Skip to content
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य

४ ठाउँमा ‘वाटर एटीएम’ राख्ने सुन्दरहरैंचाका सेवक खत्री को हुन् ?

  • Picture of रबिबजार न्युज रबिबजार न्युज
  • भदौ १५, २०८२ मा प्रकाशित

योगेन्द्र योगी
सुन्दरहरैंचा (मोरङ) : गर्मीको समयलाई मध्यनजर गर्दै मोरङको सुन्दरहरैंचा –३, गछियामा आश्रय सुधार तथा उपचार केन्द्रका कार्यक्रम संयोजक तथा सामाजिक अभियन्ता सेवक खत्रीले इटहरीको तरहरा,सुन्दरहरैंचाको मुख्य केन्द्र बिराटचोक,गोठगाउँ चोक र गछिया चोकमा गरी ४ ठाउँमा निःशुल्क पिउने पानी तथा ‘वाटर एटीएम’ सेवा सुरु गरेका छन्।

गर्मीको समयमा सर्वसाधारणलाई हिडडुल गर्दा पिउने पानीको समस्या नहोस भनेर सेवा सुरु गरिएको आश्रय सुधार तथा उपचार केन्द्रका कार्यक्रम संयोजक तथा सामाजिक अभियन्ता खत्रीले जानकारी दिए। उनले इटहरीको तरहरा र बिषेश गरी सुन्दरहरैंचालाई प्रथामिकता दिएर बढ्दो गर्मी सर्वसाधारणलाई चिसो पानीको पहुँचको पुग्ने उदेस्यले निःशुल्क पिउने पानी तथा ‘वाटर एटीएम’ सेवा संचालन गरेको बताए।

“आम जनमानसबाट पनि हामी गरेको कार्यबाट राम्रो फिडव्याक आईरहेको छ,उनले भने,’ यो सेवा निरन्तर १५ दिनसम्म रहनेछ।” सार्वजनिक स्थलहरुममा सहजै पिउने पानी उपलब्ध नहुने भएकाले यो सेवा सुरु भएसँगै यात्रुहरूलाई पनि पानी किन्नुपर्ने बाध्यता तत्कालका लागि अन्त्य भएको छ।

सर्वसाधारण पैदल तथा बसको प्रतिक्षामा रहेका यात्रुहरूको सहजतालाई ध्यानमा राखी सुरु गरेको यो पहललाई उदाहरणीय सामाजिक योगदानका रूपमा लिइएको छ । शालीन स्वभाव र सामाजिक भावना बोकेका खत्री अझै पनि विभिन्न सामाजिक कार्यमा सक्रिय रहँदै आएका छन् ।

खत्री कार्यक्रम संयोजक रहेको आश्रय सुधार तथा उपचार केन्द्रले दुर्व्यसनमा फसेका समूहलाई उपचारात्मक तथा सुधारात्मक उपायबाट असल तथा सभ्य नागरिक बनाउने उद्येश्य सहित स्थापना भएको उक्त सुधार केन्द्रले आश्रय लिएकाहरूलाई बिभिन्न पद्धतीबाट उपचार गर्दै आएको छ ।

केन्द्र भित्र दैनिक लागुऔषध दुर्व्यवसन बिरूद्ध सचेतना तथा परामर्स प्रदान गर्नुका साथै सातामा दुइ पटक अनिवार्य स्वास्थ्य चेकजाच गर्ने गरिएको छ। साथै, उनले आगामी पुषमा हुने ‘तरहरा उत्सव २०२५’ मा ‘युथ आइकन’ बाट सम्मान गर्न लागिएको छ। तरहरा उत्सव आयोजक टिमले पनि उनको हरेक सामाजिक तथा परोपकारी क्षेत्रमा पुर्याएको योगदानको उच्च मुल्यांकन गर्दै सम्मान प्रधान गर्न लागेको जनाएको छ।

ताजा समाचारहरु

oppo_16

शिवमाई माविमा विद्यार्थीका गुनासा सार्वजनिक : खानेपानी, खेलमैद...

  • जेष्ठ २२, २०८३ मा प्रकाशित
FB_IMG_1780569810975

रामकुमार थेगिमको शंकास्पद मृत्युबारे एमाले फाकफोकथुमको ध्यानाक...

  • जेष्ठ २१, २०८३ मा प्रकाशित
IMG-20260124-WA0000

आजको विदेशी मुद्रा विनिमय दर सार्वजनिक, डलरको बिक्रीदर १५३ रुप...

  • जेष्ठ २१, २०८३ मा प्रकाशित
IMG-20260202-WA0001

न्यून चापीय प्रणाली सक्रिय : देशभर वर्षा र मेघगर्जनको सम्भावना

  • जेष्ठ २१, २०८३ मा प्रकाशित
FB_IMG_1780538340936

इलाममा ‘सामी’ कार्यक्रमअन्तर्गत २१ हप्ते वित्तीय साक्षरता तथा ...

  • जेष्ठ २१, २०८३ मा प्रकाशित

प्रशंसा मिडिया प्रालिद्वारा संचालित रबिबजार न्युज डट कम कम्पनी दर्ता नं. ३३५६०७/८०/०८१ पान नं. : ६२११३०७८४ सूचना तथा प्रशारण विभाग दर्ता नं. : ४७७५-२०८१/२०८२ प्रेस काउन्सिल दर्ता नं. : ४७८२-२०८१/२०८२ बिज्ञापन बोर्ड सूचीकरण नं. ०५३२/२०८१/८२/०१ मुख्य कार्यालय: फाकफोकथुम गाउँपालिका- ४ जुरिथुम्की, इलाम सम्पर्क कार्यालय: इलाम बजार बिज्ञापनको लागि सम्पर्क : +९७७-९७६६५३२१२ इमेल: [email protected]

हाम्रो टिम

संचालक/प्रबन्धक: राजेन्द्र मगर सम्पादक: मोहनी काम्मु बजार प्रमुख : सूनिता मोक्तान

Rabibazarnews.com | 2024 All rights reserved.