Skip to content
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य

इलाम बार एसोसिएशनको मौन प्रदर्शन : “राष्ट्र बचाऔं–संविधान बचाऔं”

  • Picture of रबिबजार न्युज रबिबजार न्युज
  • भदौ २७, २०८२ मा प्रकाशित

इलाम । संविधान र कानूनी व्यवस्थाको संरक्षणका लागि देशभरका बार एकाइहरू क्रमशः सडकमा उत्रिरहेका बेला आज इलाम बार एसोसिएशनले पनि आफ्नै कार्यलय परिसरमा मौन प्रदर्शन गरेको छ।

“Save the Nation – Save the Constitution” लेखिएका प्लेकार्डसहित, नेपालको संविधानको प्रतिलिपि हातमा बोकेर कानुन व्यवसायीहरू करिब एक घण्टा मौन रुपमा उभिएका थिए। राजधानी काठमाडौँ मात्र नभई मुलुकका अन्य भागहरूमा समेत देखिएको यो अभियानमा इलाम बारको सहभागितालाई महत्त्वपूर्ण संकेतका रूपमा हेरिएको छ।

बार एसोसिएशनका वरिष्ठ अधिवक्ताहरूले हालको राजनीतिक परिस्थिति संवैधानिक संकटतर्फ धकेलिँदै गएको भन्दै, संविधानको रक्षा नै लोकतन्त्रको रक्षा भएको चेतावनी दिएका थिए। उनीहरूले जनताको अधिकार, स्वतन्त्र न्यायपालिका र विधिको शासनमाथि कुनै पनि प्रकारको धावा बोल्ने प्रयास अस्वीकार्य हुने स्पष्ट सन्देश दिएका छन्।

यसअघि नेपाल बार एसोसिएशनको आह्वानमा विभिन्न जिल्ला बार एकाइहरूले देशभर प्रदर्शन गर्दै आएका छन्। इलाम बारको आजको मौन प्रदर्शनले पूर्वी नेपालको कानुन व्यवसायीहरूको साझा अडान पनि प्रष्ट पारेको छ।

स्थानीय नागरिक र पत्रकारहरूले पनि सो कार्यक्रमलाई नजिकैबाट अवलोकन गरेका थिए। बार नेतृत्वले संविधानलाई धरापमा पार्ने प्रवृत्तिबाट मुलुकलाई जोगाउन सबै पेशागत निकाय, सचेत नागरिक र राजनीतिक शक्तिलाई एकजुट हुन आह्वान गरेको छ।

 

 

ताजा समाचारहरु

Messenger_creation_7A58E329-8ACC-4BF2-83DB-A3C2197CD0A8

त्रिवेणी युवा विकास संस्थालाई अम्बर लिम्बूद्वारा १६ हजार रुपैय...

  • अशोज ३०, २०८३ मा प्रकाशित
IMG-20260715-WA0000

आजको विदेशी मुद्रा विनिमयदर सार्वजनिक, कुन मुद्राको भाउ कति

  • अशोज २९, २०८३ मा प्रकाशित
IMG-20260513-WA0000

धरानमा लागूऔषधका ४०६ मुद्दा, नियन्त्रणमा चुनौती

  • अशोज २९, २०८३ मा प्रकाशित
FB_IMG_1784597102093

मनसुन बाहिरिए पनि वर्षाको सम्भावना कायमै, यी प्रदेशमा चट्याङसह...

  • अशोज २९, २०८३ मा प्रकाशित
FB_IMG_1791736900552

इलाममा ‘युक्पुङ’को विशेष प्रदर्शन सम्पन्न, दर्शकबाट अर्को शृङ्...

  • अशोज २५, २०८३ मा प्रकाशित

प्रशंसा मिडिया प्रालिद्वारा संचालित रबिबजार न्युज डट कम कम्पनी दर्ता नं. ३३५६०७/८०/०८१ पान नं. : ६२११३०७८४ सूचना तथा प्रशारण विभाग दर्ता नं. : ४७७५-२०८१/२०८२ प्रेस काउन्सिल दर्ता नं. : ४७८२-२०८१/२०८२ बिज्ञापन बोर्ड सूचीकरण नं. ०५३२/२०८१/८२/०१ मुख्य कार्यालय: फाकफोकथुम गाउँपालिका- ४ जुरिथुम्की, इलाम सम्पर्क कार्यालय: इलाम बजार बिज्ञापनको लागि सम्पर्क : +९७७-९७६६५३२१२ इमेल: [email protected]

हाम्रो टिम

संचालक/प्रबन्धक: राजेन्द्र मगर सम्पादक: मोहनी काम्मु बजार प्रमुख : सूनिता मोक्तान

Rabibazarnews.com | 2026 All rights reserved