Skip to content
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य

राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको नयाँ विनिमय दर सार्वजनिक

  • Picture of रबिबजार न्युज रबिबजार न्युज
  • भदौ ३१, २०८२ मा प्रकाशित

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ। बैंकले तोकेको अनुसार अमेरिकी डलरसहित युरो, पाउण्ड, युआन, येनलगायतका मुद्राको खरिद तथा बिक्रीदर निर्धारण गरिएको छ।

राष्ट्र बैंकका अनुसार आज एक अमेरिकी डलर खरिद गर्दा १४० रुपैयाँ ८४ पैसा र बिक्री गर्दा १४१ रुपैयाँ ४४ पैसा पर्नेछ। त्यसैगरी, एक युरोपियन यूरो खरिददर १६५ रुपैयाँ ६१ पैसा र बिक्रीदर १६६ रुपैयाँ ३१ पैसा तोकिएको छ। यस्तै, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १९१ रुपैयाँ ७५ पैसा र बिक्रीदर १९२ रुपैयाँ ५७ पैसा कायम गरिएको छ।

एशियाली मुद्रातर्फ, चिनियाँ युआन एकको खरिददर १९ रुपैयाँ ७८ पैसा र बिक्रीदर १९ रुपैयाँ ८६ पैसा तोकिएको छ। जापानी येन १० को खरिददर नौ रुपैयाँ ५५ पैसा र बिक्रीदर नौ रुपैयाँ ५९ पैसा निर्धारण गरिएको छ। त्यस्तै, भारतीय रुपैयाँ सयको खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा कायम गरिएको छ।

अन्य प्रमुख मुद्राहरूमा स्वीस फ्रयाङ्क एकको खरिददर १७७ रुपैयाँ २० पैसा र बिक्रीदर १७७ रुपैयाँ ९६ पैसा, अष्ट्रेलियन डलर एकको खरिददर ९३ रुपैयाँ ७९ पैसा र बिक्रीदर ९४ रुपैयाँ १८ पैसा, क्यानेडियन डलर एकको खरिददर १०१ रुपैयाँ ८९ पैसा र बिक्रीदर १०२ रुपैयाँ ३३ पैसा रहेको छ।

त्यस्तै, साउदी अरेबियन रियाल एकको खरिददर ३७ रुपैयाँ ५५ पैसा र बिक्रीदर ३७ रुपैयाँ ७१ पैसा, कतारी रियाल एकको खरिददर ३८ रुपैयाँ ६४ पैसा र बिक्रीदर ३८ रुपैयाँ ८० पैसा तोकिएको छ। खाडी मुलुककै अन्य मुद्रामा कुवेती दिनार एकको खरिददर ४६१ रुपैयाँ ३९ पैसा र बिक्रीदर ४६३ रुपैयाँ ३६ पैसा, बहराइन दिनार एकको खरिददर ३७३ रुपैयाँ ५६ पैसा र बिक्रीदर ३७५ रुपैयाँ १५ पैसा, ओमानी रियाल एकको खरिददर ३६५ रुपैयाँ ८० पैसा र बिक्रीदर ३६७ रुपैयाँ ३६ पैसा कायम गरिएको छ।

त्यस्तै, मलेसियन रिङ्गेट एकको खरिददर ३३ रुपैयाँ ४९ पैसा र बिक्रीदर ३३ रुपैयाँ ६४ पैसा, सिङ्गापुर डलर एकको खरिददर १०९ रुपैयाँ ९२ पैसा र बिक्रीदर ११० रुपैयाँ ३९ पैसा, दक्षिण कोरियाली वन १०० को खरिददर १० रुपैयाँ १४ पैसा र बिक्रीदर १० रुपैयाँ १८ पैसा तोकिएको छ।

राष्ट्र बैंकले जारी गरेको सूचनामा वाणिज्य बैंकहरूले तोक्ने विनिमय दर यसभन्दा केही फरक पर्न सक्ने र अद्यावधिक दर राष्ट्र बैंकको वेबसाइटमा हेर्न सकिने उल्लेख छ। साथै, आवश्यक परे विनिमय दरलाई राष्ट्र बैंकले जुनसुकै समयमा संशोधन गर्न सक्ने जनाएको छ।

 

ताजा समाचारहरु

Messenger_creation_7A58E329-8ACC-4BF2-83DB-A3C2197CD0A8

त्रिवेणी युवा विकास संस्थालाई अम्बर लिम्बूद्वारा १६ हजार रुपैय...

  • अशोज ३०, २०८३ मा प्रकाशित
IMG-20260715-WA0000

आजको विदेशी मुद्रा विनिमयदर सार्वजनिक, कुन मुद्राको भाउ कति

  • अशोज २९, २०८३ मा प्रकाशित
IMG-20260513-WA0000

धरानमा लागूऔषधका ४०६ मुद्दा, नियन्त्रणमा चुनौती

  • अशोज २९, २०८३ मा प्रकाशित
FB_IMG_1784597102093

मनसुन बाहिरिए पनि वर्षाको सम्भावना कायमै, यी प्रदेशमा चट्याङसह...

  • अशोज २९, २०८३ मा प्रकाशित
FB_IMG_1791736900552

इलाममा ‘युक्पुङ’को विशेष प्रदर्शन सम्पन्न, दर्शकबाट अर्को शृङ्...

  • अशोज २५, २०८३ मा प्रकाशित

प्रशंसा मिडिया प्रालिद्वारा संचालित रबिबजार न्युज डट कम कम्पनी दर्ता नं. ३३५६०७/८०/०८१ पान नं. : ६२११३०७८४ सूचना तथा प्रशारण विभाग दर्ता नं. : ४७७५-२०८१/२०८२ प्रेस काउन्सिल दर्ता नं. : ४७८२-२०८१/२०८२ बिज्ञापन बोर्ड सूचीकरण नं. ०५३२/२०८१/८२/०१ मुख्य कार्यालय: फाकफोकथुम गाउँपालिका- ४ जुरिथुम्की, इलाम सम्पर्क कार्यालय: इलाम बजार बिज्ञापनको लागि सम्पर्क : +९७७-९७६६५३२१२ इमेल: [email protected]

हाम्रो टिम

संचालक/प्रबन्धक: राजेन्द्र मगर सम्पादक: मोहनी काम्मु बजार प्रमुख : सूनिता मोक्तान

Rabibazarnews.com | 2026 All rights reserved