Skip to content
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य

जेनजी आन्दोलनमा हालसम्म ३० जनाको मृत्यु, एक हजारभन्दा बढी घाइते

  • Picture of रबिबजार न्युज रबिबजार न्युज
  • भदौ २५, २०८२ मा प्रकाशित

जेनजी आन्दोलनमा हालसम्म ३० जनाको मृत्यु, एक हजारभन्दा बढी घाइते

काठमाडौँ – देशभर भइरहेको जेनजी आन्दोलनका क्रममा हालसम्म ३० जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ। साथै, एक हजारभन्दा बढी नागरिक घाइते भएका छन् र विभिन्न अस्पतालमा उपचार भइरहेको छ।

मन्त्रालयका सचिव डा. विकास देवकोटाले बताए अनुसार, देशभरिका २९ वटा अस्पतालमा अहिलेसम्म ३० जनाको मृत्यु र १,०६१ जनाको उपचार भइसकेको छ। मन्त्रालयले अस्पतालहरूबाट प्राप्त विवरणलाई आधार बनाएर यो जानकारी सार्वजनिक गरेको हो।

घाइतेहरूको विवरण अनुसार, निजामती कर्मचारी अस्पतालमा ६, राष्ट्रिय ट्रमा सेन्टरमा ८, एभरेष्ट अस्पतालमा ३, काठमाडौँ मेडिकल कलेज सिनामङ्गलमा २, त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा १, फ्रन्टलाइन अस्पतालमा ३, बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा २ र भेरी अस्पतालमा ५ जनाको मृत्यु भएको थियो।

यसैबीच, अहिलेसम्म २७४ जनाको भर्ना भई उपचार भइरहेको छ। त्यस्तै, ५६ जनालाई एक अस्पतालबाट अर्को अस्पतालमा स्थानान्तरण गरिएको छ भने ७१९ जना उपचारपछि घर फर्किसकेका छन्।

डा. देवकोटाका अनुसार, अहिलेसम्म निजामती कर्मचारी अस्पतालमा ४८, ट्रमा सेन्टरमा ५८, वीर अस्पतालमा २०, त्रिवि शिक्षण अस्पतालमा २५, काठमाडौँ मेडिकल कलेजमा २४ र वीरेन्द्र सैनिक अस्पतालमा २६ जनाको उपचार भइरहेको छ।

सबैभन्दा बढी उपचार निजामती कर्मचारी अस्पतालमा ४३६ जना, ट्रमा सेन्टरमा १६१ जना र एभरेष्ट अस्पतालमा १०९ जनामा गरिएको छ ।

ताजा समाचारहरु

oppo_16

शिवमाई माविमा विद्यार्थीका गुनासा सार्वजनिक : खानेपानी, खेलमैद...

  • जेष्ठ २२, २०८३ मा प्रकाशित
FB_IMG_1780569810975

रामकुमार थेगिमको शंकास्पद मृत्युबारे एमाले फाकफोकथुमको ध्यानाक...

  • जेष्ठ २१, २०८३ मा प्रकाशित
IMG-20260124-WA0000

आजको विदेशी मुद्रा विनिमय दर सार्वजनिक, डलरको बिक्रीदर १५३ रुप...

  • जेष्ठ २१, २०८३ मा प्रकाशित
IMG-20260202-WA0001

न्यून चापीय प्रणाली सक्रिय : देशभर वर्षा र मेघगर्जनको सम्भावना

  • जेष्ठ २१, २०८३ मा प्रकाशित
FB_IMG_1780538340936

इलाममा ‘सामी’ कार्यक्रमअन्तर्गत २१ हप्ते वित्तीय साक्षरता तथा ...

  • जेष्ठ २१, २०८३ मा प्रकाशित

प्रशंसा मिडिया प्रालिद्वारा संचालित रबिबजार न्युज डट कम कम्पनी दर्ता नं. ३३५६०७/८०/०८१ पान नं. : ६२११३०७८४ सूचना तथा प्रशारण विभाग दर्ता नं. : ४७७५-२०८१/२०८२ प्रेस काउन्सिल दर्ता नं. : ४७८२-२०८१/२०८२ बिज्ञापन बोर्ड सूचीकरण नं. ०५३२/२०८१/८२/०१ मुख्य कार्यालय: फाकफोकथुम गाउँपालिका- ४ जुरिथुम्की, इलाम सम्पर्क कार्यालय: इलाम बजार बिज्ञापनको लागि सम्पर्क : +९७७-९७६६५३२१२ इमेल: [email protected]

हाम्रो टिम

संचालक/प्रबन्धक: राजेन्द्र मगर सम्पादक: मोहनी काम्मु बजार प्रमुख : सूनिता मोक्तान

Rabibazarnews.com | 2024 All rights reserved.