Skip to content
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य

पुर्वाञ्चल पब्लिक स्कुलको एकेडेमिक हेडमा राई नियुक्त

  • Picture of रबिबजार न्युज रबिबजार न्युज
  • अशोज ११, २०८१ मा प्रकाशित

बिराटनगर : मोरङको सुन्दरहरैंचा -५ मा रहेको पूर्वाञ्चल पब्लिक स्कुलको एकेडेमिक हेडमा अमृत राईलाई नियुक्त गरिएको छ। सोही स्कुलमा अध्यापन गराउने अंग्रेजी तथा सामाजिक शिक्षक समेत रहेका राईलाई स्कुलको एकेडेमिक हेडमा नियुक्त गरिएको प्रिन्सिपल सन्तोष कुमार राईले जानकारी दिए ।

नव नियुक्त एकेडेमिक हेड राईले अब यस स्कुलको शैक्षिक गुणस्तर कार्यक्रममा प्रत्यक्ष सहभागी भएर समग्र स्कुलको उन्नयनको लागि काम गर्ने बिश्वास लिएको प्रिन्सिपल राईले बताए। स्कुल परिवारले पनि एकेडेमिक हेड ठूलो आशा र अपेक्षा राखेको उनले बताए।

नव नियुक्त राईले पनि स्कुलले आफूलाई एउटा महत्वपूर्ण जिम्मेवारी दिएको भन्दै अहिले भइरहेको पढाईको लेवललाई अझै राम्रो गर्न ढंगले माथि पुर्याउन आफूले भूमिका निर्वाह गर्ने बताए। विद्यार्थीहरुको क्षमतालाई उजागर गर्दै थप उचाईमा पुर्याउने प्रतिबद्धता जनाएका छन्।

भाषा देखि विद्यार्थीहरुको अनुशासन र आत्मा निर्वरसम्मको कुरालाई गहन रुपमा अध्ययन गरेर थप अगाडी बढाईने बताए। स्कुलका अध्यक्ष मोहन प्रसाद ढकालले पनि शैक्षिक गुणस्तर वृद्धि विकासका निमित्त शिक्षक मेरुदण्डका रुपमा रहेकाले उनको कार्यकालमा थप सुधारको अपेक्षा राख्दै बधाई तथा शुभकामना दिएका थिए।

मानव विकासको आधारशीला शिक्षा हो भन्ने कुरामा कसैको दुईमत छैन । शिक्षाले जङ्गल र गुफामा बस्ने मानव समुदायलाई वर्तमान समयको विकसित मानव समूहमा विकसित गराएको अध्यक्ष ढकालको तर्क थियो। संख्यात्मकभन्दा गुणस्तरीय शिक्षा दिने लक्ष्यका साथ २०६५ सालमा स्थापित भएको थियो पुर्वाञ्चल पब्लिक स्कुल ।

सर्वोत्कृष्ट नतिजासहित संस्कारयुक्त शिक्षा प्रदान गर्ने स्कुलको मुख्य प्रतिबद्धता रहेको जनाएको छ । पुर्वाञ्चल पब्लिकले सुन्दरहरैंचा एक उत्कृष्ट स्कुलको रूपमा आफूलाई उभ्याएको छ । आफ्नै अत्याधुनिक भौतिक संरचनामा निर्माण गरिएको सो स्कुल सुन्दर र शान्त वातावरणमा अवस्थित रहेको छ।

ताजा समाचारहरु

Messenger_creation_7A58E329-8ACC-4BF2-83DB-A3C2197CD0A8

त्रिवेणी युवा विकास संस्थालाई अम्बर लिम्बूद्वारा १६ हजार रुपैय...

  • अशोज ३०, २०८३ मा प्रकाशित
IMG-20260715-WA0000

आजको विदेशी मुद्रा विनिमयदर सार्वजनिक, कुन मुद्राको भाउ कति

  • अशोज २९, २०८३ मा प्रकाशित
IMG-20260513-WA0000

धरानमा लागूऔषधका ४०६ मुद्दा, नियन्त्रणमा चुनौती

  • अशोज २९, २०८३ मा प्रकाशित
FB_IMG_1784597102093

मनसुन बाहिरिए पनि वर्षाको सम्भावना कायमै, यी प्रदेशमा चट्याङसह...

  • अशोज २९, २०८३ मा प्रकाशित
FB_IMG_1791736900552

इलाममा ‘युक्पुङ’को विशेष प्रदर्शन सम्पन्न, दर्शकबाट अर्को शृङ्...

  • अशोज २५, २०८३ मा प्रकाशित

प्रशंसा मिडिया प्रालिद्वारा संचालित रबिबजार न्युज डट कम कम्पनी दर्ता नं. ३३५६०७/८०/०८१ पान नं. : ६२११३०७८४ सूचना तथा प्रशारण विभाग दर्ता नं. : ४७७५-२०८१/२०८२ प्रेस काउन्सिल दर्ता नं. : ४७८२-२०८१/२०८२ बिज्ञापन बोर्ड सूचीकरण नं. ०५३२/२०८१/८२/०१ मुख्य कार्यालय: फाकफोकथुम गाउँपालिका- ४ जुरिथुम्की, इलाम सम्पर्क कार्यालय: इलाम बजार बिज्ञापनको लागि सम्पर्क : +९७७-९७६६५३२१२ इमेल: [email protected]

हाम्रो टिम

संचालक/प्रबन्धक: राजेन्द्र मगर सम्पादक: मोहनी काम्मु बजार प्रमुख : सूनिता मोक्तान

Rabibazarnews.com | 2026 All rights reserved