काठमाडौँ । नयाँ सरकार नेतृत्वबारे भइरहेको छलफलमा पूर्व प्रधानन्यायाधीश सुशीला कार्की प्रमुख नामका रूपमा अगाडि आएको छ । कार्कीको नेतृत्व प्रस्तावलाई काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहले पनि समर्थन गरेको जनाइएको छ ।
जेनजी अभियानमा संलग्न युवाहरूले दिनभर भर्चुअल बैठक गरेर सम्भावित उम्मेदवारको नाम तय गरेका थिए । सो बैठकमा कार्कीलाई सबैभन्दा बढी समर्थन प्राप्त भएको अभियानकी अभियन्ता रक्षा बमले जानकारी दिएकी हुन् ।
प्रधानसेनापतिसँग भेट गर्न पुगेको जेनजी टोलीले पनि कार्कीलाई स्वीकार गरेको र यसबारे मेयर शाहको सचिवालयले पुष्टि गरेको स्रोतले जनाएको छ ।























