Skip to content
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य

नेपालको शिक्षामा स्तर नै छैन विजुक्छें प्रा.डा. रजितभक्त प्रधानाङ्ग र सोमकान्त भण्डारीको फौजदारी कानुन र फौजदारी न्याय पुस्तक विमोचन

  • Picture of रबिबजार न्युज रबिबजार न्युज
  • साउन २४, २०८२ मा प्रकाशित

सन्जिब दुलाल
भक्तपुर । प्राध्यापक डाक्टर रजितभक्त प्रधानाङ्ग र सोमकान्त भण्डारीको फौजदारी कानुन र फौजदारी न्याय नामक पुस्तक विमोचन भएको छ ।

शनिवार भक्तपुरमा आयोजित एक कार्यक्रममा प्राध्यापक डाक्टर प्रधानाङ्ग र भण्डारीको लेखहरूको सँगालो समेटिएको नेपालको फौजदारी कानुन र फौजदारी न्याय नामक पुस्तक विमोचन भएको हो ।

पुस्तक विमोचन गर्दै नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान विजुक्छेले हालको शिक्षामा स्तर नै नभएको बताउनुभएको थियो । उहाँले हालको शिक्षामा स्तर नभएको बताउँदै आज भन्दा २५ वर्ष अगाडी नै वल्ड बैङ्कले नेपालका मुख्य मुख्य शिक्षा विद्धहरूलाई लिएर उच्च शिक्षा गरिबहरूलाई आवश्यक छैन भनी सिकाएर पठाएको आरोप लगाउनुभयो ।

उहाँले गर्मीमा कोक फ्यान्टा पैसा भएकाले मात्र खान सक्छन् त्यस्तै उच्च शिक्षा पनि पैसा भएका धनीले मात्र लिन सक्ने व्यवस्था लागु गराउन सरकारी कलेजहरूमा सरकारले लगानी कमी गर्दै निजी कलेज तर्फ विद्यार्थी धकेल्ने काम गरेको आरोप समेत लगाउनुभएको थियो ।

विजुक्छेले जनता सबैले उच्च शिक्षा लिने हो भने भरिया कसले गर्ने किसानी कसले गर्ने ज्यामी को हुने भन्ने धारणामा सबै लागेको समेत आरोप लगाउँदै अहिलेको सरकार देशको हितमा लागेका छैनन् विदेशी पूँजीको हितमा मात्र लागेका छन् भन्ने आरोप लगाउनुभएको छ ।

उहाँले नेपालमा पार्टीका नाम सँग सरोकार नभएको बताउँदै सबै एकै ड्याङका भएको समेत बताउनुभएको थियो ।
हामीले विभिन्न देशका अपराध सम्बन्धी अध्ययन गर्नु पर्ने समेत उहाँले बताउनुभएको थियो ।

कार्यक्रममा सर्वोच्च अदालतका न्यायाधीश मेघराज पोखरेल, भक्तपुर जिल्लाका मुख्य न्यायाधीश वासुदेव न्यौपाने, वरिष्ठ अधिवक्ता कृष्ण प्रसाद भण्डारी, नेपाल बार एसोसिएसनका केन्द्रीय अध्यक्ष डा। विजय मिश्र, भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापति र उपप्रमुख रजनी जोशी लगायतका महानुभावहरूको उपस्थिति रहेको थियो ।

५३८ पेज भएको उक्त पुस्तकमा नेपालमा अभियुक्तको अधिकार र तिनको संरक्षण देखि नेपालको संविधान २०७२ मा फौजदारी न्याय सम्बन्धी हकस् एक अध्ययन , मुलुकी अपराध संहितामा अपराधका सहभागिताहरू देखि विभिन्न अपराध ठगी चोरी लिखत सम्बन्धी कसुर, तेजाब घातक रसायन प्रहार, करणी जबरजस्ती करणी उद्योग र आशय करणी अपराध र कानुनी व्याख्या लगायतका २१ विषयमा पुस्तकले नेपालको फौजदारी कानुन र यसमा भएको कमी कमजोरी साथै सुधार गर्नु पर्ने कुराहरूको व्याख्या समेटिएको छ ।

ताजा समाचारहरु

oppo_16

शिवमाई माविमा विद्यार्थीका गुनासा सार्वजनिक : खानेपानी, खेलमैद...

  • जेष्ठ २२, २०८३ मा प्रकाशित
FB_IMG_1780569810975

रामकुमार थेगिमको शंकास्पद मृत्युबारे एमाले फाकफोकथुमको ध्यानाक...

  • जेष्ठ २१, २०८३ मा प्रकाशित
IMG-20260124-WA0000

आजको विदेशी मुद्रा विनिमय दर सार्वजनिक, डलरको बिक्रीदर १५३ रुप...

  • जेष्ठ २१, २०८३ मा प्रकाशित
IMG-20260202-WA0001

न्यून चापीय प्रणाली सक्रिय : देशभर वर्षा र मेघगर्जनको सम्भावना

  • जेष्ठ २१, २०८३ मा प्रकाशित
FB_IMG_1780538340936

इलाममा ‘सामी’ कार्यक्रमअन्तर्गत २१ हप्ते वित्तीय साक्षरता तथा ...

  • जेष्ठ २१, २०८३ मा प्रकाशित

प्रशंसा मिडिया प्रालिद्वारा संचालित रबिबजार न्युज डट कम कम्पनी दर्ता नं. ३३५६०७/८०/०८१ पान नं. : ६२११३०७८४ सूचना तथा प्रशारण विभाग दर्ता नं. : ४७७५-२०८१/२०८२ प्रेस काउन्सिल दर्ता नं. : ४७८२-२०८१/२०८२ बिज्ञापन बोर्ड सूचीकरण नं. ०५३२/२०८१/८२/०१ मुख्य कार्यालय: फाकफोकथुम गाउँपालिका- ४ जुरिथुम्की, इलाम सम्पर्क कार्यालय: इलाम बजार बिज्ञापनको लागि सम्पर्क : +९७७-९७६६५३२१२ इमेल: [email protected]

हाम्रो टिम

संचालक/प्रबन्धक: राजेन्द्र मगर सम्पादक: मोहनी काम्मु बजार प्रमुख : सूनिता मोक्तान

Rabibazarnews.com | 2024 All rights reserved.