काठमाडौं। धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ राईले आफूलाई नयाँ पुस्ताले नेतृत्व दिन चाहने हो भने प्रधानमन्त्रीको जिम्मेवारी लिन तयार रहेको बताएका छन्। बुधबार जङ्गी अड्डा परिसरमा पत्रकारसँग कुरा गर्दै उनले “युवाले भरोसा गरे प्रधानमन्त्री बन्न तयार छु” भन्ने धारणा सार्वजनिक गरेका हुन्।
हालै केही जेनजी युवाले पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई नेतृत्व दिन प्रस्ताव गरेपछि हर्क साम्पाङ आफ्ना समर्थकसहित जङ्गी अड्डा पुगेका थिए। त्यही क्रममा, बालेन शाहले नेतृत्व अस्वीकार गरे हर्क साम्पाङले लिनुपर्ने भन्दै जेनजीहरूबीच मतभेद देखिएको थियो।
तर, अर्को समूहका युवाले अहिलेको अवस्थामा कार्की नै उपयुक्त नेतृ हुने अभिव्यक्ति दिएका छन्। अन्ततः साम्पाङ जङ्गी अड्डाबाट बाहिरिएका छन्।























