Skip to content
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य

बधाई होइन, कामका सुझाव चाहिन्छ : महाबीर पुनको पहिलो घोषणा

  • Picture of रबिबजार न्युज रबिबजार न्युज
  • अशोज ६, २०८२ मा प्रकाशित

काठमाडौं। पद पाएको खुसीयालीमा सामान्यतया बधाई, खादा–माला र भोजभतेरको संस्कृतिलाई नेपाली समाजमा साधारण मानिन्छ। तर, प्रख्यात आविष्कारक तथा शिक्षाविद् महाबीर पुनले भने यसलाई तोड्दै फरक ढंगको उद्घोष गरेका छन्।

उनले सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेको पहिलो घोषणामा भनेका छन्—
“मेरो पहिलो घोषणा – कसैले पनि ‘लौ बधाई छ’ भनेर फोन नगर्नु होला र बधाई दिन खादा माला लिएर नआउनु होला। बरु शिक्षा, विज्ञान र प्रविधिको क्षेत्रमा ५ महिना भित्र गर्न सकिने र गर्ने पर्ने ठोस काम र आईडिया छ भने मेरो WhatsApp मा पठाउनु होला। मलाई कसैले पनि मन्त्री नभन्नु होला। कसैलाई मन्त्री नै भन्न साहै रहर छ भने ‘कवाडी वैज्ञानिक मन्त्री’ भन्नु होला।”

देखावटी संस्कृतिको अस्वीकार

नेपालमा नयाँ पदाधिकारीले जिम्मेवारी सम्हाल्दा खादा–माला र भोज कार्यक्रम सामान्य परम्परा बनेको छ। तर महाबीर पुनले यसलाई अस्वीकार गर्दै “मालामा होइन, काममा जोड दिनुहोस्” भन्ने सन्देश दिएका छन्।

शिक्षा, विज्ञान र प्रविधिमा प्राथमिकता

उनले पाँच महिनाभित्रै देखिने सुधारका सुझाव मागेका छन्।

विद्यालयमा गुणस्तरीय सुधार,

प्रविधिको उपयोग,

विज्ञान अनुसन्धानलाई प्रोत्साहन,

व्यवहारिक र जीवनोपयोगी कार्यक्रम,
जस्ता विषयमा नागरिकसँग प्रत्यक्ष विचार संकलन गर्न खोज्नु प्रगतिशील पहल मानिएको छ।

“कवाडी वैज्ञानिक मन्त्री”

आफ्नो पदलाई ठूलो उपाधिले भन्दा कामको आधारमा मूल्याङ्कन गर्न चाहँदा उनले आफूलाई व्यंग्यात्मक तर आत्मविश्वासी ढंगले “कवाडी वैज्ञानिक मन्त्री” भन्न आग्रह गरेका छन्।

नागरिक प्रतिक्रिया

उनको घोषणापछि सामाजिक सञ्जालमा ठूलो प्रशंसा भएको छ। धेरैले “नेपालमा यसरी प्रत्यक्ष सुझाव माग्ने नेताले नयाँ संस्कृतिको थालनी गरेका छन्” भन्दै समर्थन जनाएका छन्। विशेषगरी युवापुस्ताले विज्ञान र प्रविधिलाई पहिलो प्राथमिकतामा राखिएकोमा उत्साह प्रकट गरेका छन्।

 

ताजा समाचारहरु

received_2055516395078926

दोलखाको कापाराङ्ग बस्ती पहिरोको उच्च जोखिममा, स्थानीयले तत्काल...

  • साउन ५, २०८३ मा प्रकाशित
IMG-20260715-WA0000

आजको विदेशी मुद्रा विनिमय दर सार्वजनिक, अमेरिकी डलरको मूल्य १५...

  • साउन ५, २०८३ मा प्रकाशित
IMG-20260513-WA0000

ललितपुरमा झण्डै २.८ किलो लागुऔषधसहित एक व्यक्ति पक्राउ

  • साउन ५, २०८३ मा प्रकाशित
FB_IMG_1784597102093

आज ६ प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्क रहन मौसम विभागको आग्रह

  • साउन ५, २०८३ मा प्रकाशित
IMG-20260720-WA0002

चार महिनामा ३,४३५ विपद् घटना, १६६ जनाको मृत्यु

  • साउन ४, २०८३ मा प्रकाशित

प्रशंसा मिडिया प्रालिद्वारा संचालित रबिबजार न्युज डट कम कम्पनी दर्ता नं. ३३५६०७/८०/०८१ पान नं. : ६२११३०७८४ सूचना तथा प्रशारण विभाग दर्ता नं. : ४७७५-२०८१/२०८२ प्रेस काउन्सिल दर्ता नं. : ४७८२-२०८१/२०८२ बिज्ञापन बोर्ड सूचीकरण नं. ०५३२/२०८१/८२/०१ मुख्य कार्यालय: फाकफोकथुम गाउँपालिका- ४ जुरिथुम्की, इलाम सम्पर्क कार्यालय: इलाम बजार बिज्ञापनको लागि सम्पर्क : +९७७-९७६६५३२१२ इमेल: [email protected]

हाम्रो टिम

संचालक/प्रबन्धक: राजेन्द्र मगर सम्पादक: मोहनी काम्मु बजार प्रमुख : सूनिता मोक्तान

Rabibazarnews.com | 2024 All rights reserved.