Skip to content
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य

बाढीले स्कुल डुबायो, पुस्तक बगायो पढ्ने कसरी ?

  • Picture of रबिबजार न्युज रबिबजार न्युज
  • अशोज १८, २०८१ मा प्रकाशित

बरहथवा-सर्लाही/  गत शनिबार अविरल वर्षापछि गएको बाढीले सर्लाहीको रामनगर गाउँपालिका–२ ध्रुवा टोलका नौ वर्षीय रामकुमार महतोलाई चिन्तामा पारेको छ ।

पढाइमा निकै मेहनती महतोले बाढीले घरमा भएका सबै पुस्तक बगाएको गुनासो गरे । आफू पढ्ने गरेको श्री प्राथमिक विद्यालय डुबाएपछि उनी थप चिन्तामा छन् । “स्कुलले दिएको पुस्तक नयाँ नै थियो, बाढीले बगाएर लग्यो । अब फेरि स्कुलले दिने हो कि होइन ?”, उनलाई चिन्ता छ ।

विपन्न परिवारका महतोलाई किताब किनेर दिन सक्ने अवस्थामा परिवार छैनन् । बाढी र डुबानले घरमा पनि पूर्ण क्षति पुर्‍याएको छ । रामकुमारसँगै अध्ययन गर्ने साथी वीरेन्द्र पनि विद्यालयको कपी किताब बगाएको गुनासो गर्न आइपुगे । “मेरो त स्कुलको पोशाकसमेत बाढीले लगेछ”, उनले भने, “अब स्कुल कसरी जाने ? बुबाआमासँग किन्न पैसा नभएको उनको गुनासो थियो ।”

शनिबार पसेको बाढीले उनीहरू जस्तै हजारौँ बालबालिकाको शैक्षिक भविष्य अन्योलमा परेको छ । अधिकांश विपन्न परिवारका बालबालिकाको विद्यालयका पुस्तक, पोशाकलगायत सामग्री बाढीमा डुबेको छभने केहीको बाढीले बगाएको छ । विद्यालय पानीमा डुबेका कारण कहिलेसम्म स्कुल जान नपाइने हो ? भन्ने चिन्ता बालबालिकाले व्यक्त गरिरहेका छन् ।

बाल कक्षामा धेरै क्षति

जिल्लाको रामनगर गाउँपालिका र बलरा नगरपालिकामा गरी दुई दर्जन बढी विद्यालयमा पानी पसेर क्षति गरेको छ ।

अधिकांश विद्यालयमा बाल विकास कक्षामा पानी पसेर क्षति गरेको बलरा नगरपालिकाका प्रमुख रामाशङ्करप्रसाद कुशवाहाले जानकारी दिनुभयो । “बालबालिकाको सुविधाका लागि ठूलो रकम खर्च गरेर ओच्छाएको कार्पेट, म्याटलगायत सामान पूर्ण रूपमा काम नलाग्ने भएका छन्”, उहाँले भन्नुभयो, “सिकाइ सामग्रीसमेत बगाएका छन्, बाँकी पनि काम लाग्ने अवस्थामा छैनन् ।”

नगरको वडा नं १, २, ३ र ४ का प्राथमिक विद्यालयमा चारदेखि पाँच फिटसम्म पानी जमेको नगरप्रमुखकुशवाहाले जानकारी दिनुभयो । विद्यालयमा पानी जमेका कारण बालबालिकाको पठनपाठन नै प्रभावित बनेको बलरा नगरपालिका–१ स्थित प्राथमिक विद्यालय सेडवाका प्रधानाध्यापक जङ्गबहादुर सहनीले बताउनुभयो । “अहिले चाडबाडको छुट्टी छ, तर महिनौँसम्म पठनपाठन हुने अवस्था छैन”, उहाँले भन्नुभयो ।

विद्यालयसम्म पुग्न सकिने अवस्था नरहेको स्थानीय विनय यादवले बताउनुभयो । विद्यालय डुबानमा पर्दा विपन्न दलित, मुसहरलगायत समुदायका बालबालिका मर्कामा परेका हुन् । शैक्षिक सामग्रीसमेत बगाएका कारण बालबालिकासँगै अभिभावक समेत चिन्ता व्यक्त गरिरहेका नगरप्रमुख कुशवाहाले बताउनुभयो ।

पालिकाले समेत क्षति विवरण सङ्कलन गरेर व्यवस्थापन गर्ने प्रयास गरिरहेको उहाँले जानकारी दिनुभयो । सरकारी तथा गैरसरकारी सङ्घसंस्थासँग यस विषयमा सहयोगका लागि अपिल गरिएको उहाँले बताउनुभयो । नगरप्रमुख कुशवाहका अनुसार विभिन्न वडाका गरी १८ वटा विद्यालय डुबानमा परेका छन् । सबै विद्यालयमा फेरि बालबालिकाका लागि बसाइ व्यवस्थापन गर्नुपर्ने अवस्था छ ।

यस्तै रामनगर गाउँपालिकामा पनि विभिन्न वडामा गरी नौवटा विद्यालयमा बाढी पसेर डुबाएको छ । विद्यालय पूर्ण रूपमा क्षति नभए पनि आंशिक क्षति पुगेको पालिका अध्यक्ष राजाबाबु यादवले बताउनुभयो ।

विद्यालयसम्म पुग्ने अवस्था नहुँदा तत्काललाई पर्व बिदा दिइएको उहाँको भनाइ थियो । “अहिले पठनपाठन गर्न सक्ने अवस्था छैन”, उहाँले भन्नुभयो, “पर्व पनि परेकाले बिदा दिएका छौँ, अब पानी सुकेपछि पठनपाठन सुरु हुन्छ ।”

बाढीले शैक्षिक सामग्री बगाएको र लामो समय विद्यालय जाने क्रम रोकिँदा बालबालिका फेरि विद्यालय बाहिर पुग्ने चिन्ता रहेको उहाँको भनाइ थियो । अर्कातर्फ विद्यालयको अवस्था पूर्ववत बनाउन ठूलो धनराशि खर्च गर्नुपर्ने अध्यक्ष यादवले बताउनुभयो ।

बल्लतल्ल विद्यालय आउन बानी परेका उनीहरू फेरि नआउने हुन् कि ? भन्ने चिन्ता विद्यालयका शिक्षकशिक्षिकाले समेत व्यक्त गर्नुभयो । बाढी तथा डुबानका कारण जिल्लामा ठूलो क्षति पुगेको हुनसक्ने शिक्षा विकास तथा समन्वय एकाइ सर्लाहीका प्राविधिक सहायक सुनिल कुशवाहाले जानकारी दिनुभयो । पालिकाहरूसँग क्षति विवरणका लागि ताकेता गरिरहेको उहाँले बताउनुभयो । रासस

ताजा समाचारहरु

oppo_16

शिवमाई माविमा विद्यार्थीका गुनासा सार्वजनिक : खानेपानी, खेलमैद...

  • जेष्ठ २२, २०८३ मा प्रकाशित
FB_IMG_1780569810975

रामकुमार थेगिमको शंकास्पद मृत्युबारे एमाले फाकफोकथुमको ध्यानाक...

  • जेष्ठ २१, २०८३ मा प्रकाशित
IMG-20260124-WA0000

आजको विदेशी मुद्रा विनिमय दर सार्वजनिक, डलरको बिक्रीदर १५३ रुप...

  • जेष्ठ २१, २०८३ मा प्रकाशित
IMG-20260202-WA0001

न्यून चापीय प्रणाली सक्रिय : देशभर वर्षा र मेघगर्जनको सम्भावना

  • जेष्ठ २१, २०८३ मा प्रकाशित
FB_IMG_1780538340936

इलाममा ‘सामी’ कार्यक्रमअन्तर्गत २१ हप्ते वित्तीय साक्षरता तथा ...

  • जेष्ठ २१, २०८३ मा प्रकाशित

प्रशंसा मिडिया प्रालिद्वारा संचालित रबिबजार न्युज डट कम कम्पनी दर्ता नं. ३३५६०७/८०/०८१ पान नं. : ६२११३०७८४ सूचना तथा प्रशारण विभाग दर्ता नं. : ४७७५-२०८१/२०८२ प्रेस काउन्सिल दर्ता नं. : ४७८२-२०८१/२०८२ बिज्ञापन बोर्ड सूचीकरण नं. ०५३२/२०८१/८२/०१ मुख्य कार्यालय: फाकफोकथुम गाउँपालिका- ४ जुरिथुम्की, इलाम सम्पर्क कार्यालय: इलाम बजार बिज्ञापनको लागि सम्पर्क : +९७७-९७६६५३२१२ इमेल: [email protected]

हाम्रो टिम

संचालक/प्रबन्धक: राजेन्द्र मगर सम्पादक: मोहनी काम्मु बजार प्रमुख : सूनिता मोक्तान

Rabibazarnews.com | 2024 All rights reserved.