काठमाडौं। नयाँ नियुक्त प्रधानमन्त्री सुशीला कार्की आज आइतबार बिहान साढे ११ बजे कार्यभार ग्रहण गर्ने कार्यक्रम तय भएको छ। प्रधानमन्त्री कार्यालयका अनुसार सिंहदरबार परिसरभित्र गृह मन्त्रालयका लागि तयार पारिएको नयाँ भवनमै पदभार ग्रहण गरिनेछ।
अघिल्लो कार्यालय अघिल्लो आन्दोलनका क्रममा क्षतिग्रस्त भएपछि नयाँ भवनबाट कार्य सुरु गर्न लागिएको हो।
कार्कीलाई हालैको आन्दोलनपछि आगामी ६ महिनाभित्र प्रतिनिधिसभा निर्वाचन सम्पन्न गराउने जिम्मेवारीसहित चुनावी सरकारको नेतृत्व गर्ने गरी नियुक्त गरिएको हो।
शपथग्रहण पछि उनले शनिबार दिनभर आन्दोलनका क्रममा घाइते भएकाहरूको अवस्था बुझिन्, सहिद परिवारलाई भेटिन् र नष्ट भएका संरचनाहरूको स्थलगत अवलोकन समेत गरेकी थिइन्।























