Skip to content
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य

नेपाल विद्युत् प्राधिकरणलाई १० अर्ब ऋण लिन स्वीकृति

  • Picture of रबिबजार न्युज रबिबजार न्युज
  • असार २०, २०८२ मा प्रकाशित

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणलाई १० अर्ब ऋण लिन सरकारले स्वीकृति दिएको छ । अर्थ मन्त्रालयले अल्पकालीन ऋण लिने प्राधिकरणको प्रस्ताव स्वीकृत गरेको हो । स्वीकृतिपछि प्रस्ताव ऊर्जा मन्त्रालयमा पुगेको छ । प्रतिस्पर्धाको आधारमा ऋण लिन अर्थले स्वीकृति दिएको हो ।

अर्थ मन्त्रालयबाट सर्ट टर्म लोनको स्वीकृति आएको जानकारी दिंदै ऊर्जा मन्त्रालयका प्रवक्ता सागरराज गौतमले सुनाए, ‘मन्त्रालयमा छलफल भइरहेको छ, निर्णय भएपछि प्राधिकरणलाई स्वीकृति दिन्छौँ ।’ प्राधिकरणको कार्यकाल सम्हालेपछि कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले श्वेतपत्र जारी गर्दै अल्पकालीन ऋण लिने निर्णय गरेका थिए ।

चालु आर्थिक वर्षको फागुन मसान्तसम्म प्राधिकरणले भुक्तानी हुन बाँकी ठेक्कापट्टाअन्तर्गत ११ अर्ब ६१ करोड रुपैयाँ रहेको स्वेतपत्रमा उल्लेख छ । यस्तै, प्राधिकरणको केन्द्रीय कोषमा १० अर्ब १० करोड रकम रुपैयाँ रहेको उल्लेख छ । जसमा डलर÷ने.रू. मुद्दती खातामा तीन अर्ब ६८ करोड र धरौटी खातामा तीन अर्ब ९५ करोड रुपैयाँ छ ।

दुई अर्ब ४७ करोड कल÷चालु खातामा रहेको र उक्त रकम दैनिक सञ्चालनका लागि न्यूनतम जगेडा रहेको प्राधिकरणको श्वेतपत्रमा उल्लेख छ । प्राधिकरणले भुक्तानीका लागि जगेडा पैसा नरहेको र त्यसका लागि १० अर्बसम्म अल्पकालिन ऋण लिने प्रक्रिया अगाडि बढाएको थियो । प्राधिकरणले जारी गरेको श्वेतपत्रमा सरकारलाई भुक्तानी गर्नुपर्ने ऋणको ब्याज २९.५ अर्ब र टनकपुर विद्युत्वापत तीन अर्ब गरी कुल ३२.५ अर्ब दायित्व बाँकी रहेको उल्लेख छ । सरकारको आन्तरिक स्रोततर्फ ७७ अर्ब आठ करोड र सरकारको जमानतमा वैदेशिक दातृ निकायतर्फ एक खर्ब ७१ अर्ब चार करोड गरी दुई खर्ब ४८ अर्ब १२ करोड दीर्घकालीन ऋण छ ।

प्राधिकरणको कुल दायित्व करिब तीन खर्ब ८५ अर्ब रहेको उल्लेख छ ।

ताजा समाचारहरु

oppo_16

शिवमाई माविमा विद्यार्थीका गुनासा सार्वजनिक : खानेपानी, खेलमैद...

  • जेष्ठ २२, २०८३ मा प्रकाशित
FB_IMG_1780569810975

रामकुमार थेगिमको शंकास्पद मृत्युबारे एमाले फाकफोकथुमको ध्यानाक...

  • जेष्ठ २१, २०८३ मा प्रकाशित
IMG-20260124-WA0000

आजको विदेशी मुद्रा विनिमय दर सार्वजनिक, डलरको बिक्रीदर १५३ रुप...

  • जेष्ठ २१, २०८३ मा प्रकाशित
IMG-20260202-WA0001

न्यून चापीय प्रणाली सक्रिय : देशभर वर्षा र मेघगर्जनको सम्भावना

  • जेष्ठ २१, २०८३ मा प्रकाशित
FB_IMG_1780538340936

इलाममा ‘सामी’ कार्यक्रमअन्तर्गत २१ हप्ते वित्तीय साक्षरता तथा ...

  • जेष्ठ २१, २०८३ मा प्रकाशित

प्रशंसा मिडिया प्रालिद्वारा संचालित रबिबजार न्युज डट कम कम्पनी दर्ता नं. ३३५६०७/८०/०८१ पान नं. : ६२११३०७८४ सूचना तथा प्रशारण विभाग दर्ता नं. : ४७७५-२०८१/२०८२ प्रेस काउन्सिल दर्ता नं. : ४७८२-२०८१/२०८२ बिज्ञापन बोर्ड सूचीकरण नं. ०५३२/२०८१/८२/०१ मुख्य कार्यालय: फाकफोकथुम गाउँपालिका- ४ जुरिथुम्की, इलाम सम्पर्क कार्यालय: इलाम बजार बिज्ञापनको लागि सम्पर्क : +९७७-९७६६५३२१२ इमेल: [email protected]

हाम्रो टिम

संचालक/प्रबन्धक: राजेन्द्र मगर सम्पादक: मोहनी काम्मु बजार प्रमुख : सूनिता मोक्तान

Rabibazarnews.com | 2024 All rights reserved.