Skip to content
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य

पूर्वप्रधानन्यायाधीश सुशीला कार्की : “जेनजी पुस्ताले अघि सारेको नेतृत्व स्वीकार्छु”

  • Picture of रबिबजार न्युज रबिबजार न्युज
  • भदौ २५, २०८२ मा प्रकाशित

काठमाडौं। पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीले आफूलाई नयाँ पुस्ताले (जेनजी) अघि सारेकाले सरकारको नेतृत्व लिन तयार रहेको बताएकी छन्। भारतीय संचारमाध्यमसँग कुरा गर्दै उनले आन्दोलनपछिको अवस्थालाई व्यवस्थापन गर्न र चुनावसम्मको संक्रमणकालीन सरकार सञ्चालन गर्न आफू इच्छुक रहेको जनाइन्।

कार्कीका अनुसार, “जेनजी पुस्ताले मेरो नाम प्रस्ताव गरेका छन्, त्यो मेरोप्रति भएको विश्वासको प्रमाण हो। म छोटो अवधिका लागि सरकार सञ्चालन गरी चुनावमा ध्यान दिनेछु,” उनले भनिन्।

आन्दोलनका क्रममा ज्यान गुमाएका युवाप्रति सम्मान प्रकट गर्दै उनले पीडित परिवारको माग सम्बोधन गर्ने प्रतिबद्धता व्यक्त गरिन्। साथै आन्दोलनकै क्रममा सरकारी संरचनामा भएको तोडफोड र क्षतिप्रति दुःख व्यक्त गर्दै त्यसलाई पुनःस्थापित गर्ने संकेत दिइन्।

सरकारको जिम्मेवारी पाए भ्रष्टाचार नियन्त्रणलाई पहिलो प्राथमिकतामा राख्ने उनको भनाइ छ। नेपाली राजनीतिमा पटक–पटक समस्या दोहोरिनु दुर्भाग्य भएको भन्दै उनले नयाँ पुस्तासँग हातेमालो गरेर दीर्घकालीन समाधान खोज्ने प्रतिबद्धता जनाइन्।

नेपाल–भारत सम्बन्धबारे बोल्दै कार्कीले दुवै मुलुकबीच ऐतिहासिक र आत्मीय सम्बन्ध रहेको बताइन्। “हामीबीच निकट सम्बन्ध छ, तर छिमेकी भएकाले कहिलेकाहीँ आवाज आउनु स्वाभाविक हो। तर सम्बन्धको आधार बलियो नै छ,” उनको भनाइ थियो।

ताजा समाचारहरु

Messenger_creation_7A58E329-8ACC-4BF2-83DB-A3C2197CD0A8

त्रिवेणी युवा विकास संस्थालाई अम्बर लिम्बूद्वारा १६ हजार रुपैय...

  • अशोज ३०, २०८३ मा प्रकाशित
IMG-20260715-WA0000

आजको विदेशी मुद्रा विनिमयदर सार्वजनिक, कुन मुद्राको भाउ कति

  • अशोज २९, २०८३ मा प्रकाशित
IMG-20260513-WA0000

धरानमा लागूऔषधका ४०६ मुद्दा, नियन्त्रणमा चुनौती

  • अशोज २९, २०८३ मा प्रकाशित
FB_IMG_1784597102093

मनसुन बाहिरिए पनि वर्षाको सम्भावना कायमै, यी प्रदेशमा चट्याङसह...

  • अशोज २९, २०८३ मा प्रकाशित
FB_IMG_1791736900552

इलाममा ‘युक्पुङ’को विशेष प्रदर्शन सम्पन्न, दर्शकबाट अर्को शृङ्...

  • अशोज २५, २०८३ मा प्रकाशित

प्रशंसा मिडिया प्रालिद्वारा संचालित रबिबजार न्युज डट कम कम्पनी दर्ता नं. ३३५६०७/८०/०८१ पान नं. : ६२११३०७८४ सूचना तथा प्रशारण विभाग दर्ता नं. : ४७७५-२०८१/२०८२ प्रेस काउन्सिल दर्ता नं. : ४७८२-२०८१/२०८२ बिज्ञापन बोर्ड सूचीकरण नं. ०५३२/२०८१/८२/०१ मुख्य कार्यालय: फाकफोकथुम गाउँपालिका- ४ जुरिथुम्की, इलाम सम्पर्क कार्यालय: इलाम बजार बिज्ञापनको लागि सम्पर्क : +९७७-९७६६५३२१२ इमेल: [email protected]

हाम्रो टिम

संचालक/प्रबन्धक: राजेन्द्र मगर सम्पादक: मोहनी काम्मु बजार प्रमुख : सूनिता मोक्तान

Rabibazarnews.com | 2026 All rights reserved