Skip to content
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य

अङ्ग्रेजी माध्यममा पढाइ हुँदा,विद्यार्थी बढेपछि, व्यवस्थापनमा चुनौती सामुदायिक विद्यालयलाई

  • Picture of रबिबजार न्युज रबिबजार न्युज
  • अशोज ४, २०८१ मा प्रकाशित

महोत्तरी/  जिल्ला  सदरमुकाम जलेश्वरभन्दा ६० किलोमिटर टाढाको एक सामुदायिक विद्यालयमा अङ्ग्रेजी माध्यममा पढाइ हुन थालेपछि सो विद्यालयमा विद्यार्थीको सङ्ख्या ह्वात्तै वृद्धि भएको छ ।

जिल्लाको गौशाला नगरपालिका–१० मरहाखोला पारिको दुर्गम बस्तीमा अवस्थित जनता माध्यमिक विद्यालय भरतपुरखोरमा विगत डेढ वर्षदेखि शिशु कक्षादेखि १२ सम्म अङ्ग्रेजी माध्यममा पढाइ हुन थालेपछि त्यस विद्यालयमा विद्यार्थी सङ्ख्या निकै वृद्धि भएको प्रधानाध्यापक विपिनकुमार जोशीले बताउनुभयो ।

प्रधानाध्यापक जोशीका अनुसार विद्यालयमा पहिला विद्यार्थी सङ्ख्या न्यून रहेको, नियमित नरहेको, विद्यालयमा अनुशासन नहुँदा विद्यार्थी विद्यालय चलिरहेकै समयमा कक्षा छाडेर भाग्ने तथा कतिपय विद्यार्थीले त कुलतमा फसेर विद्यालय परिसरमै अवाञ्छित क्रियाकलापसमेत गर्दै आएकामा अहिले उक्त विद्यालय यस क्षेत्रकै नमूनाका रूपमा विकास हुँदै गएको छ । विद्यालयमा अहिले एक हजार एक सय ६९ विद्यार्थी अध्ययनरत छन् भने थप विद्यार्थीलाई भर्नामा रोक लगाइएको छ ।

कक्षाकोठा तथा अन्य भौतिक संरचना र शिक्षकको अभावका बीच अङ्ग्रेजी माध्यममा पढाइ सुरु गरिएपछि गाउँटोलमा रहेका निजी विद्यालयमा पठनपाठन गरिरहेका बालबालिका जनता मावि आउन थालेका छन् ।

निजी विद्यालयमा भर्ना भएका बालबालिका यस विद्यालयमा आउन थालेकाले विद्यार्थीको चाप निकै बढी भएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष योगनारायण महतोले बताउनुभयो । उहाँका अनुसार कक्षाकोठाको क्षमताभन्दा बढी विद्यार्थी भर्ना हुन आएपछि थप भर्ना बन्द गर्नुपरेको छ ।

उक्त विद्यालयमा अङ्ग्रेजी माध्यममा पढाइ सुरु गर्दा निकै कठिनाइ भए पनि अहिले विद्यार्थी तथा शिक्षक सबैका लागि नयाँ दैनिक शैक्षिक कार्यतालिका लागू गरिएकाले विद्यार्थी तथा शिक्षक अनुशासित भएर आ–आफ्ना जिम्मेवारी पूरा गर्न निर्देश गरिएको व्यवस्थापन समितिका अध्यक्ष महतोले बताउनुभयो ।

विद्यालयमा १७ जना शिक्षकको मात्रै दरबन्दी भए पनि विद्यार्थीको चाप बढेपछि र अङ्ग्रेजी माध्यममा कक्षा सञ्चालन गर्न निजी स्रोतबाट अहिले थप नौ जना शिक्षक बहाली गरी जम्मा २६ जना शिक्षकबाट पठनपाठन सञ्चालन गरिएको महतोले बताउनुभयो ।

अङ्ग्रेजी माध्यममा पढाइ सुरु भएपछि निजी स्रोतका शिक्षकको पारिश्रमिक, कक्षाकोठा र नियमित पठनपाठनको व्यवस्थापन गर्न कठिनाइ भएको थियो । तर, विद्यालयमा कार्यरत शिक्षकले आफ्नो काम, कर्तव्यप्रतिको समर्पण, व्यवस्थापन समितिको सक्रियता र अभिभावकको सहयोगमा यो विद्यालय अहिले पूर्ण रुपमा व्यवस्थितका साथ अगाडि बढिरहेको छ । विद्यार्थीको बढ्दो चापकै कारण अहिले बिहान ६ देखि बेलुका ६ बजेसम्म कक्षा सञ्चालन गर्नुपरेको व्यवस्थापन समितिका अध्यक्ष महतोले बताउनुभयो । आफ्नो गाउँबस्तीमा अङ्ग्रेजी माध्यमबाट पठनपाठन हुँदा विद्यार्थी पनि खुसी छन् ।

विद्यालयको आयस्रोत केही नरहेकाले अङ्ग्रेजी माध्यमको पठनपाठन, भौतिक संरचना अभाव र नियमित गुणस्तरीय शिक्षाका लागि निजी स्रोतका शिक्षकलाई तलब सुविधाबापत दिनुपर्ने दायित्व बढेको बताउँदै व्यवस्थापन समितिका अध्यक्ष महतोले विद्यालयलाई आवश्यक सहयोग गरिदिन सम्बन्धित सबै सरोकारवालासँग आग्रह गर्नुभएको छ । रासस

ताजा समाचारहरु

Messenger_creation_7A58E329-8ACC-4BF2-83DB-A3C2197CD0A8

त्रिवेणी युवा विकास संस्थालाई अम्बर लिम्बूद्वारा १६ हजार रुपैय...

  • अशोज ३०, २०८३ मा प्रकाशित
IMG-20260715-WA0000

आजको विदेशी मुद्रा विनिमयदर सार्वजनिक, कुन मुद्राको भाउ कति

  • अशोज २९, २०८३ मा प्रकाशित
IMG-20260513-WA0000

धरानमा लागूऔषधका ४०६ मुद्दा, नियन्त्रणमा चुनौती

  • अशोज २९, २०८३ मा प्रकाशित
FB_IMG_1784597102093

मनसुन बाहिरिए पनि वर्षाको सम्भावना कायमै, यी प्रदेशमा चट्याङसह...

  • अशोज २९, २०८३ मा प्रकाशित
FB_IMG_1791736900552

इलाममा ‘युक्पुङ’को विशेष प्रदर्शन सम्पन्न, दर्शकबाट अर्को शृङ्...

  • अशोज २५, २०८३ मा प्रकाशित

प्रशंसा मिडिया प्रालिद्वारा संचालित रबिबजार न्युज डट कम कम्पनी दर्ता नं. ३३५६०७/८०/०८१ पान नं. : ६२११३०७८४ सूचना तथा प्रशारण विभाग दर्ता नं. : ४७७५-२०८१/२०८२ प्रेस काउन्सिल दर्ता नं. : ४७८२-२०८१/२०८२ बिज्ञापन बोर्ड सूचीकरण नं. ०५३२/२०८१/८२/०१ मुख्य कार्यालय: फाकफोकथुम गाउँपालिका- ४ जुरिथुम्की, इलाम सम्पर्क कार्यालय: इलाम बजार बिज्ञापनको लागि सम्पर्क : +९७७-९७६६५३२१२ इमेल: [email protected]

हाम्रो टिम

संचालक/प्रबन्धक: राजेन्द्र मगर सम्पादक: मोहनी काम्मु बजार प्रमुख : सूनिता मोक्तान

Rabibazarnews.com | 2026 All rights reserved