Skip to content
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य

देशव्यापी आन्दोलनपछि अस्पतालमा चाप, घाइते प्रदर्शनकारीलाई प्राथमिक उपचार प्राथमिकता

  • Picture of रबिबजार न्युज रबिबजार न्युज
  • भदौ २५, २०८२ मा प्रकाशित

काठमाडौं । पछिल्ला दिनमा ‘जेनजी’ पुस्ताले थालेको आन्दोलन देशभर फैलिँदै जाँदा स्वास्थ्य संस्थाहरूमा बिरामीको चाप असामान्य रूपमा बढेको छ ।

विशेषगरी राजधानी केन्द्रित प्रदर्शनमा घाइते भएकाहरूलाई तत्काल उपचार दिन अस्पतालहरूलाई ठूलो दबाब परेको देखिन्छ ।

मीनभवनस्थित सिभिल अस्पतालमा आकस्मिक बाहेकका नियमित सेवा रोकिएको छ । अस्पतालका निर्देशक डा. मोहनचन्द्र रेग्मीका अनुसार स्रोतसाधन र जनशक्ति दुवै अभाव भएका कारण चिकित्सक तथा नर्सहरू लगातार ड्युटीमा खटिन बाध्य भएका छन् । हालसम्म ४६ जना घाइते त्यहाँ उपचाररत छन् ।

त्रिवि शिक्षण अस्पतालमा पनि घाइतेहरूको उपचारलाई नै प्राथमिकता दिइएको छ । अस्पतालका निर्देशक डा. सुवास आचार्यले ओपीडी भने चलिरहेको तर यातायात अवरुद्ध भएकाले सर्वसाधारण बिरामी आइपुग्न नसकेको बताए । अहिले अस्पतालमा ५३ जना घाइते उपचाररत छन् भने मुख्य शल्यक्रिया सेवा अस्थायी रूपमा रोकिएको छ ।

राष्ट्रिय ट्रमा सेन्टरमा हाल ४० जना घाइतेको उपचार भइरहेको छ ।

चार जना शल्यक्रियापछि आईसीयूमा राखिएका छन् । अस्पतालका निर्देशक डा. बद्री रिजालका अनुसार स्रोतसाधन अपुरो भए पनि आकस्मिक सेवा निरन्तर छ ।

त्यस्तै, परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालले पनि २४ घण्टा सेवा निरन्तर जारी राखेको जनाएको छ ।

अस्पतालका निर्देशक डा. श्रीप्रसाद अधिकारीका अनुसार ओपीडी र आकस्मिक दुवै सेवा सञ्चालनमा छन् भने शुल्कसहित दिइने सेवाहरू भने रोकिएका छन

ताजा समाचारहरु

oppo_16

शिवमाई माविमा विद्यार्थीका गुनासा सार्वजनिक : खानेपानी, खेलमैद...

  • जेष्ठ २२, २०८३ मा प्रकाशित
FB_IMG_1780569810975

रामकुमार थेगिमको शंकास्पद मृत्युबारे एमाले फाकफोकथुमको ध्यानाक...

  • जेष्ठ २१, २०८३ मा प्रकाशित
IMG-20260124-WA0000

आजको विदेशी मुद्रा विनिमय दर सार्वजनिक, डलरको बिक्रीदर १५३ रुप...

  • जेष्ठ २१, २०८३ मा प्रकाशित
IMG-20260202-WA0001

न्यून चापीय प्रणाली सक्रिय : देशभर वर्षा र मेघगर्जनको सम्भावना

  • जेष्ठ २१, २०८३ मा प्रकाशित
FB_IMG_1780538340936

इलाममा ‘सामी’ कार्यक्रमअन्तर्गत २१ हप्ते वित्तीय साक्षरता तथा ...

  • जेष्ठ २१, २०८३ मा प्रकाशित

प्रशंसा मिडिया प्रालिद्वारा संचालित रबिबजार न्युज डट कम कम्पनी दर्ता नं. ३३५६०७/८०/०८१ पान नं. : ६२११३०७८४ सूचना तथा प्रशारण विभाग दर्ता नं. : ४७७५-२०८१/२०८२ प्रेस काउन्सिल दर्ता नं. : ४७८२-२०८१/२०८२ बिज्ञापन बोर्ड सूचीकरण नं. ०५३२/२०८१/८२/०१ मुख्य कार्यालय: फाकफोकथुम गाउँपालिका- ४ जुरिथुम्की, इलाम सम्पर्क कार्यालय: इलाम बजार बिज्ञापनको लागि सम्पर्क : +९७७-९७६६५३२१२ इमेल: [email protected]

हाम्रो टिम

संचालक/प्रबन्धक: राजेन्द्र मगर सम्पादक: मोहनी काम्मु बजार प्रमुख : सूनिता मोक्तान

Rabibazarnews.com | 2024 All rights reserved.