Skip to content
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य

इलामको रोङमा नयाँ अभ्यास : अभिभावकलाई पनि विद्यालयमै शिक्षा

  • Picture of रबिबजार न्युज रबिबजार न्युज
  • अशोज ६, २०८२ मा प्रकाशित

इलाम। सामुदायिक विद्यालयको शैक्षिक स्तर उकास्न इलामको रोङ गाउँपालिकाले अनौठो र प्रभावकारी कदम चालिरहेको छ। दुई वर्षअघि सुरु गरिएको ‘अभिभावक शिक्षा कार्यक्रम’ मार्फत अहिले गाउँपालिकाका सामुदायिक विद्यालयका अभिभावकहरूलाई पनि नियमित रूपमा विद्यालयमै बोलाएर अध्ययन–अध्यापन गराइँदै आएको छ।

गाउँपालिका अध्यक्ष मनीकुमार स्याङ्बो (सुबास)का अनुसार शिक्षा सुधारमा शिक्षक र सरकार मात्र होइन, अभिभावकको भूमिका पनि उत्तिकै महत्वपूर्ण भएकाले यो अभियान थालिएको हो। महिनामा एक दिन विद्यालय आउने क्रममा अभिभावकहरूले शैक्षिक महत्व, बाल विकास, संस्कार, जीवन उपयोगी सीप र शिक्षामा आफ्नो योगदानबारे प्रशिक्षण प्राप्त गर्छन्।

कार्यक्रम चल्ने दिन विद्यालयका कक्षा ८ भन्दा माथिका विद्यार्थीलाई घरमै बस्न लगाइन्छ, जसले गर्दा उनीहरूले घरायसी काम र जिम्मेवारी अनुभव गर्ने अवसर पाउँछन्। यसरी विद्यार्थीले आमा–बुबाले गर्ने मेहनत प्रत्यक्ष अनुभूति गर्ने भएकाले उनीहरूमा कदर गर्ने संस्कार बढेको शिक्षाविद्हरूको भनाइ छ।

रोङ–३ की सरला मुखियाले अभिभावक शिक्षा सुरु भएपछि आफ्ना छोराछोरीको अध्ययनमा चासो बढेको बताइन्। “महिनामा एक दिन विद्यालयमा पुगेर सिकेका कुरा घरमै व्यवहारमा उतार्छौँ। यसले छोराछोरीलाई पढाइतिर प्रेरित गर्न सजिलो भएको छ,” उनले भनिन्। त्यस्तै, स्थानीय केसवराज लुइटेलले पनि यो कार्यक्रमले परिवार र विद्यालयबीचको सम्बन्ध अझ घनिष्ट बनेको बताएका छन्।

हाल गाउँपालिकाका ३० सामुदायिक विद्यालयमा ३५ जना सहजकर्तामार्फत कार्यक्रम सञ्चालन भइरहेको छ। प्रत्येक महिनाको अन्तरक्रियामा शिक्षा सुधारका उपाय, अभिभावकको जिम्मेवारी र विद्यालयसँगको सहकार्यबारे छलफल गरिन्छ।

यसबाहेक, गाउँपालिकाले सामुदायिक विद्यालयलाई प्रविधिमैत्री बनाउनका लागि विशेष पहल गरिरहेको छ। स्मार्टबोर्ड, इन्टरनेट र आर्टिफिसियल इन्टेलिजेन्स (AI) को प्रयोगमार्फत शिक्षण–सिकाइलाई आधुनिक बनाउन लागिएको छ। यसका लागि शिक्षकलाई प्राविधिक तालिम दिइँदै आएको गाउँपालिका स्रोतले जनाएको छ।

समग्रमा, रोङ गाउँपालिकाले सुरु गरेको यो कार्यक्रमले शिक्षा क्षेत्रमा नयाँ अभ्यासको उदाहरण पेश गरेको छ। यसले सामुदायिक विद्यालयमा मात्र होइन, स्थानीय समुदायकै शैक्षिक सोच र व्यवहारमा सकारात्मक परिवर्तन ल्याएको अभिभावक र शिक्षकहरू विश्वास गर्छन्।

ताजा समाचारहरु

Messenger_creation_7A58E329-8ACC-4BF2-83DB-A3C2197CD0A8

त्रिवेणी युवा विकास संस्थालाई अम्बर लिम्बूद्वारा १६ हजार रुपैय...

  • अशोज ३०, २०८३ मा प्रकाशित
IMG-20260715-WA0000

आजको विदेशी मुद्रा विनिमयदर सार्वजनिक, कुन मुद्राको भाउ कति

  • अशोज २९, २०८३ मा प्रकाशित
IMG-20260513-WA0000

धरानमा लागूऔषधका ४०६ मुद्दा, नियन्त्रणमा चुनौती

  • अशोज २९, २०८३ मा प्रकाशित
FB_IMG_1784597102093

मनसुन बाहिरिए पनि वर्षाको सम्भावना कायमै, यी प्रदेशमा चट्याङसह...

  • अशोज २९, २०८३ मा प्रकाशित
FB_IMG_1791736900552

इलाममा ‘युक्पुङ’को विशेष प्रदर्शन सम्पन्न, दर्शकबाट अर्को शृङ्...

  • अशोज २५, २०८३ मा प्रकाशित

प्रशंसा मिडिया प्रालिद्वारा संचालित रबिबजार न्युज डट कम कम्पनी दर्ता नं. ३३५६०७/८०/०८१ पान नं. : ६२११३०७८४ सूचना तथा प्रशारण विभाग दर्ता नं. : ४७७५-२०८१/२०८२ प्रेस काउन्सिल दर्ता नं. : ४७८२-२०८१/२०८२ बिज्ञापन बोर्ड सूचीकरण नं. ०५३२/२०८१/८२/०१ मुख्य कार्यालय: फाकफोकथुम गाउँपालिका- ४ जुरिथुम्की, इलाम सम्पर्क कार्यालय: इलाम बजार बिज्ञापनको लागि सम्पर्क : +९७७-९७६६५३२१२ इमेल: [email protected]

हाम्रो टिम

संचालक/प्रबन्धक: राजेन्द्र मगर सम्पादक: मोहनी काम्मु बजार प्रमुख : सूनिता मोक्तान

Rabibazarnews.com | 2026 All rights reserved