काठमाडौँ – महोत्तरी कारागारबाट मंगलबार बेलुका भागेका कैदीबन्दीलाई प्रशासनले २४ घण्टाभित्र फर्किन अल्टिमेटम दिएको छ।
कारागारका अनुसार करिब ७ बजे बेलुका अप्रत्यासित रूपमा भागमभाग भएको थियो। ५७७ जना कैदीमध्ये ५६७ जना कारागारबाट फरार भएका थिए। एक जना मात्र जिल्ला प्रहरी कार्यालयको निगरानीमा रहे।
कारागार प्रशासनले फरार कैदीबन्दीहरूलाई स्वेच्छाले फर्किन आग्रह गर्दै भनेको छ कि यदि उनीहरू २४ घण्टाभित्र फर्किएनन् भने कानुन अनुसार कारवाही गरिनेछ।























