सुन्दरहरैंचा (मोरङ) : जेनजी आन्दोलनका क्रममा घाइते भएका मोरङ बूढीगंगाका सन्तनु ढकाललाई भेट्न स्वतन्त्र नागरिक समाज मोरङका अध्यक्ष नेत्र प्रसाद चम्लागाई विराट टिचिङ हस्पिटल पुगेका छन्।
घाइते ढकाललाई भेटेपछि अध्यक्ष चम्लागाईले भनेका छन् ‘ देशमा मौलाएको बेतिथि र भ्रष्टाचार बिरुद्ध युवा पुस्ताले गरेको आन्दोलनमा राज्यद्वारा चलाईएको गोली लगेर घाईते भएका ढकाल हाल उपचाररत अवस्थामा रहेको र विराट टिचिङ हस्पिटलले निशुल्क उपचार गरिरहेको आफू पाएको बताए
उनीलाई हौसाला दिन स्वतन्त्र नागरिक समाज मोरङ पनि पुगेको हो । उनको देश प्रतिको लगाव अठोट माया प्रेम निकै नै लोभ लाग्दो रहेको पाएको अध्यक्ष चम्लागाईले बताए । उनी बोल्न सक्दैनन तर लेख मार्फ़त देशमा सुशासन स्थायित्व भ्रष्टाचार रहित देश तथा जेनजीहरुको माग कार्यान्वयन होस भन्ने चहाना राखेका थिए।
दशकौदेखि नै चल्दै आएको जुन व्यवस्था, जुन बेथिति र जुन चाकडीतन्त्र विरुद्ध सडकमा उत्रिएका थिए, ढकाल सहितका हजारौ युवा जसले २७ घण्टामै सरकार ढालिदिए । जेनजी पुुस्ताले भदौ २३ गते शान्ति पूूर्ण रुपले भष्टचार विरुद्ध प्रदर्शन नेपालभरि आवहान गरे जसमा देशभरकै १३ देखि २८ बर्ष उमेरका युवाहरु एक जुुट भएर प्रदर्शन गरिरहे केहि ठाँउहरुमा माथिल्लो निकायबाट अवस्था नियन्त्रण गर्न गोली चलाउन आदेश दिएको थियो ।
मोरङ सुन्दरहरैंचाको सुकुना माध्यमिक विद्यालयमा कक्षा १२ मा विज्ञान विषय लिएर पढिरहेका बूढीगंगा-७ का उनी अहिले अस्पतालको शय्यामा जीवनसँगको लडाइँमा छन् । ओली नेत्तृवको सरकार ढले पश्चात जेनजी सहमतिमा सुुशीला कार्कीको नेत्तृवमा अन्तरिम सरकार गठन भएको छ । बुधबार मात्र उपचारत ढकाललाई अर्थमन्त्री रामेश्वर खनालले भेटेर स्वास्थ्य अवस्था बारे जानकारी लिएका थिए।
- जेष्ठ २२, २०८३ मा प्रकाशित























