Skip to content
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य

इलाम बजारमा भारतीय अवैध रक्सी र म्याद गुज्रिएका खाद्य वस्तु बिक्री: नगरपालिका अनुगमनमा खुलासा

  • Picture of रबिबजार न्युज रबिबजार न्युज
  • भदौ ३०, २०८२ मा प्रकाशित

इलाम – बजार अनुगमनले खुलेआम अवैध भारतीय रक्सी र म्याद गुज्रिएका खाद्य वस्तुहरू बिक्री भइरहेको पुष्टि गरेको छ। भदौ २२ र २३ गते इलाम नगरपालिका र सम्बन्धित निकायको नेतृत्वमा गरिएको अनुगमनका क्रममा स्थानीय बजारमा रहेका पसलहरूमा अचानक छापा मारिएको थियो।

अनुगमनको क्रममा २२ वटा पसलमा निरीक्षण गरिएको थियो। प्रहरीले विभिन्न अवैध तथा म्याद गुज्रिएका सामग्री बरामद गरेको जनाएको छ। त्यसमा प्रमुख रूपमा:

१४ काटुन सिक्किमे रक्सी

१२ काटुन रङवाला नुडल्स

१४ केश म्याद गुज्रिएका पेय पदार्थ

बरामद सामग्री मध्ये सबैभन्दा बढी शिवाकोटी स्टोरबाट फेला परेको थियो। उक्त पसलबाट मात्र ७८ बोतल सिक्किमे रक्सी र आठ काटुन नुडल्स बरामद गरिएको थियो।

नगरपालिकाका प्रतिनिधिहरूले भनेका छन्, “जनताको स्वास्थ्य र सुरक्षाको ख्याल गर्दै यस्तो अनुगमन नियमित रूपमा गरिनेछ। अवैध र म्याद गुज्रिएका वस्तु बिक्री गर्नेहरूविरुद्ध कडा कारबाही हुनेछ।”

स्थानीय बासिन्दाहरूले पनि अनुगमनको स्वागत गर्दै बजारमा स्वास्थ्य र सुरक्षासम्बन्धी नियमको पालना अनिवार्य हुनुपर्ने बताएका छन्। उनका अनुसार, बजारमा अनियमितता र अवैध वस्तु बिक्री रोक्न निरन्तर निगरानी आवश्यक छ।

नगरपालिकाले आगामी दिनमा पनि यस्ता अनुगमन कार्यक्रम जारी राख्ने र अवैध व्यापार नियन्त्रणका लागि थप कदम चाल्ने योजना रहेको बताएको छ। यसले उपभोक्ताहरूलाई सुरक्षित र गुणस्तरीय सामान उपलब्ध गराउने उद्देश्य राखेको छ।

ताजा समाचारहरु

oppo_16

शिवमाई माविमा विद्यार्थीका गुनासा सार्वजनिक : खानेपानी, खेलमैद...

  • जेष्ठ २२, २०८३ मा प्रकाशित
FB_IMG_1780569810975

रामकुमार थेगिमको शंकास्पद मृत्युबारे एमाले फाकफोकथुमको ध्यानाक...

  • जेष्ठ २१, २०८३ मा प्रकाशित
IMG-20260124-WA0000

आजको विदेशी मुद्रा विनिमय दर सार्वजनिक, डलरको बिक्रीदर १५३ रुप...

  • जेष्ठ २१, २०८३ मा प्रकाशित
IMG-20260202-WA0001

न्यून चापीय प्रणाली सक्रिय : देशभर वर्षा र मेघगर्जनको सम्भावना

  • जेष्ठ २१, २०८३ मा प्रकाशित
FB_IMG_1780538340936

इलाममा ‘सामी’ कार्यक्रमअन्तर्गत २१ हप्ते वित्तीय साक्षरता तथा ...

  • जेष्ठ २१, २०८३ मा प्रकाशित

प्रशंसा मिडिया प्रालिद्वारा संचालित रबिबजार न्युज डट कम कम्पनी दर्ता नं. ३३५६०७/८०/०८१ पान नं. : ६२११३०७८४ सूचना तथा प्रशारण विभाग दर्ता नं. : ४७७५-२०८१/२०८२ प्रेस काउन्सिल दर्ता नं. : ४७८२-२०८१/२०८२ बिज्ञापन बोर्ड सूचीकरण नं. ०५३२/२०८१/८२/०१ मुख्य कार्यालय: फाकफोकथुम गाउँपालिका- ४ जुरिथुम्की, इलाम सम्पर्क कार्यालय: इलाम बजार बिज्ञापनको लागि सम्पर्क : +९७७-९७६६५३२१२ इमेल: [email protected]

हाम्रो टिम

संचालक/प्रबन्धक: राजेन्द्र मगर सम्पादक: मोहनी काम्मु बजार प्रमुख : सूनिता मोक्तान

Rabibazarnews.com | 2024 All rights reserved.