Skip to content
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य

महिला, दसैँमा एक हजारभन्दा बढी खसीबोका बिक्री बाख्रापालनबाट आत्मनिर्भर बन्दै

  • Picture of रबिबजार न्युज रबिबजार न्युज
  • कार्तिक १, २०८१ मा प्रकाशित

राँझा-बाँके / जिल्लाका किसान महिला बाख्रापालनबाट आत्मनिर्भर बन्दै गएका छन् । उनीहरूले यो वर्षको दसैँमा एक हजार सात सय ८६ खसीबोका बिक्री गरेका छन् ।

जिल्लास्थित १४ सामाजिक उद्यमी महिला सहकारी संस्थामार्फत खसीबोका बिक्री गरेर किसान महिलाले रु तीन करोड बढी आम्दानी गरेको राप्तीसोनारी गाउँपालिीका–६ टेपरीस्थित नयाँ सिर्जनशील सामाजिक उद्यमी महिला सहकारी संस्थाकी प्रबन्धक दिब्या गुरुङले जानकारी दिनुभयो ।

“दिदीबहिनीले हुर्काएका खसीबोका बिक्रीको लागि सहकारीमा तौल गराउनुहुन्छ, हामीले बिक्री गर्ने गरेका छाँै”, व्यवस्थापक गुरुङले भन्नुभयो,“यो वर्षको दसैँमा खसीबोका बिक्री अपेक्षा गरेभन्दा बढी भएको छ, अब तिहारमा पनि सोही गतिमा बिक्री गर्ने हुने ठानेका छौँ ।” राप्तीसोनारीस्थित नयाँ सिर्जनशील सामाजिक उद्यमी महिला सहकारी संस्थामार्फत रु ३३ लाख दुई हजार दुई सय १० बराबरका दुई सय २२ खसीबोका बिक्री भएका छन् ।

यसैगरी दसैँमा दीपलगन सामाजिक उद्यमी महिला सहकारी संस्थामार्फत एक सय ९३, रोशनी सामाजिक उद्यमी महिला सहकारी संस्थामार्फत एक सय ९६ परिवर्तन सामाजिक उद्यमी महिला सहकारी संस्थामार्फत एक सय ३० खसीबोका बिक्री भएका छन् । दसैँमा सबैभन्दा बढी राप्तीसोनारी–२ खोरीयास्थित जननी सामाजिक उद्यमी महिला सहकारी संस्थाले कारोबार गरेको छ । जननीले दुई सय ८१ खसीबोका बिक्री गरेको प्रबन्धक गणेश खत्रीले जानकारी दिनुभयो ।

प्रबन्धक खत्रीका अनुसार यो दसैँमा बैजापुर सामाजिक उद्यमी महिला सहकारी संस्थामार्फत ५७, अप्सरा सामाजिक उद्यमी महिला सहकारी संस्थामार्फत ६९, कुसुम सामाजिक उद्यमी महिला सहकारी संस्थामार्फत ९८, सुनकोशी सामाजिक उद्यमी महिला सहकारी संस्थामार्फत ९६ र सङ्गीनी सामाजिक उद्यमी महिला सहकारी संस्थामार्फत ९२ खसीबोका बिक्री भएका छन् ।

यसैगरी राप्तीसोनारी–९ ढकेरीस्थित सङ्घर्षशील सामाजिक उद्यमी महिला सहकारी संस्थामार्फत एक सय ९५, उपहार सामाजिक उद्यमी महिला सहकारी संस्थामार्फत ४०, सशक्तिकरण सामाजिक उद्यमी महिला सहकारी संस्थामार्फत ७० र बैजनाथ सामाजिक उद्यमी महिला सहकारी संस्थामार्फत ४७खसीबोका बिक्री भएका हुन् । राप्तीसोनारी गाउँपालिका–६ फत्तेपुरका किसान महिलाले यो वर्षको दसैँलाई लक्षित गरेर दुई सय ५० खसीबोका बिक्रीका लागि तयार गरेकोमा दुई सय २२ खसीबोका बिक्री भइसकेका छन् ।

विगतमा बाँकेका महिलाले उत्पादन गरेका खसीबोका सामाजिक उद्यमी जिल्ला सहकारी सङ्घ बाँकेमार्फत काठमाडौँलगायत बाहिरी जिल्लामा बिक्री वितरण हुँदै आए पनि अहिले सामाजिक उद्यमी महिला सहकारी संस्थामार्फत किसान महिलाका खसीबोका बिक्री हुँदै आएका छन् । व्यावसायिक रुपमा बाख्रापालन गरिरहेका महिलाले तौलेर खसी बिक्री गर्दै आएका छन् । महिलाले व्यावसायिक रुपमाबाख्रापालन गर्न थालेपछि बाँकेमा खसीबोका उत्पादनमा वृद्धि भएको नयाँ सिर्जनशील सामाजिक उद्यमी महिला सहकारी संस्थाकी व्यवस्थापक दिब्या गुरुङको भनाइ छ । पहिले फाट्टफुट्ट खसीबोका बिक्री गर्ने महिला अहिले थोकमा बिक्री गर्न थालेका छन् ।

गाउँमा महिला समूहमा आवद्ध महिलाले घरमा उत्पादन गरेका खसीको बजार व्यवस्थापनको काम महिला उद्यमी सहकारीले गर्न थालेपछि बजार र ठगिने झण्झटबाट दिदीबहिनी मुक्त भएको गुरुङले बताउनुभयो । अन्य समयमाभन्दा दसैँ तिहारको समयमा खसीबोकाको माग बढी हुने र यही समयमानै बढी बिक्री हुने गरेको गुरुङले बताउनुभयो । हाल सहकारी आबद्ध किसानसँग रु पाँच सय २५ प्रतिकिलोका दरले खसीबोका खरिद गर्ने र रु१० देखि १५ प्रतिकिलो बढाएर व्यापारीलाई बिक्री गर्ने गरेको उहाँले जानकारी दिनुभयो । सहकारीमार्फत गठन गरिएका ५९ समूहमा एक हजार किसान महिला सदस्य रहेका छन् । तीमध्ये हाल करिब छ सय किसान महिलाले व्यवसायीका बाख्रापालन गर्दै आएका छन् । सहकारीबाट खसीबोका तथा बाख्रापालनका लागि ऋण पनि उपलब्ध गराउँदै आएको छ ।

राप्ती सोनारीमा वन क्षेत्र बढी भएका कारण यहाँका किसान व्यावसायिक बाख्रापालनतर्फ आकर्षित भएका हुन् । बाँकेका बाख्रापालक किसान महिलाले हुर्काएका खसीबोकाको बजारीकरणमा हेफर इन्टरनेशनललगायत सङ्घ संस्थाले सहयोग गर्दै आएका कारण बाख्रापालनबाट किसान महिला आत्मनिर्भरतर्फ उन्मुख भएका राप्तीसोनारी गाउँपालिका–७ का वडाध्यक्ष रामलखन चौधरीले बताउनुभयो । रासस

ताजा समाचारहरु

oppo_16

शिवमाई माविमा विद्यार्थीका गुनासा सार्वजनिक : खानेपानी, खेलमैद...

  • जेष्ठ २२, २०८३ मा प्रकाशित
FB_IMG_1780569810975

रामकुमार थेगिमको शंकास्पद मृत्युबारे एमाले फाकफोकथुमको ध्यानाक...

  • जेष्ठ २१, २०८३ मा प्रकाशित
IMG-20260124-WA0000

आजको विदेशी मुद्रा विनिमय दर सार्वजनिक, डलरको बिक्रीदर १५३ रुप...

  • जेष्ठ २१, २०८३ मा प्रकाशित
IMG-20260202-WA0001

न्यून चापीय प्रणाली सक्रिय : देशभर वर्षा र मेघगर्जनको सम्भावना

  • जेष्ठ २१, २०८३ मा प्रकाशित
FB_IMG_1780538340936

इलाममा ‘सामी’ कार्यक्रमअन्तर्गत २१ हप्ते वित्तीय साक्षरता तथा ...

  • जेष्ठ २१, २०८३ मा प्रकाशित

प्रशंसा मिडिया प्रालिद्वारा संचालित रबिबजार न्युज डट कम कम्पनी दर्ता नं. ३३५६०७/८०/०८१ पान नं. : ६२११३०७८४ सूचना तथा प्रशारण विभाग दर्ता नं. : ४७७५-२०८१/२०८२ प्रेस काउन्सिल दर्ता नं. : ४७८२-२०८१/२०८२ बिज्ञापन बोर्ड सूचीकरण नं. ०५३२/२०८१/८२/०१ मुख्य कार्यालय: फाकफोकथुम गाउँपालिका- ४ जुरिथुम्की, इलाम सम्पर्क कार्यालय: इलाम बजार बिज्ञापनको लागि सम्पर्क : +९७७-९७६६५३२१२ इमेल: [email protected]

हाम्रो टिम

संचालक/प्रबन्धक: राजेन्द्र मगर सम्पादक: मोहनी काम्मु बजार प्रमुख : सूनिता मोक्तान

Rabibazarnews.com | 2024 All rights reserved.