काठमाडौ । आज राजधानीका सडकमा देखिएको जनसागरले एउटा स्पष्ट सन्देश दिएको छ — यो आन्दोलन कुनै पार्टी वा संगठनको सीमित अभियान होइन। तस्बिरमै देखिन्छ, युवाहरूको भिडले प्रहरीको कडाइ तोड्दै आफ्नो आवाज बुलन्द गरिरहेका छन्।
विशेषगरी २७–२८ वर्ष उमेर हजारौंका सङ्ख्यामा युवाहरू अगाडि देखिएका छन्, जसले परिवर्तनको जिम्मेवारी लिनुपर्ने पुस्ता आफैं हो भन्ने प्रमाणित गरेका छन्। उनीहरूको आक्रोश व्यक्तिगत स्वार्थ वा दलगत राजनीतिका कारण होइन, बरु सिंगो राष्ट्र र सम्पूर्ण जनताको भविष्यका लागि हो।
यो आन्दोलनको स्वरूपले एउटा कुरा प्रस्ट पार्छ — देशलाई नयाँ दिशामा लैजान नेतृत्वभन्दा बढी नयाँ पुस्ताको प्रतिबद्धता आवश्यक छ। सडकमा देखिएको यो तस्बिर केवल एक दिनको आन्दोलन मात्र होइन, नयाँ नेपाल निर्माणतर्फको पुस्ताको उद्घोष हो।























