीका लागि बंकरसहितको भवन, आवश्यक जमिन र अत्याधुनिक उपकरणहरूको व्यवस्था गरिएको अस्पतालमा अब दैनिक बहिरङ्ग अर्थात ओपीडी सेवा, डे केयर, भर्ना गरी उपचार गरिने अन्तरङ्ग सेवा, केमोथेरापी, रेडिएसन थेरापी, शल्यक्रिया लगायतका सम्पूर्ण सेवाहरु उपलव्ध हुने छन् ।

भेरिएन कम्पनीको एज नामक रेडिएसन थेरापीको अत्याधुनिक उपकरण, ब्राकीथेरापी, सिमेन्स कम्पनीको सोमाटोम गो सीम आरटीसीटी मेशिन लगायत अत्याधुनिक उपकरणहरुबाट रेडिएसन थेरापी सुरु भए पछि नोवेलले क्यान्सर सम्बन्धी सम्पूर्ण सेवाहरु उपलव्ध गराउन सक्षम भएको हो ।

रेडिएसन थेरापीको लागि जडान भएको एज नामक उपकरण नेपालमै पहिलो पटक जडान भएको नोवेलका अन्कोलोजिष्ट डा प्रदिप भण्डारीले जानकारी दिए । उनका अनुसार उक्त उपकरणमा रहेको सिक्स डी कोच, हाइपर आर्क, एचडीएमआईसी अत्याधुनिक प्रविधि हो । यसमा रहेको एसआरएस एसबीआरटीले शरीरभित्रको क्यान्सर शल्यक्रियाविना नै निर्मुल गर्ने गर्दछ ।

त्यस्तै, आईजीआरटी आईएमआरटी भीएमएटीले शरीरभित्रको सामान्य र स्वस्थ सेललाई हानी नगरी क्यान्सर सेललाई सेक्ने गर्दछ । यसले रेडिएसन थेरापीलाई थप प्रभावकारी र सटिक बनाउने उनले बताए । यससँगै ब्राकीथेरापी समेत जडान भएको छ ।
मंगलबार विश्वकर्मा पूजाको सन्दर्भमा संस्थाका अध्यक्ष लोकनाथ न्यौपानेले क्यान्सर भवनको उद्घाटन गरे ।

क्यान्सर उपचारलाई सहज बनाउन नोवेलले नेपाल सरकारको विपन्न नागरिक औषधि उपचार कोषअन्तर्गत क्यान्सर रोगको उपचार सेवा पनि प्रदान गर्न सुचीकृत भइसकेको अध्यक्ष न्यौपानेले जानकारी दिए ।

ताजा समाचारहरु

oppo_16

शिवमाई माविमा विद्यार्थीका गुनासा सार्वजनिक : खानेपानी, खेलमैद...

  • जेष्ठ २२, २०८३ मा प्रकाशित
FB_IMG_1780569810975

रामकुमार थेगिमको शंकास्पद मृत्युबारे एमाले फाकफोकथुमको ध्यानाक...

  • जेष्ठ २१, २०८३ मा प्रकाशित
IMG-20260124-WA0000

आजको विदेशी मुद्रा विनिमय दर सार्वजनिक, डलरको बिक्रीदर १५३ रुप...

  • जेष्ठ २१, २०८३ मा प्रकाशित
IMG-20260202-WA0001

न्यून चापीय प्रणाली सक्रिय : देशभर वर्षा र मेघगर्जनको सम्भावना

  • जेष्ठ २१, २०८३ मा प्रकाशित
FB_IMG_1780538340936

इलाममा ‘सामी’ कार्यक्रमअन्तर्गत २१ हप्ते वित्तीय साक्षरता तथा ...

  • जेष्ठ २१, २०८३ मा प्रकाशित

प्रशंसा मिडिया प्रालिद्वारा संचालित रबिबजार न्युज डट कम कम्पनी दर्ता नं. ३३५६०७/८०/०८१ पान नं. : ६२११३०७८४ सूचना तथा प्रशारण विभाग दर्ता नं. : ४७७५-२०८१/२०८२ प्रेस काउन्सिल दर्ता नं. : ४७८२-२०८१/२०८२ बिज्ञापन बोर्ड सूचीकरण नं. ०५३२/२०८१/८२/०१ मुख्य कार्यालय: फाकफोकथुम गाउँपालिका- ४ जुरिथुम्की, इलाम सम्पर्क कार्यालय: इलाम बजार बिज्ञापनको लागि सम्पर्क : +९७७-९७६६५३२१२ इमेल: [email protected]

हाम्रो टिम

संचालक/प्रबन्धक: राजेन्द्र मगर सम्पादक: मोहनी काम्मु बजार प्रमुख : सूनिता मोक्तान

Rabibazarnews.com | 2024 All rights reserved.