Skip to content
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य

अर्थमन्त्री खनाल : ‘टुक्रे योजना हटाएर स्रोत जुटाइने’

  • Picture of रबिबजार न्युज रबिबजार न्युज
  • भदौ ३०, २०८२ मा प्रकाशित

काठमाडौं । नवनियुक्त अर्थमन्त्री डा. रामेश्वर खनालले आगामी दिनमा बजेटलाई बढी प्रभावकारी बनाउन टुक्रे योजनाहरू कटौती गर्ने तयारी गरेको बताएका छन्। सोमबार मन्त्रालयमा पत्रकारहरूसँग कुरा गर्दै उनले स्रोत व्यवस्थापनलाई सबल बनाउने लक्ष्यसहित केही ठोस कदम चालिने बताएका हुन्।

खनालका अनुसार बजेटमा समावेश गरिएका साना तथा प्रभावहीन कार्यक्रमलाई हटाउन कार्यदल गठन गर्ने प्रक्रिया अघि बढाइएको छ। उनले मुलुकको सीमित स्रोतलाई दीर्घकालीन र प्राथमिकतापूर्ण योजनामा केन्द्रित गर्नुपर्ने आवश्यकता रहेको उल्लेख गरे।

अर्थमन्त्रीले सार्वजनिक सम्पत्तिको संरक्षण र नियमित मर्मतसम्भारमा जोड दिने प्रतिवद्धता पनि व्यक्त गरे। उनका अनुसार उपेक्षा र बेवास्ताका कारण बिग्रँदै गएका सरकारी संरचना र सम्पत्तिलाई संरक्षण गरेर मात्र दीर्घकालीन लाभ लिन सकिने छ।

खनालले निजी क्षेत्रलाई समेत विश्वासमा लिएर राजस्व वृद्धिका लागि प्रयास गरिने स्पष्ट पारे। उनका भनाइमा अर्थतन्त्र सबल बनाउन व्यवसायी समुदायलाई सहकार्यमा ल्याउन आवश्यक छ, जसका लागि सरकार नीति र कानुनी स्पष्टता दिन तयार छ।

त्यसैगरी उनले अघिल्ला वर्षमा आएको विभिन्न अध्ययन प्रतिवेदन तथा सुधारका सुझावलाई व्यवहारिक रुपमा कार्यान्वयन गर्ने घोषणा गरे। “मुलुकलाई स्थायित्व र समृद्धि तर्फ अघि बढाउन सुधार आवश्यक छ,” मन्त्री खनालले भने, “निजी क्षेत्रको सहकार्य, जिम्मेवार सरकार र सचेत नागरिकताले मात्र आर्थिक रुपान्तरण सम्भव छ।”

ताजा समाचारहरु

oppo_16

शिवमाई माविमा विद्यार्थीका गुनासा सार्वजनिक : खानेपानी, खेलमैद...

  • जेष्ठ २२, २०८३ मा प्रकाशित
FB_IMG_1780569810975

रामकुमार थेगिमको शंकास्पद मृत्युबारे एमाले फाकफोकथुमको ध्यानाक...

  • जेष्ठ २१, २०८३ मा प्रकाशित
IMG-20260124-WA0000

आजको विदेशी मुद्रा विनिमय दर सार्वजनिक, डलरको बिक्रीदर १५३ रुप...

  • जेष्ठ २१, २०८३ मा प्रकाशित
IMG-20260202-WA0001

न्यून चापीय प्रणाली सक्रिय : देशभर वर्षा र मेघगर्जनको सम्भावना

  • जेष्ठ २१, २०८३ मा प्रकाशित
FB_IMG_1780538340936

इलाममा ‘सामी’ कार्यक्रमअन्तर्गत २१ हप्ते वित्तीय साक्षरता तथा ...

  • जेष्ठ २१, २०८३ मा प्रकाशित

प्रशंसा मिडिया प्रालिद्वारा संचालित रबिबजार न्युज डट कम कम्पनी दर्ता नं. ३३५६०७/८०/०८१ पान नं. : ६२११३०७८४ सूचना तथा प्रशारण विभाग दर्ता नं. : ४७७५-२०८१/२०८२ प्रेस काउन्सिल दर्ता नं. : ४७८२-२०८१/२०८२ बिज्ञापन बोर्ड सूचीकरण नं. ०५३२/२०८१/८२/०१ मुख्य कार्यालय: फाकफोकथुम गाउँपालिका- ४ जुरिथुम्की, इलाम सम्पर्क कार्यालय: इलाम बजार बिज्ञापनको लागि सम्पर्क : +९७७-९७६६५३२१२ इमेल: [email protected]

हाम्रो टिम

संचालक/प्रबन्धक: राजेन्द्र मगर सम्पादक: मोहनी काम्मु बजार प्रमुख : सूनिता मोक्तान

Rabibazarnews.com | 2024 All rights reserved.