Skip to content
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य

साताैँ बेलबारी आरजु राईस अन्तर्राष्ट्रिय आमन्त्रण गोल्डकप प्रतियोगिता २०८१ हुने

  • Picture of रबिबजार न्युज रबिबजार न्युज
  • अशोज ६, २०८१ मा प्रकाशित

योगेन्द्र योगी
बिराटनगर : मोरङमा साताैँ बेलबारी आरजु राईस अन्तर्राष्ट्रिय आमन्त्रण गोल्डकप २०८१ हुने भएको छ । बेलबारी नगरपालिका ११ लक्ष्मीमार्ग स्थित स्थानीय प्रस्तावित रंगशाला लक्ष्मी खेल मैदानमा सातौ बेलबारी आरजु राईस अन्तराष्ट्रिय आमन्त्रण गोल्डकप २०८१ असोज ११ गतेदेखी १९ गते सम्म सञ्चालन हुने भएको छ।

प्रतियोगिता वडा नम्बर ११ को लक्ष्मी खेल मैदानमा आयोजना हुनेछ। यस वर्षको प्रतियोगिताका लागि नयाँ ट्रफी निर्माण गरिएको छ। स्थानीय पोपीराज र ज्योतिराज राईले आफ्नो स्वर्गीय बुबा मज एन बी रुङ्माहाङ राईको स्मृतिमा ८ लाख रुपैयाँको लागतमा सुन र चाँदीबाट ट्रफी बनाएको ज्योतिराज राईले जानकारी दिए ।

ट्रफि दुई तोला सुन र २ किलो ५ सय ग्राम चाँदि बाट निर्माण गरिएको हो । साे ट्रफि क्लबलाई हस्तान्तरण गरिएकाे छ । उक्त रनिङ कप ट्रफि लगातार तिन पटकको विजेता टोलीले प्राप्त गर्नेछ ।

साे ट्रफि क्लबलाई हस्तान्तरण गरिएकाे छ । प्रथम संस्करण देखी छैठौं संस्करण सम्म डाँगिहाट युथ क्लब आयोजकको नाम रहदै आएकोमा यस पटकभने आयोजक क्लवको नाम परिवर्तन भई एल एक्स सिटि फुटबल क्लव) भएको क्लवका अध्यक्ष बिक्रम राईले जानकारी दिए ।

छैटौ संस्करणमा ८ टोलीले प्रतिष्पर्धा गरेकोमा यसपटकको प्रतियोगितामा नेपालका आयोजक एल एक्स सिटि फुटबल क्लव सहित साविक विजेता ब्रिगेड व्वाईज क्लब काठमाण्डौं, नेपाल पुलिस क्लव काठमाण्डौ, चित्लाङ फुटवल क्लव काठमाण्डौं रहने छ ।

यसैगरी, बुटवल लुम्बिनी फुटवल क्लव बुटवल, झापा ११ फुटवल क्लव झापा, सलहेश युवा क्लव सिरहा, भोजपुर जिल्ला फुटवल संघ भोजपुर, रारा फुटवल क्लव राजारानी धनकुटा र भारतको दलसिंहपारा स्पोर्टस एकेडेमी जयगाँउ वेस्ट वेंगाल गरी १० टिमको सहभागीता रहनेछ ।

प्रथम पुरस्कार नगद ८ लाखसहित ट्रफी, मेडल र प्रमाण पत्र प्राप्त गर्ने छन् भने दोश्रो पुरस्कार नगद ४ लाखसहित ट्रफी, मेडल र प्रमाण पत्र प्राप्त गर्नेछ ।

म्यान अफ दि म्याच ५ हजार दरले दिइने छ भने विधागत पुरस्कारहरु सर्वोत्कार खेलाडी, सर्वोत्कृष्ट गोल रक्षक, सर्वोत्कृष्ट रिडरने जेष्ट मिड फिल्डर, सर्वोत्कृष्ट गोलकतो उदयीमान खेलाडि र सर्वोत्कृष्ट प्रशिक्षकलाई पनि पुरस्कारको व्यस्था गर्ने आयोजकले जनाएको छ ।

उक्त खेलकुद प्रतियोगितालाई आश्रय सुधार केन्द्रका कार्यक्रम संयोजक सेवक खत्रीले दस हजार पीस टिकट सहयोग गरेका छन् । विगतका संस्करणहरुमा पनि आर्थिक सहयोग गर्दै आएको कार्यक्रम संयोजक खत्रीले बताए ।

ताजा समाचारहरु

Messenger_creation_7A58E329-8ACC-4BF2-83DB-A3C2197CD0A8

त्रिवेणी युवा विकास संस्थालाई अम्बर लिम्बूद्वारा १६ हजार रुपैय...

  • अशोज ३०, २०८३ मा प्रकाशित
IMG-20260715-WA0000

आजको विदेशी मुद्रा विनिमयदर सार्वजनिक, कुन मुद्राको भाउ कति

  • अशोज २९, २०८३ मा प्रकाशित
IMG-20260513-WA0000

धरानमा लागूऔषधका ४०६ मुद्दा, नियन्त्रणमा चुनौती

  • अशोज २९, २०८३ मा प्रकाशित
FB_IMG_1784597102093

मनसुन बाहिरिए पनि वर्षाको सम्भावना कायमै, यी प्रदेशमा चट्याङसह...

  • अशोज २९, २०८३ मा प्रकाशित
FB_IMG_1791736900552

इलाममा ‘युक्पुङ’को विशेष प्रदर्शन सम्पन्न, दर्शकबाट अर्को शृङ्...

  • अशोज २५, २०८३ मा प्रकाशित

प्रशंसा मिडिया प्रालिद्वारा संचालित रबिबजार न्युज डट कम कम्पनी दर्ता नं. ३३५६०७/८०/०८१ पान नं. : ६२११३०७८४ सूचना तथा प्रशारण विभाग दर्ता नं. : ४७७५-२०८१/२०८२ प्रेस काउन्सिल दर्ता नं. : ४७८२-२०८१/२०८२ बिज्ञापन बोर्ड सूचीकरण नं. ०५३२/२०८१/८२/०१ मुख्य कार्यालय: फाकफोकथुम गाउँपालिका- ४ जुरिथुम्की, इलाम सम्पर्क कार्यालय: इलाम बजार बिज्ञापनको लागि सम्पर्क : +९७७-९७६६५३२१२ इमेल: [email protected]

हाम्रो टिम

संचालक/प्रबन्धक: राजेन्द्र मगर सम्पादक: मोहनी काम्मु बजार प्रमुख : सूनिता मोक्तान

Rabibazarnews.com | 2026 All rights reserved